Khabar Dabali ७ चैत्र २०८२ शनिबार | 21st March, 2026 Sat
Investment bank

कोरोनामा अभिभावक गुमाएकाले निःशुल्क शिक्षा पाउने

खबरडबली संवाददाता

काठमाडौं । कोभिड–१९ महामारीमा अभिभावक गुमाएसँगै आर्थिक अभावका कारण विद्यालय छाड्न बाध्य बालबालिकाले निःशुल्क शिक्षा पाउने भएका छन् । राजनीति, व्यवसाय र सामाजिक कार्यमा सक्रिय युवाको प्रयासमा टुहुरा बालबालिकाका लागि छात्रवृत्ति अभियान सुरु गरिएको हो । 

यहाँ आज आयोजित एक कार्यक्रमबीच नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा र डिशहोम नेटवर्कका प्रबन्ध निर्देशक एवं कामना सेवा विकास बैंकका अध्यक्ष सुदीप आचार्यले संयुक्त रुपमा सो अभियानको औपचारिकरुपमा घोषणा गरे। ‘भरोसा छात्रवृत्ति’ नाम दिइएको उक्त अभियानका लागि प्रारम्भिक चरणमा डिशहोम परिवारले आर्थिकरुपमा व्यवस्थापन गर्नेछ ।

कार्यक्रममा महामन्त्री थापाले मृतक परिवारका अरु कयौँ समस्या भए पनि बालबालिकाको शैक्षिक निरन्तरता बढी चुनौतीपूर्ण रहेको निष्कर्षसहित आफूहरु अभियानमा जुटेको बताए । कोरोना महामारीका कारण अभिभावक गुमाएकाको मुख्य जिम्मेवारी राज्यको भए पनि सचेत नागरिकले व्यक्तिगत वा संस्थागत रुपमा योगदान गर्न जरुरी रहेको उनका भनाइ थियो । 

‘कोभिड–१९ महामारीको दुवै लहरमा धेरैले आफन्त गुमाएका  छन् । त्यस्ता परिवारका अरु थुप्रै समस्या छन् । आर्थिक अभावका कारण शैक्षिक निरन्तरता चुनौतीपूर्ण भएको अवस्थामा त्यो पाउने वातावरण बने नागरिकको समाजमाथिको भरोसा बढ्छ’, थापाले भने, ‘मलाई चिन्दै नचिनेको व्यक्तिले मलाई पढाउन सघायो भन्ने भावनाले उसले समाजमाथि विश्वास गर्ने वातावरण बन्छ ।’

डिशहोमका प्रबन्ध निर्देशक आचार्यले छात्रवृत्तिको दायरा फराकिलो बनाउँदै कोभिडबाहेक भविष्यमा हुनसक्ने अरु सम्भावित महामारीका कारण अभिभावक गुमाएका बालबालिकालाई समेट्ने सोच रहेको जानकारी दिए । ‘महामारी र अप्ठेरोका कारण आर्थिक अवस्था कमजोर भएर शैक्षिक निरन्तरता दिन नसक्ने बालबालिकाको जिम्मा हामी लिन्छौँ’, उनले भने। 

छात्रवृत्तिलाई डिशहोमको मात्र नभई  नेपालीको साझा अभियान बनाइने उल्लेख गर्दै आचार्यले अभियानमा सघाउन सबैलाई अपिल गरे। 

अभियन्ता एवं सञ्चारकर्मी चारु चट्टाले शिक्षाको महत्व अथाह भएको भन्दै महामारीका कारण कोही पनि शिक्षाको अवसरबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्य आफूहरुको रहेको बताए । राजनीतिज्ञ, कर्मचारी, चिकित्सक, शिक्षकलगायतको उत्पादन शिक्षाबाटै सम्भव भएकाले यसलाई राज्य र समाजले प्राथमिकतामा राख्नुपर्नेमा उहाँले जोड दिनुभयो । ‘टिच फर नेपाल’ की प्रमुख कार्यकारी अधिकृत स्वस्तिका श्रेष्ठले गरिब र भूमिहीन कोभिड महामारीबाट सबैभन्दा बढी प्रभावित भएको उल्लेख गरे। 

‘जसको जमिन छैन । जो हरेक कोणबाट पछि परेको छ र पारिएको छ । उसको शिक्षाबाहेक टेक्ने अरु जमिन नै छैन’ उनले भने। 

सिन्धुपाल्चोकलाई प्रमुख कार्यथलो बनाएर शिक्षा क्षेत्रमा सक्रिय संस्था ‘हेल्प नेपाल’ का सञ्चालक जिमी लामाले कोभिड–१९ र पोष्ट कोभिडका कारण मारमा परेका विद्यार्थीको शैक्षिक निरन्तरता चुनौतीपूर्ण रहेको जानकारी दिए। 

तथ्याङ्क सङ्कलनमा कार्यरत संस्था ‘फ्याक्ट नेपाल’ का प्रमुख कार्यकारी अधिकृत मनिष झाले नेपालमा २७ लाख बालबालिका गरिबीका कारण शिक्षाबाट वञ्चित रहँदै आएकामा पछिल्लो केही समयमा उक्त सङ्ख्या घटेर १४ लाखमा झरेको उनले बताए। महामारीका कारण शिक्षाबाट वञ्चित देशभरका बालबालिकाको तथ्याङ्क सङ्कलन भइरहेको उनको भनाइ छ। भरोसा छात्रवृत्ति अभियानमा सहयोग गर्न उनले आग्रह गरे। 

एक वर्षका लागि छात्रवृत्तिमा आवश्यक रकमको व्यवस्था डिशहोम परिवारले गर्ने छ । डिशहोमका लगानीकर्ता, कर्मचारी तथा देशभरका डिलर÷सब डिलरबाट रु ४० लाख सङ्कलन गरिएको जानकारी सो अवसरमा दिइयो । आचार्यका अनुसार विद्यार्थी छनोट गर्दा मानव विकास सूचकाङ्कमा कमजोर रहेका कर्णाली, सुदूरपश्चिम र प्रदेश–२ का जिल्लालाई प्राथमिकतामा राखिने छ । 

फ्याक्ट नेपालले कोरोनाका कारण ज्यान गुमाएकाको तथ्याङ्क सङ्कलन गर्ने र सोही तथ्याङ्कका आधारमा विद्यार्थी छनोट गरिने अभियानले जनाएको छ । छात्रवृत्ति पाउने विद्यार्थीलाई डिशहोम सञ्जालमार्फत रकम प्रदान गरिने छ । विद्यार्थीले हाल अध्ययन गरिरहेका विद्यालयमै पूर्ण छात्रवृत्तिको सुविधा पाउने छन् । छात्रवृत्तिको समन्वय गर्ने जिम्मेवारी हेल्प नेपाललाई दिइएको छ । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गुल्मीमा ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु

गुल्मी । ट्याक्टरको ठक्करबाट मदाने गाउँपालिकाका एक जनाको मृत्यु भएको छ ।  जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुका अनुसार म...

इन्धन जोगाउने प्रयासमा श्रीलंका, अब सातामा तीन दिन बिदा

तेल र ग्यास जोगाउन अरू देशले कस्तो उपाय अवलम्बन गरेका छन्?

सार्वजनिक सवारीसाधनको भाडा बढाउने तयारी

काठमाडौं । सरकारले सार्वजनिक सवारीसाधनको भाडादर समायोजन गर्ने तयारी थालेको छ।  पेट्रोलियम पदार्थको मूल्य बढेसँगै यातायात व्यवस्था विभागले सार्वजनिक...

सरकार गठन केही दिन सर्‍यो, अब १५ चैतभित्र मात्रै प्रधानमन्त्री नियुक्त

काठमाडौं । पूर्ववत् अभ्यास र परम्परा तोड्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले यसपटक सांसदको शपथपछि मात्रै सरकार निर्माण गर्ने तयारी गरेको छ । शपथ...

नवलपरासी पूर्वमा ४६ हजारले लगाए जापानिज इन्सेफलाइटिस विरुद्धको खोप

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा जापानिज इन्सेफलाइटिसविरुद्ध सञ्चालन भइरहेको विशेष खोप अभियानअन्तर्गत हालसम्म ४६ हजार ७७८ जनाले खोप लगाएका...

रुद्राक्ष खेतीबाट मनग्य आम्दानी

भोजपुर । भोजपुरका किसानका लागि रुद्राक्ष खेती बलियो आम्दानीको स्रोत बनेको छ । विशेष गरी दिङ्ला क्षेत्रमा अधिकांशले रुद्राक्षलाई मुख्य आम्दानीको माध्यम...

देउखुरीमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

दाङ । गए राति देउखुरीमा भएकाे मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । गढवा इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक डबलबहादुर बमका अनुसार ट्या...

बरण्डाभार जङ्गल क्षेत्रमा हाइकिङ र सन्ध्याकालीन सफारीको तयारी

चितवन । चितवनको बरण्डाभार जङ्गल क्षेत्रमा पर्ने टिकौलीदेखि पञ्चकन्या र चर्तुमुखी सामुदायिक वनसम्म करिब १२ किलोमिटर दुरीमा जिप सफारीसँगै हाइकिङ र सन्ध्...

प्रि-मनसुनः आज सामान्य, भोलिदेखि फेरि बदली बढ्ने

काठमाडौँ । प्रि–मनसुनका कारण पछिल्लो एक साता बदली र वर्षा भइरहेको छ । नेपालमा आज केही सुधार भएको मौसम बुधबार पनि साधारणतया सफा नै रहने तर बिहीबारदेखि ...

केरा खेतीको बिमा नहुँदा किसान मारमा

रौतहट । केरा खेतीको बिमा नहुँदा रौतहटका किसान मारमा परेका छन् । जिल्लाका विभिन्न स्थानीय तहमा लगाइएको केरा खेतीमा बिमा नहुँदा यहाँका किसान प्रकृति प्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: