जनकपुर । प्रदेश नं २ को प्रदेशसभा बैठकमा प्रदेशको नामकरणका लागि विभिन्न पाँच वटा प्रस्ताव पेश भएको छ । आज बसेको प्रदेशसभा बैठकमा विभिन्न दलका प्रदेशसभा सदस्यले प्रदेशको नामकरणका लागि पाँच वटा प्रस्ताव पेश गर्नुभएको हो । बैठकमा सत्तारुढ जनता समाजवादी पार्टीका प्रदेशसभा सदस्य शैलेन्द्रकुमार यादव र नेकपा माओवादी केन्द्रका भरत साहले प्रदेश नं २ को नाम ‘मधेश प्रदेश’ राख्नुपर्ने प्रस्ताव गर्दा प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टीले त्यसलाई समर्थन गरेको छ ।
बैठकमा सत्तारुढ दल नेकपा एकीकृत समाजवादी पार्टीका प्रमोदकुमार यादवले प्रदेशको नाम ‘जानकी प्रदेश’ राख्नुपर्ने प्रस्ताव गर्दा अर्का सत्तारुढ दल नेपाली कांग्रेसका शिवचन्द्र चौधरीले ‘मिथिला भोजपुरा प्रदेश’ नामको प्रस्ताव पेश गर्नुभएको छ ।
कांग्रेसकै राजेश्वरप्रसाद साहले भने ‘मध्य मधेश प्रदेश’ नामको प्रस्ताव गरेका छन् । नेकपा एमालेको तर्फबाट प्रस्ताव गरिएको नामकरणको प्रस्ताव भने आज पेश हुन सकेको छैन । नामकरण सम्बन्धी पेश भएको प्रस्तातमाथि प्रदेशसभा बैठकमा छलफल जारी छ । बैठकमा प्रदेशको राजधानी तोक्ने प्रस्तावमाथि छलफल हुने कार्यसूची रहेको छ भने अघिल्लो बैठकमा प्रस्तुत प्रदेश कृषि विश्वविद्यालय २०७८ माथि छलफल हुने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ३ गते, २०८२ - ११:०१
काठमाडौँ । बिहीबार नेपाली बजारमा सुन र चाँदी दुवैको भाउ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ प्रतितोला २ लाख ६० हजार ४ सय रुपैया...
पौष ३ गते, २०८२ - १०:५४
काठमाडौँ । नेकपा एमालेको नेतृत्व चयनका लागि भएको निर्वाचनमा सचिव पदतर्फको प्रारम्भिक मतगणनामा पद्मा कुमारी अर्यालले सर्वाधिक मत ल्याउँदै अग्रता लिएकी ...
पौष ३ गते, २०८२ - १०:४९
काठमाडौँ । नेकपा एमालेको नेतृत्व चयनका लागि भएको निर्वाचनमा उपाध्यक्ष पदतर्फ प्रारम्भिक मतगणनामा विष्णु पौडेलले सर्वाधिक मत ल्याउँदै अग्रता लिएका छन्।...
पौष ३ गते, २०८२ - १०:३९
काठमाडौँ । नेकपा एमालेको नेतृत्व चयनका लागि भएको निर्वाचनमा अध्यक्षका उम्मेदवार केपी शर्मा ओलीले स्पष्ट अग्रता लिएका छन्। प्रारम्भिक मतगणनाअनुसार ओ...
पौष ३ गते, २०८२ - १०:३२
बुटवल । सुप्रिम सहकारीको रकम ठगी तथा संगठित अपराध अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र गोर्खा मिडियाका तत्कालीन सञ...
पौष २ गते, २०८२ - १६:५४
काठमाडौँ। भारत र श्रीलङ्कामा आगामी फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म आयोजना हुने आइसिसी टी–२० विश्वकपको ट्रफी नेपालमा पनिा ल्याइने भएको छ । अन्तर्...
पौष २ गते, २०८२ - १६:४२
काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले संयुक्त राष्ट्र संघको सहयोगको नेपालले कदर गर्ने बताएको छिन्। संयुक्त राष्ट्र संघसँग नेपालको साझेदारीको ७० ...
पौष २ गते, २०८२ - १६:२७
काठमाडौं । जेनजी आन्दोलनका क्रममा गत भदौ २३ र २४ गते भएका घटनाबारे जाँचबुझ गर्न गठित आयोगले आफ्नो कार्य सम्पन्न गर्न एक महिना म्याद थप गर्न सरकारसँग आ...
पौष २ गते, २०८२ - १६:०६
झापा। आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्ष २०८२/०८३ को मङ्सिर मसान्तसम्ममा रु। एक अर्ब १४ करोड ९९ लाख ६३ हजार राजस्व सङ्कलन गरेको छ । ...
पौष २ गते, २०८२ - १५:४४
काठमाडौं । जेन–जेड आन्दोलनसम्बन्धी घटनाबारे छानबिन गरिरहेको जाँचबुझ आयोगले आगामी सातादेखि राजनीतिक तहका नेताहरूलाई बयानका लागि बोलाउने तयारी गरेको छ। ...




प्रतिकृया लेख्नुहोस्: