Khabar Dabali १९ चैत्र २०८२ बिहीबार | 2nd April, 2026 Thu

संसदीय दलको सुझाव : माओवादी स्थिर र स्पष्ट पहिचानयुक्त होस्

देशभक्तिपूर्ण अडान राख्ने पार्टीसम्म बनाए हुन्थ्यो : आहुति

माओवादी केन्द्रकाे केन्द्रीय समितीकाे बैठक
खबरडबली संवाददाता

काठमाडौं । सहयात्री संसद्वादी राजनीतिक दलले नेकपा (माओवादी केन्द्र)लाई राष्ट्रिय सम्मेलनमार्फत स्थिर र स्पष्ट पहिचानयुक्त लोकतान्त्रिक शक्तिका रूपमा  रुपान्तरण भएको हेर्न चाहेको प्रतिक्रिया दिएका छन् । माओवादीको आजदेखि प्रारम्भ हुने सम्मेलनको सफलताका कामना गर्दै सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने दलका नेताले आफ्नो आदर्श, मूल्य मान्यताका कार्यसूची, आन्दोलनका जग र कार्यकर्ताका भावनालाई नबिर्सन सल्लाह दिए। 

नेकपा (एमाले)का उपमहासचिव प्रदीपकुमार ज्ञावलीले मुुलुकको राजनीतिक परिवर्तनमा महत्वपूर्ण भूमिका खेलेको माओवादी शान्ति प्रक्रियामा आइसकेपछि असाध्यै अस्थिर मात्र नभई कतिपय आदर्शबाटै टाढिन खोजेको  विचार प्रकट गरे। 

उनले भने, ‘माओवादीले कहाँ आइपुगियो, हिजो कहाँ थियौँ, आज कुन अवस्थामा छौँ भन्ने गहन आत्मसमीक्षा गरोस्, आफ्नो आदर्श, मूल्य, मान्यताका एजेण्डा, हिजो जग कार्यकर्ताका भावनालाई नबिर्सियोस् भन्ने हाम्रो अपेक्षा छ । अरुको सहयोगी शक्तिका रूपमा होइन, एउटा स्वतन्त्र र आफ्नो खुट्टामा उभिएर आउन सकोस् यही शुभकामना छ ।’

सङ्घीय लोकतान्त्रिक गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, समावेशी तथा समानुपातिक प्रतिनिधित्वजस्ता राजनीतिक परिवर्तनका मूल कार्यसूची स्थापित गर्न महत्वपूर्ण भूमिका खेलेको माओवादीलाई पछिल्लो समय मुलुकको यथार्थभन्दा बाहिर गएका कारण खुम्चन पुगेको आरोप छ । राष्ट्रिय सम्मेलनमार्फत २१औँ शताब्दी सुहाउँदो मुलुक हाँक्ने र जनतालाई लाभ हुने स्पष्ट रणनीति र सिद्धान्त तय गर्न सकोस् भनी माओवादीलाई सहयात्री दलले शुभेच्छा प्रकट गरेका छन् ।

नेपाली कांग्रेकी नेत्री पुष्पा भुषालले संविधानले निर्देशित गरेअनुसार विधान बनाएर अघि बढ्नुपर्ने पहिलो दायित्व भएकाले राष्ट्रिय सम्मेलनले संविधानको परिकल्पना, नेतृत्वका लागि अवसर र समावेशी लोकतन्त्रका पक्षमा स्पष्ट खाका तय गर्ने विश्वास व्यक्त गरे। 

उनले भने, ‘महाधिवेशन आन्तरिक सङ्गठन मजबुद गराउनका साथै राष्ट्रिय राजनीतिका विषयवस्तु, संविधान कार्यान्वयन, जनसरोकारका विषयमा केन्द्रित हुन जरुरी छ । नेता केन्द्रित भएमा नीति कमजोर हुन्छ । नीति कमजोर भए मुुलुकको राजनीति र परिवर्तनका उपलब्धि कमजोर हुन्छन्, त्यसकारण राष्ट्रिय सम्मेलन मुलुकको नीति, राष्ट्रिय राजनीति, जनता, रुपान्तरण र परिवर्तनमुखी हुनुप¥यो ।’

एउटा कालखण्ड र पृष्ठभूमिबाट स्थापित भएकाले माओवादीका एजेण्डा केही क्रान्तिकारी हुनसक्ने भए पनि मुलुकको धरातल र राष्ट्रिय राजनीतिले खोजेको स्पष्ट दिशानिर्देश समात्न सक्नुपर्नेमा जोड दिँदै नेत्री भुषालले भने, ‘यथार्थभन्दा बढी रुपान्तरणकारी र क्रान्तिकारी देखाउन खोज्दा समाजसँग मेल नखान सक्ने पक्षलाई माओवादीले समयमै हेक्का राखोस् ।’

विभिन्न टुटफुट, एकता र सङ्घर्षका अनुभव रहेको माओवादीले आफूलाई विचार, राजनीतिक कार्यदिशामा सम्मेलनपछि नयाँ उचाइमा पु¥याउने र भरपर्दो कम्युुनिष्ट शक्तिका रूपमा स्थापित गर्ने अपेक्षा गरिएको छ । विचार, नीति र कार्यक्रमलाई थप परिस्कृत र स्थापित गर्दै परिवर्तनको एजेण्डालाई नयाँ आधारमा लैजाने सङ्कल्प सम्मेलनले गरेको छ ।

नेकपा (एकीकृत समाजवादी)का सचिव जीवनराम श्रेष्ठले महाधिवेशन होस् वा राष्ट्रिय सम्मेलन राजनीतिक दललाई चुस्त तुल्याउने, नीति, विचार, सिद्धान्त र नेतृत्व छनोटका लागि गरिने वैधानिक प्रक्रिया भएकाले उद्देश्यअनुरुप कार्यान्वयन हुनुपर्नेमा जोड दिए। 

प्रतिनिधिसभा संसदीय दलका प्रमुख सचेतकसमेत रहेका उनले भने, ‘महाधिवेशनमा नीति र विचारका विषयमा गम्भीर छलफल हुनुपर्छ, पार्टी विधि र पद्धतिअनुरुप चलाउन महाधिवेशन नियमित गरिनुपर्छ । राष्ट्रिय राजनीतिक, पार्टीका नीति, आगामी गन्तव्य समाजवाद प्रवेश र प्राप्तिका विषयमा पनि गहन बहस हुनुपर्छ ।’

राजनीतिक स्थायित्वसहितको बृहत् वामपन्थी एकताको कार्यसूचीसहित तत्कालीन एमाले०सँग पार्टी एकता गरेको माओवादी गत फागुन २३ को सर्वोच्च अदालतको फैसलापछि पूर्ववत् अवस्थामा फर्किएको हो । माओवादीका स्थायी समिति सदस्य हरिबोल गजुरेलले सानो वा ठूलोजस्तो सुकै भए पनि अहिले कार्यसूचीका हिसाबले मुलुकका राजनीतिको केन्द्रमा माओवादी नै रहेको बताउँछन्। 

‘माओवादीका एजेण्डा कतिपय संविधानमा लिपिबद्ध भएका र  केही बाँकी रहेर मूर्तरुप पर्ने भएकाले अहिले हुन लागेको यो सम्मेलन नेपालको राष्ट्रिय राजनीतिमा दूरगामी महत्व राख्छ । विगतमा विचार र राजनीतिमा बहस कम भई विचार, आचरण र कार्यशैलीमा कमी/कमजोरी भए त्यसलाई सच्याएर नयाँ कार्यदिशासहित उचाइ प्राप्त गर्न आत्मसमीक्षासहित यस सम्मेलनले एजेण्डा पारित गर्ने छ’ उनको भनाइ छ।

जनताको माओवादीको रुपान्तरणको अपेक्षालाई महाधिवेशनले सम्बोधन गर्न अग्रसर रहेको बताउँदै नेता गजुरेलले माओवादी बाघको बच्चा भए पनि विभिन्न परिस्थितिले भेडाजस्तो हुन पुगेकाले अधिवेशनले आफ्नो ओज र आवश्यकता  पुष्टि गर्ने धारणा व्यक्त गरे। 

‘सत्ता र शक्तिका लागि जुनसुकै बेला सहयात्रीलाई धोका दिन्छ’ भन्ने माओवादी नेतृत्वले भने गम्भीर आरोप खेप्दै आएको छ । यद्यपि माओवादीले नेपालको संविधानमा नै उल्लेख गरिएको समाजवादोन्मुख भन्ने प्रावधानलाई समेट्ने गरी नयाँ वैचारिक राजनीतिक कार्यदिशा र योजनासमेत तय गर्ने जनाएको छ । 

लोकतान्त्रिक समाजवादी पार्टीका नेता राजकिशोर यादवले मुलुक र जनताका नाममा आन्दोलनका बेला उठाएका मुद्दाबाट विमुख भएर सत्ताप्राप्तिका लागि संसदीय भासमा फसेका कारण माओवादीले रुपान्तरणको अपेक्षा पूरा गर्न सङ्घर्ष र इमान्दार प्रयास नै गरेकोे नदेखिएको बताए। ‘महाधिवेनबाट आन्तरिक लोकतन्त्र सुदृढ गर्न नेतृत्वलाई दबाब सिर्जना गर्छ, नेतृत्वका लागि पुस्तान्तरण गर्न सहज हुनेछ’ उनले भने। 

वामपन्थी विश्लेषक विश्वभक्त दुलाल ‘आहुति’ले हिजोका दिनमा व्यक्ति र पार्टीको योगदान एउटा विषय भए पनि अहिले माओवादी चुनाव जित्ने र ठूलो पार्टी बन्ने प्रतिस्पर्धामा रहेको संसदीय पार्टीमा सीमित भएको प्रतिक्रिया दिन्छन्। भन्छन्, ‘माओवादीले अहिले श्रमजीवी वर्गको हितमा काम गर्ने हैसियत  नै राख्दैन । विचारको बहस छैन, एकता पार नलागेपछि कार्यकर्तालाई फर्काउन क्रान्तिकारी नारा लगाउने अवस्था मात्र हो अहिले । फरक–फरक कोणबाट दस्तावेज ल्याएर गहन छलफल हुने देखिन्न । कम्तीमा पनि देशभक्तिपूर्ण अडान राख्ने पार्टीसम्म बनाए राम्रो हुन्थ्यो ।’ रासस

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कांग्रेस संसदीय दलको नेता चयनमा किन ढिलाइ ?

काठमाडौं ।  कांग्रेसभित्रको आन्तरिक विवाद लम्बिँदा संसदीय दलको नेता चयनमा ढिलाइ भएको छ । बिहीबारदेखि संसद्को हिउँदे अधिवेशन सुरु हुँदैछ । कांग्रेसले स...

शीर्ष नेताहरूको हस्तक्षेप- सुहाङलाई रोकेर ७० वर्षका बादललाई दलको नेता बनाइयो

काठमाडौं । इलाम २ बाट दोस्रोपटक प्रत्यक्ष जित निकालेर सांसद भएका युवा सुहाङ नेम्वाङलाई ‘आन्तरिक प्रतिस्पर्धा’मै रोकेर एमालेले समानुपातिक सांसद रहेका उ...

नयाँ संसद, नयाँ ‘एजेन्डा’ र अपेक्षा

काठमाडौँ । लोकतान्त्रिक प्रणालीमा संसद् कानुन बनाउने थलो हो, तर यति मात्र सैद्धान्तिक परिधिभित्र संसद्को भूमिकालाई सीमित गरिनुहुँदैन । किनभने संसद् जन...

आजदेखि एसइई, तीन दिनभित्र उत्तरपुस्तिका परीक्षण गराइने

जापानमा पनि परीक्षा केन्द्र, सामूहिक अनुगमन निषेध

आजदेखि संसद् अधिवेशन, प्रतिनिधिसभामा तीन अध्यादेश पेस हुँदै

काठमाडौँ । गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनपछि पहिलो अधिवेशन आजदेखि प्रारम्भ हुँदैछ । सिंहदरबास्थित निर्माणाधीन सङ्घीय संसद् भवनको...

पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहँदा देशका विभिन्न भागमा आंशिक बदली भएको छ भने अन्य केही स्थानमा सामान्य बदली भएको छ । ...

मालपोत र नापीमा अनधिकृत व्यक्ति प्रवेश निषेध

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भूमिसँग सम्बन्धित सबै कार्यालयमा अनधिकृत व्यक्ति (बिचौलिया) लाई प्रवेश निषेध गर्न निर्दे...

बौद्धमा तेमाल जात्रा: दिवङ्गत पितृको मुक्तिको कामना गर्दै बत्ती बाल्नेको घुइँचो

काठमाडौँ । दिवङ्गत पितृको मुक्तिको कामना गर्दै बौद्ध स्तूप परिसरमा बत्ती बाल्ने बौद्ध धर्मावलम्बी तामाङ समुदायको बुधबार बौद्धनाथ क्षेत्रमा घुइँचो लागे...

प्रधानमन्त्री शाहलाई रूसका प्रधानमन्त्रीको बधाई

काठमाडौँ ।  वालेन्द्र शाह नेपालको प्रधानमन्त्री नियुक्त भएकामा रूसका प्रधानमन्त्री मिखाइल मिशुस्टिनले बधाई ज्ञापन गरेका छन् । प्रधानमन्त्री शाहलाई ...

सदनमा जवाफदेहीपूर्ण र परिपक्व रूपमा प्रस्तुत हुनेछौँ: प्रतिपक्षी

आर्थिक समृद्धि र विकासको योजना बनाउन सुझाव

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending