Khabar Dabali २१ मंसिर २०८२ शनिबार | 6th December, 2025 Sat
Investment bank

कोरोनामा अभिभावक गुमाएकाले निःशुल्क शिक्षा पाउने

खबरडबली संवाददाता

काठमाडौं । कोभिड–१९ महामारीमा अभिभावक गुमाएसँगै आर्थिक अभावका कारण विद्यालय छाड्न बाध्य बालबालिकाले निःशुल्क शिक्षा पाउने भएका छन् । राजनीति, व्यवसाय र सामाजिक कार्यमा सक्रिय युवाको प्रयासमा टुहुरा बालबालिकाका लागि छात्रवृत्ति अभियान सुरु गरिएको हो । 

यहाँ आज आयोजित एक कार्यक्रमबीच नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा र डिशहोम नेटवर्कका प्रबन्ध निर्देशक एवं कामना सेवा विकास बैंकका अध्यक्ष सुदीप आचार्यले संयुक्त रुपमा सो अभियानको औपचारिकरुपमा घोषणा गरे। ‘भरोसा छात्रवृत्ति’ नाम दिइएको उक्त अभियानका लागि प्रारम्भिक चरणमा डिशहोम परिवारले आर्थिकरुपमा व्यवस्थापन गर्नेछ ।

कार्यक्रममा महामन्त्री थापाले मृतक परिवारका अरु कयौँ समस्या भए पनि बालबालिकाको शैक्षिक निरन्तरता बढी चुनौतीपूर्ण रहेको निष्कर्षसहित आफूहरु अभियानमा जुटेको बताए । कोरोना महामारीका कारण अभिभावक गुमाएकाको मुख्य जिम्मेवारी राज्यको भए पनि सचेत नागरिकले व्यक्तिगत वा संस्थागत रुपमा योगदान गर्न जरुरी रहेको उनका भनाइ थियो । 

‘कोभिड–१९ महामारीको दुवै लहरमा धेरैले आफन्त गुमाएका  छन् । त्यस्ता परिवारका अरु थुप्रै समस्या छन् । आर्थिक अभावका कारण शैक्षिक निरन्तरता चुनौतीपूर्ण भएको अवस्थामा त्यो पाउने वातावरण बने नागरिकको समाजमाथिको भरोसा बढ्छ’, थापाले भने, ‘मलाई चिन्दै नचिनेको व्यक्तिले मलाई पढाउन सघायो भन्ने भावनाले उसले समाजमाथि विश्वास गर्ने वातावरण बन्छ ।’

डिशहोमका प्रबन्ध निर्देशक आचार्यले छात्रवृत्तिको दायरा फराकिलो बनाउँदै कोभिडबाहेक भविष्यमा हुनसक्ने अरु सम्भावित महामारीका कारण अभिभावक गुमाएका बालबालिकालाई समेट्ने सोच रहेको जानकारी दिए । ‘महामारी र अप्ठेरोका कारण आर्थिक अवस्था कमजोर भएर शैक्षिक निरन्तरता दिन नसक्ने बालबालिकाको जिम्मा हामी लिन्छौँ’, उनले भने। 

छात्रवृत्तिलाई डिशहोमको मात्र नभई  नेपालीको साझा अभियान बनाइने उल्लेख गर्दै आचार्यले अभियानमा सघाउन सबैलाई अपिल गरे। 

अभियन्ता एवं सञ्चारकर्मी चारु चट्टाले शिक्षाको महत्व अथाह भएको भन्दै महामारीका कारण कोही पनि शिक्षाको अवसरबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्य आफूहरुको रहेको बताए । राजनीतिज्ञ, कर्मचारी, चिकित्सक, शिक्षकलगायतको उत्पादन शिक्षाबाटै सम्भव भएकाले यसलाई राज्य र समाजले प्राथमिकतामा राख्नुपर्नेमा उहाँले जोड दिनुभयो । ‘टिच फर नेपाल’ की प्रमुख कार्यकारी अधिकृत स्वस्तिका श्रेष्ठले गरिब र भूमिहीन कोभिड महामारीबाट सबैभन्दा बढी प्रभावित भएको उल्लेख गरे। 

‘जसको जमिन छैन । जो हरेक कोणबाट पछि परेको छ र पारिएको छ । उसको शिक्षाबाहेक टेक्ने अरु जमिन नै छैन’ उनले भने। 

सिन्धुपाल्चोकलाई प्रमुख कार्यथलो बनाएर शिक्षा क्षेत्रमा सक्रिय संस्था ‘हेल्प नेपाल’ का सञ्चालक जिमी लामाले कोभिड–१९ र पोष्ट कोभिडका कारण मारमा परेका विद्यार्थीको शैक्षिक निरन्तरता चुनौतीपूर्ण रहेको जानकारी दिए। 

तथ्याङ्क सङ्कलनमा कार्यरत संस्था ‘फ्याक्ट नेपाल’ का प्रमुख कार्यकारी अधिकृत मनिष झाले नेपालमा २७ लाख बालबालिका गरिबीका कारण शिक्षाबाट वञ्चित रहँदै आएकामा पछिल्लो केही समयमा उक्त सङ्ख्या घटेर १४ लाखमा झरेको उनले बताए। महामारीका कारण शिक्षाबाट वञ्चित देशभरका बालबालिकाको तथ्याङ्क सङ्कलन भइरहेको उनको भनाइ छ। भरोसा छात्रवृत्ति अभियानमा सहयोग गर्न उनले आग्रह गरे। 

एक वर्षका लागि छात्रवृत्तिमा आवश्यक रकमको व्यवस्था डिशहोम परिवारले गर्ने छ । डिशहोमका लगानीकर्ता, कर्मचारी तथा देशभरका डिलर÷सब डिलरबाट रु ४० लाख सङ्कलन गरिएको जानकारी सो अवसरमा दिइयो । आचार्यका अनुसार विद्यार्थी छनोट गर्दा मानव विकास सूचकाङ्कमा कमजोर रहेका कर्णाली, सुदूरपश्चिम र प्रदेश–२ का जिल्लालाई प्राथमिकतामा राखिने छ । 

फ्याक्ट नेपालले कोरोनाका कारण ज्यान गुमाएकाको तथ्याङ्क सङ्कलन गर्ने र सोही तथ्याङ्कका आधारमा विद्यार्थी छनोट गरिने अभियानले जनाएको छ । छात्रवृत्ति पाउने विद्यार्थीलाई डिशहोम सञ्जालमार्फत रकम प्रदान गरिने छ । विद्यार्थीले हाल अध्ययन गरिरहेका विद्यालयमै पूर्ण छात्रवृत्तिको सुविधा पाउने छन् । छात्रवृत्तिको समन्वय गर्ने जिम्मेवारी हेल्प नेपाललाई दिइएको छ । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चाडपर्वहरूले सांस्कृतिक पहिचानलाई मजबुत बनाएका छन् : प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशविदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा उधौली, योमरी पुन्हि त...

सिन्धुलीबाट सौराहा घुम्न आएकी किशोरीको होटलको छतबाट खसेर मृत्यु

चितवन  । रत्ननगर नगरपालिका–६ मा रहेको पार्क साइट होटलको छतबाट खसेर बुधबार राति १८ वर्षीया स्नेहा पाख्रिनको मृत्यु भएको छ । गम्भीर घाइते भएकी उनको उपचा...

धोबीखोलामा भेटियो युवकको शव

काठमाडौं । काठमाडौंको अनामनगरस्थित धोबीखोलामा एक युवकको शव फेला परेको छ।  मृतक युवकको पहिचान खुल्न बाँकी रहेको प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवन...

बाजुरामा सात मतदानस्थल थपिए

बाजुरा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाजुरामा सात वटा मतदानस्थल थपिएका छन् । यी सँगै ७७ वटा मतदानस्थल भएका र ११२ वटा मतदान ...

तीनकुने-जडीबुटीमा फ्लाइओभर र अन्डरपास बन्ने निश्चित, जापानसँग ३२ अर्बको ऋण सम्झौता

१० वर्षपछि ऋणको किस्ता सुरु, भुक्तानी अवधि ३० वर्ष र ब्याजदर ०.२ प्रतिशत

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश १६ दिनदेखि शीतलनिवासमा ‘होल्ड’

काठमाडौं । सरकारले ल्याएको संवैधानिक परिषद् (कार्य, कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी (पहिलो संशोधन) अध्यादेश १६ दिनदेखि राष्ट्रपतिको कार्यालयमा रो...

कालीमाटीमा गोलभेँडाको मूल्य घट्यो, काउली र फर्सीको बढ्यो

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ। कालीमाटीमा आज गोलभेँडा, च्या...

एनपीएलः आज पोखरा एभेन्जर्स र काठमाडौं गोर्खाज, सुदूरपश्चिम रोयल्स र चितवन राइनोज भिड्दै

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज दुई खेल हुँदैछन् ।  ...

चाडपर्वले राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुग्छ : राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले किराँत समुदायको उधौली पर्वका अवसरमा शुभकामना सन्देश जारी गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबह...

काँकडभिट्टाबाट चार महिनामा छ अर्बको पेट्रोलियम पदार्थ आयात

झापा । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकमा पूर्वी नाका काँकडभिट्टाबाट रु छ अर्ब दुई करोडभन्दा बढीको पेट्रोलियम पदार्थ आयात भएको छ । यहाँबाट रु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending