Khabar Dabali १८ फाल्गुन २०८२ सोमबार | 2nd March, 2026 Mon
Investment bank

एसियन सेन्ट्रल जोन महिला भलिबलको उपाधि नेपाललाई

खबरडबली संवाददाता
काठमाडौं । नेपालले उज्वेकिस्तानलाई पराजित गर्दै एसियन सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिपको उपाधि जितेको छ । बङ्गलादेशको ढाका मिरपुरस्थित शाहिद शुरवार्दी इन्डोर स्टेडियममा आज भएको खेलमा नेपालले उज्वेकिस्तानलाई ३–२ को सेटमा पराजित गर्दै गर्दै उपाधिमाथि कब्जा गरेको हो । यो नेपालको दोस्रो अन्तर्राष्ट्रिय उपाधि समेत हो । 
 
यसअघि बङ्गलादेशमै सन् २०१९ मा भएको पहिलो संस्करणको उक्त च्याम्पियनसिपमा नेपालले माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गर्दै नेपाली भलिबल इतिहासमा पहिलो ऐतिहासिक स्वर्णपदक जितेको थियो । नेपालले उज्वेकिस्तानमाथि २६–२४, २४–२६, २५–१५, २२–२५ र १५–१० ले जित्न सफल भयो ।  नेपालले पहिलो सेट २६–२४ ले जितेको थियो भने दोस्रो सेटमा उज्वेकिस्तान विजयी भयो । उज्वेकिस्तान २६–२४ ले विजयी भयो । 
 
त्यसैगरी तेस्रो सेटमा नेपालले २५–१५ ले जित्यो । चौथो सेट उज्वेकिस्तानले २५ –२२ ले जित्दा खेल २–२ को स्थितिमा आयो । त्यसपछि खेलको पाँचौँ तथा निर्णायकमा नेपाले १५–१० ले आफ्नो पक्षमा पार्दै उपाधिमाथि कब्जा जमाउन सफल भयो ।
 
 लिग चरणमा भने नेपालले उज्वेकिस्तानलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो । अपराजित रहेको नेपालले लिग चरणमा श्रीलङ्कालाई ३–२ को सेटमा पराजित गरेको थियो भने माल्दिभ्स, बङ्गलादेश र उज्वेकिस्तानलाई समान ३–० को सोझो सेटमा हराएको थियो । यही पुस ८ गतेदेखि सञ्चालन भएको उक्त प्रतियोगिताको महिलातर्फ आयोजक बङ्गलादेश, नेपाल, कीर्गिस्तान, माल्दिभ्स, श्रीलङ्का र उज्वेकिस्तान गरी छ राष्ट्रको सहभागिता रहेको थियो । 
Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

होलीको दिन सुनको भाउ ५ हजार ६ सय बढ्यो

काठमाडौँ। स्थानीय बजारमा सोमबार सुन र चाँदीको मूल्यमा वृद्धि देखिएको छ । आइतबार सुन प्रतितोला रू तीन लाख २० हजार ५०० मा कारोबार भएकोमा आज बढेर तीन लाख...

होली मनाउन सुरु, वसन्तपुरमा चीर पूजा गर्नेको भीड

काठमाडौँ। नेपालीहरुको हर्षोल्लासको पर्व होली आजदेखि मनाउन सुरु गरिएको छ। सोमबार बिहानैदेखि काठमाडौँ उपत्यकासहित देशभर होली मनाउन थालिएको छ। फागु पूर्ण...

हेलिकोप्टरबाट हुम्लाकोलिमी र चाला पुगे निर्वाचन कर्मचारी

हुम्ला। फागुन २१ गते हुने निर्वाचनका लागि खटिएका कर्मचारी र निर्वाचन सामग्री नाम्खा गाउँपालिकाको लिमी र चाला पुगेका छन्। दुर्गम भौगोलिक अवस्थाका कारण ...

मध्यपूर्वका नेपालीको सुरक्षा सरकारको उच्च प्राथमिकतामा : १७ लाख नेपाली सुरक्षित

काठमाडौँ। परराष्ट्र मन्त्रालयले मध्यपूर्वका विभिन्न देशमा १७ लाख २९ हजारभन्दा बढी नेपाली नागरिक रहेको र उनीहरूको सुरक्षा सरकारको उच्च प्राथमिकतामा रहे...

दुर्गा प्रसाईलाई ५ दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ । मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’का संयोजक दुर्गा प्रसाईंलाई जिल्ला प्रशासन कार्यालय भक्तप...

यो निर्वाचन जनमत संग्रह पनि हो - अध्यक्ष ओली

दमक। पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचन साधारण चुनाव मात्र नभएर जनमत संग्रह समेत रहेको बताएको छन् । यो न...

पोखरा ड्यामसाइडमा सुटकेसभित्र युवतीको शव फेला, श्रीमान् फरार

पोखरा । पोखरा महानगरपालिका–१७ ड्यामसाइड नजिकै पुलमुनि सुटकेसभित्र तन्नाले बेरेर फालिएको अवस्थामा एक युवतीको शव फेला परेको छ। आइतबार बिहान फेवातालको...

आज रातिदेखि अन्तर्राष्ट्रिय सीमा नाका बन्द

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र स्वतन्त्र रूपमा सम्पन्न गराउने उद्देश्यले अन्तर्राष्ट्रिय सीमाना जोडिएका जिल्लाहरूमा आइतबार रात...

चरित्र हत्या र दुष्प्रचार गरिएको भन्दै गोरखा १ का उम्मेदवार खत्रीले दिए आयोग र प्रेस काउन्सिलमा उजुरी

काठमाडौँ । गोरखा क्षेत्र नं. १ का नेपाली कांग्रेसका उम्मेदवार प्रेम कुमार खत्रीले आफ्नो चरित्र हत्या र दुष्प्रचार गरिएको आरोप लगाउँदै प्रेस काउन्सिल न...

स्वच्छ, शान्तिपूर्ण र भयरहित वातावरणमा निर्वाचन सम्पन्न हुने : गृहमन्त्री अर्याल

बाँके। गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि सुरक्षा तयारीको सम्पूर्ण काम पूरा भएको बताएको छन् ।  यही फागुन २१ गते हुने...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE