Khabar Dabali ८ पुष २०८२ मंगलवार | 23rd December, 2025 Tue
Investment bank

सिरहामा छिमेकीलाई छुरा प्रहार गर्ने पाँच पक्राउ

खबरडबली संवाददाता

सिरहा । छिमेकीलाई छुरा प्रहार गरी हत्या गरेर फरार रहेको आरोपमा सिरहाको गोलबजार नगरपालिका– ६ का पाँच जनालाई सिरहा प्रहरीले पक्राउ गरेको छ ।  सिरहाको गोलबजार नगरपालिका ६ डोहटिया निवासी २६ वर्षीय रामकुमार सदालाई छुरा प्रहार गरी हत्या गरेको र २६ वर्षीय रिकेश सदालाई घाइते बनाइ फरार भएको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको हो ।
 
पक्राउ पर्नेमा गोलबजार नगरपालिका ६ निवासी १९ वर्षीय श्रवणकुमार मण्डल, सोही ठाउँका २० वर्षीय कालु भन्ने रोहन विश्वकर्मा, १८ वर्षीय सौकात खान, १९ वर्षीय  धर्मेन्द्र यादव र गोलबजार नगरपालिका–२ निवासी २२ वर्षीय भुवनप्रसाद महतो रहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुभाष बुढाथोकीले जानकारी दिए । 

प्रदेश २ प्रहरी कार्यालय जनकपुरधाम, जिल्ला प्रहरी कार्यालय सिरहा र इलाका प्रहरी कार्यालय गोलबजारको संयुक्त टोलीले विभिन्न स्थानबाट पाँचै जनालाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक बुढाथोकीले बताए । 

गत शनिबार राति बाटोमा होहल्ला गर्दै आफ्नो घरतर्फ जाँदै गरेका रामप्रसाद सदालगायतको समूहलाई  दीपक साहलगायतको समूहले किन होहल्ला गरेको, हल्ला नगरी आफ्नो घर जानु भने पश्चात् सोही विषयमा दुबै पक्षबीच विवाद भई झगडा हुँदा उक्त घटना भएको प्रहरी नायब उपरीक्षक बुढाथोकीले बताए । 

छुरा प्रहारबाट गम्भीर घाइते भएका रामकुमार सदाको उपचारको क्रममा गोलबजारस्थित भूमिजा अस्पतालमा मृत्यु भएको थियो । रिकेश सदाको भने हाल सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घटना पश्चात आक्रोशित मृतकका आफन्त तथा स्थानीयले राजमार्ग अवरुद्ध पार्नुको साथै बजार, पसलसमेत बन्द गराएका थिए । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कांग्रेस लुम्बिनी प्रदेशले पठायो उम्मेदवारको सूची

भैरहवा। नेपाली कांग्रेस लुम्बिनी प्रदेश समितिले प्रतिनिधि सभा र राष्ट्रिय सभा सदस्यका उम्मेदवारका लागि जिल्लाबाट सिफारिस भएर आएका सबै नाम केन्द्रीय सम...

राप्रपाको प्रश्न: विदेशमा रहेका नेपालीले पैसा पठाउन पाउने, भोट हाल्न नपाउने किन ?

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले विदेशमा रहेका नेपालीहरूले नेपालमा पैसा पठाउन पाउने तर मतदान गर्न नपाउने विषयमा प्रश्न उठाएको छ। ...

ललितपुरको जंगलमा दुई जनाको हत्या प्रकरण: कारण बन्यो आर्थिक लेनदेन

काठमाडौँ । ललितपुरको महालक्ष्मी नगरपालिका–८ स्थित ज्यामिरकोट जंगलमा दुई जनाको हत्या गरी फरक–फरक स्थानमा शव व्यवस्थापन गरिएको तथ्य खुलेको छ । महालक्...

महाराजगञ्जमा देउवा भेट्न पुगे ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । ओली महासचिव शंकर पोखरेललाई साथ लिएर द...

सरकारले निर्वाचन सम्बन्धी माग्यो तीन विषयमा सुझाव, विदेश मताधिकार र ‘नो भोट’ समावेश

काठमाडौँ । सरकारले निर्वाचनसँग सम्बन्धित तीनवटा विषयमा राजनीतिक दल र सरोकारवालाबाट सुझाव मागेको छ। प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा सिंहदरबार...

अर्थ मन्त्रालयमा रोकिएका आयोजना छिट्टै फुकुवा हुन्छ, हाइट मास्ट र स्ट्रिट लाइट कार्यक्रम पुन: सुरु गरिन्छ: मन्त्री घिसिङ

रामेछाप । सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले अर्थ मन्त्रालयमा रोक्का रहेका विकास आयोजना छिट्...

संसद पुनर्स्थापनाको पक्षमा हस्ताक्षर गर्नेको संख्या १४३ पुग्यो, जसपा, जनमत र स्वतन्त्र सांसदले पनि गरे हस्ताक्षर

काठमाडौँ । प्रतिनिधिसभा पुनर्स्थापनाका लागि जनता समाजवादी पार्टी, जनमत पार्टी र एक स्वतन्त्र सांसदले हस्ताक्षर गरेका छन्। उनीहरूले हस्ताक्षर गर्ने क्र...

१० लाख मतदाता थप, ११४ दल दर्ता, ५१ प्रकारका सामग्री सुनिश्चित

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तर्गत देशभर १० लाख १६ हजार ७ सय ५४ जना नयाँ मतदाता थपिएका छन्। निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नारायणप...

सर्वपक्षीय सरकार गठनको माग गर्दै माइतीघरमा प्रदर्शन

काठमाडौं । सर्वपक्षीय सरकार गठनको माग गर्दै सोमबार माइतीघरमा प्रदर्शन गरिएको छ । ‘जेनजीको माग चुनाव होइन, सुशासन’ भन्ने नारासहित मिरज ढुंगाना, रविकिरण...

कांग्रेसले प्रतिनिधिसभा पुनर्स्थापना माग गर्दै आज ६८ सांसदको हस्ताक्षर सर्वोच्चमा बुझाउँदै

काठमाडौँ । प्रतिनिधिसभा पुनर्स्थापना माग गर्दै नेपाली कांग्रेसका ६५ तथा अन्य दलका ३ गरी ६८ सांसदको हस्ताक्षर सोमबार सर्वोच्च अदालतमा बुझाइने तयारी गरि...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending