Khabar Dabali २ जेष्ठ २०८३ शनिबार | 16th May, 2026 Sat
Investment bank

चलचित्र ‘फाइट एण्ड फुरी २’ को गीत सार्वजनिक

खबरडबली संवाददाता

काठमाडौं । नेपाली कलाकार तथा मार्शल आर्टका खेलाडी शन्नी बि.केसीको हलिउड  चलचित्र ‘फाइट एण्ड फुरी २’ को गीत सार्वजनिक गरिएको छ। सन्नी बि. केसीको कथा निर्देशन तथा प्रमुख भूमिका रहेको फिल्ममा हलिउडका चर्चित कलाकारहरुले समेत काम गरेका छन्। 

राजधानी काठमाडौँको क्युज सिनेमा हलमा एक कार्यक्रमका बीच फिल्ममा समाबेश शिर्ष गीत सार्वजनिक गरिएको हो। गीत सार्वजनिक कार्यक्रममा पुर्व डीआईजी रमेश खरेल,नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रबिन्द्र खड्का तथा संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।

चर्चित अभिनेता ब्रुसलीको फिल्म मा काम गरेका कलाकार बब वालको समेत अभिनय रहेको ‘फाइट एण्ड फुरी २’ मा लियो फ़ोङ्ग,जोस्फ़ माइकल,एम एम ए फाइटर लगायत हलिउडका कलाकारको अभिनय रहेको छ। अंग्रेजी भाषामा बनेको फिल्म नेपालीमा डब गरेर नेपालमा समेत प्रदर्शन गरिने निर्देशक तथा कलाकार शन्नी बि.ले बताए । 

कार्यक्रममा बोल्दै शन्नी बि।ले अमेरिकामा रहे पनि नेपाली चलचित्र क्षेत्रको लागि कार्य गरि रहेको र छिट्टै नेपाली चलचित्र बनाउन आफुले तयारी गरिरहेको बताए। कार्यक्रममा बोल्दै पुर्व डीआईजी रमेश खरेलले कलेज पढ्दाको समयको शन्नी बिको बारेमा बताए। शन्नी बि कलेज पढ्दा देखि नै चलचित्रमा रुचि राख्ने गर्थे उनि ब्रुस्लीको फिल्म हेरेर एक्सन गर्ने गर्थे मार्शल आर्टका खेलाडी समेत रहेका सन्नीले अहिले आएर हलिउडमा समेत काम गरेकोमा निकै नै खुसि लागेको खरेलले बताए।

शरिन बिको छायाँकन रहेको फिल्मको सम्पादक बनिश शाह हुन्।

एक्सन जनराको मुभि ‘फाइट एण्ड फुरी २’ मा ह्युमन ट्राफिकिंगको कथालाई उठाउन खोजिएको कलाकार तथा निर्देशक केसीले बताए। बलिउडका चर्चित कलाकारहरु जस्तै गोबिन्दा,मिथुनका फिल्महरुमा काम गरिसकेका शन्नी बि।केसीले केहि बर्ष अघि नेपाली चलचित्र ‘गोर्खा रक्षक’मा काम गरेका थिए। 

हिन्दि फिल्म जाहवाज,गैरकानुनी,प्यार कर के देखो,हत्या,दुश्मन लगाएतका चलचित्रमा आफ्नो अभिनय कौशल देखाई सकेका केसीको हलिउड फिल्म प्रदर्शन भई सकेको छ। ‘फाइट एण्ड फुरी २’  लाई हलिउडका सिनेमा घर तथा ओटीटी प्लेटफर्म नेट फ्लिक्स,एमाजोन प्राइम संगै नेपाली भाषामा नेपालका सिनेमा घरहरुमा पनि प्रदर्शन गरिने केसीले बताए।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending