काठमाडौं । नेपाली कलाकार तथा मार्शल आर्टका खेलाडी शन्नी बि.केसीको हलिउड चलचित्र ‘फाइट एण्ड फुरी २’ को गीत सार्वजनिक गरिएको छ। सन्नी बि. केसीको कथा निर्देशन तथा प्रमुख भूमिका रहेको फिल्ममा हलिउडका चर्चित कलाकारहरुले समेत काम गरेका छन्।
राजधानी काठमाडौँको क्युज सिनेमा हलमा एक कार्यक्रमका बीच फिल्ममा समाबेश शिर्ष गीत सार्वजनिक गरिएको हो। गीत सार्वजनिक कार्यक्रममा पुर्व डीआईजी रमेश खरेल,नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रबिन्द्र खड्का तथा संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।
चर्चित अभिनेता ब्रुसलीको फिल्म मा काम गरेका कलाकार बब वालको समेत अभिनय रहेको ‘फाइट एण्ड फुरी २’ मा लियो फ़ोङ्ग,जोस्फ़ माइकल,एम एम ए फाइटर लगायत हलिउडका कलाकारको अभिनय रहेको छ। अंग्रेजी भाषामा बनेको फिल्म नेपालीमा डब गरेर नेपालमा समेत प्रदर्शन गरिने निर्देशक तथा कलाकार शन्नी बि.ले बताए ।
कार्यक्रममा बोल्दै शन्नी बि।ले अमेरिकामा रहे पनि नेपाली चलचित्र क्षेत्रको लागि कार्य गरि रहेको र छिट्टै नेपाली चलचित्र बनाउन आफुले तयारी गरिरहेको बताए। कार्यक्रममा बोल्दै पुर्व डीआईजी रमेश खरेलले कलेज पढ्दाको समयको शन्नी बिको बारेमा बताए। शन्नी बि कलेज पढ्दा देखि नै चलचित्रमा रुचि राख्ने गर्थे उनि ब्रुस्लीको फिल्म हेरेर एक्सन गर्ने गर्थे मार्शल आर्टका खेलाडी समेत रहेका सन्नीले अहिले आएर हलिउडमा समेत काम गरेकोमा निकै नै खुसि लागेको खरेलले बताए।
शरिन बिको छायाँकन रहेको फिल्मको सम्पादक बनिश शाह हुन्।
एक्सन जनराको मुभि ‘फाइट एण्ड फुरी २’ मा ह्युमन ट्राफिकिंगको कथालाई उठाउन खोजिएको कलाकार तथा निर्देशक केसीले बताए। बलिउडका चर्चित कलाकारहरु जस्तै गोबिन्दा,मिथुनका फिल्महरुमा काम गरिसकेका शन्नी बि।केसीले केहि बर्ष अघि नेपाली चलचित्र ‘गोर्खा रक्षक’मा काम गरेका थिए।
हिन्दि फिल्म जाहवाज,गैरकानुनी,प्यार कर के देखो,हत्या,दुश्मन लगाएतका चलचित्रमा आफ्नो अभिनय कौशल देखाई सकेका केसीको हलिउड फिल्म प्रदर्शन भई सकेको छ। ‘फाइट एण्ड फुरी २’ लाई हलिउडका सिनेमा घर तथा ओटीटी प्लेटफर्म नेट फ्लिक्स,एमाजोन प्राइम संगै नेपाली भाषामा नेपालका सिनेमा घरहरुमा पनि प्रदर्शन गरिने केसीले बताए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २६ गते, २०८२ - ०९:३६
काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...
मंसिर २६ गते, २०८२ - ०८:३९
काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...
मंसिर २६ गते, २०८२ - ०७:५२
काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...
मंसिर २६ गते, २०८२ - ०७:३९
सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...
मंसिर २६ गते, २०८२ - ०७:३६
काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...
मंसिर २६ गते, २०८२ - ०७:३२
राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने
मंसिर २६ गते, २०८२ - ०७:२७
काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...
मंसिर २६ गते, २०८२ - ०७:२०
बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...
मंसिर २६ गते, २०८२ - ०७:१८
बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...
मंसिर २६ गते, २०८२ - ०७:१५
काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...




प्रतिकृया लेख्नुहोस्: