Khabar Dabali १४ असार २०८३ आईतवार | 28th June, 2026 Sun
Investment bank

टोली नेताले भने - सीमा अतिक्रमणबारे बोल्नुपर्यो, शहीद परिवारलाई राहतदेखि खोकु छिन्ताङ विद्रोहसम्म समेट्नुपर्छ

खबरडबली संवाददाता

काठमाडौँ । जनयुद्धका शहीद परिवारलाई राहत तथा राज्यका निकायका उचित प्रतिनिधित्व गराउन पार्टीले ध्यान दिन नसकेको भन्दै किन त्यसो भएको हो भन्ने प्रश्न उठेको छ । नेकपा(माओवादी केन्द्र)को जारी महाधिवेशनको बन्दसत्रमा आज समूहगत धारणा राख्ने क्रममा टोली नेताले जनयुद्धका शहीद परिवार, बेपत्ता तथा घाइते योद्धाको सवालमा उचित निर्णय गर्न नसक्दा निराशा पैदा भएको छैन, तत्काल स्पष्ट कार्ययोजनाका साथ काम गर्न पार्टी नेतृत्वको ध्यानाकर्षण गराएका छन् ।

शान्ति सम्झौताका क्रममा ६० दिनभित्र बेपत्ता नागरिकको अवस्था पत्ता लगाउने भनिए पनि वर्षौं बित्दासमेत अवस्थामा कुनै सुधार आउन नसकेको भन्दै गुनासोसमेत व्यक्त गरेका छन् । राजनीतिक परिवर्तनको नेतृत्वकर्ता माओवादी, गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता तथा समावेशी समानुपातिक प्रतिनिधित्व जस्ता एजेण्डा माओवादीको भए पनि नेतृत्व गर्ने स्थानमा नहुँदा जनताले वास्तविक अर्थमा लाभ हासिल गर्न नसकेको भन्दै पार्टीलाई पहिलो बनाउने योजना र कार्यक्रमको समेत माग भएको छ ।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजनीतिक प्रतिवेदन र नेता देवप्रसाद गुरुङको विधान मस्यौदामाथि आज ११ समूहका नेताले आफ्नो समूहको धारणा राखेका थिए । बिहीबार थप १४ समूहकोतर्फबाट टोली नेताले आफ्नो धारणा राख्ने कार्यक्रम छ ।

सत्तामा पुगेपछि किन भएन जनपक्षीय काम ?
सो क्रममा समूह १४ का नेता टङ्क राईले अध्यक्ष प्रचण्डको प्रतिवेदनले धेरै कुरा समेटेको भए पनि न्यायालयमा हुने भ्रष्टाचारबारे केही पनि नबोलिएको भन्दै स्पष्ट धारणा आउनुपर्ने बताए । उनले भ्रष्टाचारमा शून्यः सहनशीलताको नीति अपनाउनुपर्ने, सदाचारका लागि स्पष्ट कार्ययोजनासहित जीवन व्यवहारमा लागू गर्नुपर्ने सुझाव दिए। कम्युनिस्ट पार्टीले राजनीतिक आन्दोलनमा श्रेष्ठता प्राप्त गर्ने तर तर सरकारमा गएपछि किन जनमुखी काम गर्न सक्दैनन् भन्ने प्रश्नको खोजी गर्नुपर्ने उनको भनाइ थियो ।
 
नेता राईले आफ्नो समूहको निष्कर्ष सुनाउँदै भने, “कम्युनिस्ट सत्तामा पुगेपछि किन जनमुखी काम गर्न सक्दैनन् ? यसबारे दस्तावेजमा प्रस्ट पारिनुपर्छ ।” प्रदेश नम्बर १ का तर्फबाट अध्यक्ष प्रचण्डको प्रतिवेदनमाथि धारणा राख्दै  टोली नेता हर्कबहादुर नेम्वाङले पार्टीभित्र नेता तथा कार्यकर्ताको मूल्याङ्कनको प्रणाली विकास गर्न माग गरे ।

उनले भने, “कसैले अवसर पाइरहने, कसैले कहिल्यै नपाउने अवस्थाको अन्त्य गर्नुपर्छ ।” यस्तै पार्टी नेतृत्वको र सहभागी भएका सरकारको उपलब्धिका बारेमा पनि प्रतिवेदनमा समेट्न आग्रह गरे । उनले अध्यक्ष प्रचण्डको दस्तावेज मूलत सही भएको र उसले पार्टीलाई सही मार्गमा लैजाने धारणा राखे ।

यस्तै कार्यकारी पदमा पनि एउटा सीमा निर्धारण गर्नुपर्ने माग उठेको छ । दुई कार्यकालभन्दा बढी एउटै कार्यकारी पदमा बस्न नपाइने व्यवस्था सुनिश्चित गरिए नयाँले अवसर पाउने समूहगत छलफलमा क्रममा ध्यानाकर्षण गराइएको छ ।

सीमा अतिक्रमणबारे बोल्नुपर्यो

सुदूरपश्चिम प्रदेशका तर्फबाट आफ्नो समूहको धारणा राख्दै मीनबहादुर कुँवरले पार्टी र सरकारको कार्यकारी पदमा दुई कार्यकालभन्दा बढी बस्न नपाउने व्यवस्था लागू गर्न प्रतिनिधिका तर्फबाट सुझाव प्राप्त भएको बताए । उनले सीमा अतिक्रमण  तथा सीमा क्षेत्रमा हुने गैरकानूनी गतिविधिको नियन्त्रणका लागि पार्टीको स्पष्ट धारणाको माग गर्दै अतिक्रिमित भूमि फिर्ता ल्याउनेतर्फ ठोस कार्ययोजना आवश्यक रहेको बताए ।

माओवादीसमेतको पहलमा चुच्चे नक्सा जारी भएको भए पनि व्यावहारिकरूपमा भूमि फिर्ता हुन नसकेको भन्दै उहाँको समूहले त्यसबारेमा कसरी अगाडि बढ्ने भन्ने योजना आवश्यक रहेको उल्लेख गरे ।

यस्तै प्रतिवेदनमाथि आफ्नो समूहको निष्कर्ष सुनाउँदै टोली नेताले प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्थाका साथ पूर्ण समानुपातिक निर्वाचन प्रणालीका बारेमा पार्टीले स्पष्ट योजनाका साथ जनपरिचालन गर्नुपर्ने सुझावसमेत दिएका छन् । यस्तै तत्कालीन जनमुक्ति सेनाबारे शान्ति प्रक्रिया अघि र पछिका बहिगर्मित स्वेच्छिक अवकाश लिएका तथा क्यान्टोनमेन्टमा रहेकालाई साङ्गठिन जिम्मेवारीमा समेट्न तथा उनीहरूको योगदानको कदर गर्नसमेत पार्टी नेतृत्वको ध्यानाकर्षण गराइएको छ ।

त्यस्तै जनयुद्धकालीन मुद्दा तत्काल खारेज गर्न पार्टीकोतर्फबाट पहल गर्नुपर्ने तथा तथा खोकु छिन्ताङलगायत विद्रोहबारे पनि प्रतिवेदनमा उल्लेख हुनुपर्नेमा जोड दिइएको छ । राजनीति दस्तावेज र विधान मस्यौदामाथि छलफल गर्न प्रतिनिधिलाई २५ वटा समूहमा विभाजित गरेर मङ्गलबार बिहानदेखि आज बिहान १२ सम्मको समय छुट्याइएको थियो ।
 
सल्लाहकार समूहकोतर्फबाट रामनारायण बिडारी, प्रदेश नं २ बाट सत्यनारायण भगत, आयोगको तर्फबाट टङ्क राई, गण्डकी प्रदेशबाट गायत्री गुरुङ, प्रदेश नं १ बाट अजम्बर काम्वाङ राई र हर्कबहादुर नेम्बाङ, प्रवास समन्वय समितिबाट मनऋषि धिताल, बागमती प्रदेशबाट सरल सहयात्री, केन्द्रीय विभागबाट गीता पनेरु, सुदूरपश्चिम प्रदेशबाट मिनबहादुर कुँवर र कर्णाली प्रदेशबाट विमला केसीले समूहको निष्कर्ष प्रस्तुत गरेका थिए।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वामपन्थी शक्तिहरूबीच सहकार्यमा ढिलाइ गर्नु ठूलो गल्ती: प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्ड ले वामपन्थी तथा देशभक्त शक्तिहरूबीच सहकार्यमा ढिलाइ गर्नु ठूलो गल्ती हुने...

व्यक्तिगत स्वार्थ र भ्रष्टाचारजस्ता कारणले कम्युनिस्ट आन्दोलन कमजोर भयो: माधव नेपाल

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (नेपाली कम्युनिस्ट पार्टी)का सहसंयोजक माधवकुमार नेपालले कम्युनिस्ट आन्दोलनका कमजोरीहरूको गम्भीर आत्मसमीक्षा गर...

चुनावअघि एकता भएको भए वामपन्थीले करिब १ सय सिट जित्थ्यो: झलनाथ खनाल

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले प्रमुख दुई कम्युनिस्ट शक्ति एक भएको भए निर्वाचनमा वामपन्थीले करि...

मदन भण्डारीको हत्याबारे सत्य पत्ता लगाउन नसक्नु हाम्रो कमजोरी हो: झलनाथ खनाल

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले जननेता मदन भण्डारीको हत्याबारे सत्य तथ्य पत्ता लगाउन नसक्नु आफ्न...

केही समयभित्र पेट्रोलियम पदार्थको मूल्य घट्छ: अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले पेट्रोलियम पदार्थको मूल्य केही समयभित्र घट्ने बताएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले मध्यपूर्वमा द...

प्रतिनिधिसभाबाट आर्थिक विधेयक पारित

काठमाडौँ। प्रतिनिधिसभाबाट आर्थिक विधेयक, २०८३ पारित भएको छ । सभाको आजको बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले राख्नुभएको सो विधेयकलाई पारित गरियोस् ...

सम्पत्ति शुद्धीकरण (तेस्रो संशोधन) विधेयक प्रतिनिधि सभामा प्रस्तुत

काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३’ प्रतिनिधि सभामा प्रस्तुत गरेको ...

सम्पत्ति शुद्धीकरण (तेस्रो संशोधन) विधेयक प्रतिनिधि सभामा प्रस्तुत

काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३’ प्रतिनिधि सभामा प्रस्तुत गरेको ...

शिक्षामा लगाएको समता करले भुइँमान्छेलाई छुँदैन: अर्थमन्त्री वाग्ले

काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शिक्षामा प्रस्ताव गरिएको समता करले गरिब तथा भुइँमान्छे वर्गलाई कुनै असर नपर्ने बताएको छन् । आइतबार प्रत...

आगामी वर्षदेखि पूँजीगत खर्चको कमजोर अवस्था अन्त्य हुने : अर्थमन्त्री वाग्ले

काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षदेखि पूँजीगत खर्चको कमजोर अवस्थालाई अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। चालु आर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending