Ntc summer Offer
Khabar Dabali १२ श्रावण २०८१ शनिबार | 27th July, 2024 Sat
NIMB

टेलिभिजन र रेडियो नवीकरण छुट दिने लुम्बिनी सरकारको निर्णय

खबरडबली संवाददाता

रुपन्देही । लुम्बिनी प्रदेश सरकारले प्रदेशबाट इजाजत प्राप्त टेलिभिजन र एफएम रेडियोका लागि आर्थिक वर्ष २०७८/७९ को इजाजत पत्र नवीकरण दस्तुर छुट दिने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले त्यस्तो निर्णय गरेको प्रदेश सरकारका प्रवक्तासमेत रहेका आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्माले जानकारी दिए। 

त्यस्तै बैठकले नवलपरासी र कपिलवस्तु जिल्लामा यातायात व्यवस्था सेवा कार्यालय स्थापनाका लागि सङ्गठन संरचना र दरबन्दी स्वीकृत गरेको छ । बैठकले नवलपरासी र कपिलवस्तु जिल्लामा यातायात व्यवस्था सेवा कार्यालय स्थापना गर्ने र ती कार्यालयको सङ्गठन संरचना र दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको आज पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको छ । 

सरकारको यो निर्णयसँगै श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्रालयलाई नवलपरासी र कपिलवस्तु जिल्लामा यातायात व्यवस्था सेवा कार्यालय स्थापना गर्ने बाटो खुलेको छ । बैठकले लुम्बिनी प्रदेश सरकार वित्तीय सुशासन जोखिम मूल्याङ्कन कार्यविधि, २०७८ स्वीकृत गर्नुका साथै प्रदेश स्वास्थ्य उपचार विशेष आर्थिक सुविधा निर्देशिका, २०७८ स्वीकृत गरेको छ । बैठकले प्रदेश राजधानी निर्माणका लागि सङ्घीय सरकारसँग रकम माग गर्ने निर्णय गरेको प्रवक्ता शर्माले बताए। 

बैठकले दाङको भालुवाङस्थित स्वास्थ्य चौकीलाई ५० शय्यामा स्तरोन्नति गरी प्रदेशमातहत सञ्चालनमा ल्याउन सङ्घीय सरकारसँग माग गर्नुका साथै राप्ती प्राविधिक शिक्षालय दाङलाई गढवा–३ दाङस्थित सरस्वती माविको जग्गा हस्तान्तरण गर्न सङ्घीय सरकारसमक्ष अनुरोध गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता शर्माले पत्रकार सम्मेलनमा जानकारी दिए। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वर्षाले सडक बन्द भएपछि सुनसान भए होमस्टे

बागलुङ । वर्षाले बाटो बन्द हुँदा बागलुङमा सञ्चालित घरबास (होमस्टे) सुनसान बनेका छन्। असार दोस्रो सातापछिको निरन्तर वर्षाका कारण ग्रामीण सडक अवरुद्ध भए...

घर भत्किँदा एकै घरका आठ घाइते

सुर्खेत । जाजरकोटको  छेडागाड नगरपालिका–१२ काँडागाउँमा  घर भत्किँदा एकै घरका आठजना घाइते भएका छन् ।  घरमुली ३५ वर्षीय पदम अधिकारीसहित परिवारका आठजना...

त्रिभुवन विमानस्थलमा भएको विमान दुर्घटनापछि उठेका पाँच प्रश्न र तिनका उत्तर

काठमाडौं । सौर्य एअरलाइन्सको एउटा विमान बुधवार काठमाण्डूस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्नेबित्तिकै दुर्घटनामा परेर १८ जनाको ज्यान गएपछि...

बेनी-जोमसोम सडक फेरि अवरुद्ध

म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण सडक अवरुद्ध भएक...

टीआरसी विधेयकमा कार्यदल भेट्ला सहमतिको मिलनबिन्दु ?

काठमाडौं । सङ्क्रमणकालीन न्याय (टीआरसी)को सहजीकरणका लागि बनाइएको कार्यदलको बैठक आज बस्दैछ। बैठक बिहान साढे ९ बजे सिंहदरबारस्थित गृहमन्त्रालयमा बैठक बस...

कीर्तिपुरका नगर प्रमुख राजकुमार नकर्मीको निधन

काठमाडौं । कीर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मीको निधन भएको छ ।  प्रमुख नकर्मीलाई बिहीबार राती ८ बजे उपचारमा संलग्न डाक्टरले मृत घोषणा गर्न...

धादिङमा तीन चितुवा मृत भेटिए

धादिङ । धादिङको थाक्रे गाउँपालिका–१० गढीमा तीन वटा चितुवा मृत फेला परेको छ। गढीस्थित अदुवाबारीमा दुई वटा र मकैबारी एक वटा चितुवा मृत अवस्थामा बिहीब...

क्याप्टेन शाक्यको कस्तो छ पछिल्लो स्वास्थ्य अवस्था ?

काठमाडौं । सौर्य एयरलाइन्सको विमान दुर्घटनामा घाइते भएका क्याप्टेन मनिषरत्न शाक्यको स्वास्थ्य अवस्था सामान्य रहेको काठमाडौं मेडिकल कलेजले जनाएको छ।  ...

३३ औँ संस्करणको ओलम्पिकको पेरिसमा आज औपचारिक रुपमा उद्धाटन हुँदै

काठमाडौं । विश्वकै सबभन्दा ठूलो खेलकुद मेला ओलम्पिकको ३३ औँ संस्करणको औपचारिक उद्घाटन फ्रान्सको पेरिसमा आज हुँदैछ।  उद्धघाटन नेपाली समय अनुसार राति...

यी स्थानमा आज भारी वर्षाको पूर्वानुमान

 काठमाडौं । देशका केही भूभागमा बिहानैदेखि वर्षा भइरहेको छ। गण्डकी  प्रदेशका  थोरै तथा बाँकी प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy