Khabar Dabali २२ माघ २०८२ बुधबार | 4th February, 2026 Wed
Investment bank

कांग्रेस महाधिवेशन : पदाधिकारीदेखि खुला सदस्यसम्म कसको मत कति ? (सूचीसहित)

खबरडबली संवाददाता

काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्र्तगत पदाधिकारीदेखि खुला केन्द्रीय सदस्यसम्मको मत परिणम भएको छ। सभापति शेरबहादुर देउवा नै विजयी भएपनि अन्य पदाधिकारीमा मिश्रीत परिणम आएको छ।

सभापतिमा देउवाले दोस्रो चरणको निर्वाचनबाट जित निकाले। देउवाले २ हजार ७३३ मत पाएर ८७८ मतान्तरसहित सभापति जिते ।  अर्का उम्मेदवार शेखरप्रसाद कोइरालाले १८५५ मत पाए। 

पहिलो चरणमा देउवाले २२५८ मत पाएका थिए भने कोइरालाले १७०२ मत पाएका थिए । त्यस्तै, प्रकाशमान सिंहले ३७१, विमलेन्द्र निधिले २५० र कल्याणकुमार गुरुङले २२ मत पाएका थिए । तर, दोस्रो चरणमा सिंह, निधि र गुरुङले देउवालाई साथ दिए। 

कांग्रेसको उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित भए।  खड्काले सर्वाधिक २१२१ मत ल्याए भने गुरुङले देउवा समूहका विजयकुमार गच्छदारलाई २ मतले पराजित गरेका थिए । गुरुङले १९०८ मत ल्याए भने गच्छदारले १९०६ मत ल्याएका थिए । त्यस्तै, कोइराला प्यानलका चन्द्र भण्डारीले १५८०, सिंह समूहकी सुजाता कोइरालाले ६४४, विमलेन्द्र निधि समुहकी दिव्येश्वरी शाहले १३२ र स्वतन्त्र उम्मेदवार महेश आचार्यले ५८९ मत पाएका थिए । 

महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा निर्वाचित भए । कोइराला समूहबाट थापाले ३ हजार २३ मत पाए भने सिंह समूहबाट उम्मेदवार शर्माले १९८४ मत पाए ।

महामन्त्रीमा प्रकाशसरण महतले १५५० र प्रदीप पौडेलले १४०९ मत पाए। कोइराला समूहका उम्मेदवार मिनेन्द्र रिजालले ८०९ र निधि समूहका राजाराम कार्कीले १०६ मत पाएका थिए । 

सहमहामन्त्री मधेशी सहमहामन्त्रीमा देउवा पक्षका महेन्द्र यादव निर्वाचित भएका छन् । उनले २ हजार २६ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी रामकृष्ण यादवले १ हजार ८२० मत पाए भने अर्का उम्मेदवार रञ्जित कर्णले ४ सय ७२ मत प्राप्त गरे । 

दलित सहमहामन्त्रीमा कोइराला समूहका जीवन परियार निर्वाचित भए । उनले जम्मा ३७ मतले देउवा समूहका उम्मेदवार मानबहादुर विश्वकर्मालाई पराजित गरेका थिए । परियारले २ हजार २१२ मत पाए भने विश्वकर्माले २ हजार १७५ मत पाए । सिंह समूहकी गंगा सुनारले २३२ मत पाइन् । 

आदिवासी जनजाति सहमहामन्त्रीमा भीष्मराज आङ्देम्बे निर्वाचित भए । उनले अर्का प्रत्यासी विकास लामालाई ७९८ मतान्तरले पराजित गरे । उनले २ हजार ७११ मत ल्याउँदा लामाले १ हजार ९ सय १२ मत प्राप्त गरे। 

महिला सहमहामन्त्रीमा देउवा समूहकी महालक्ष्मी उपाध्याय ‘डिना’ निर्वाचित भइन्। उनले कोइराला समूहकी कमला पन्तलाई ४२८ मतान्तरले पराजित गरिन्। उपाध्यायले २ हजार ५३३ मत पाइन् भने पन्तले २ हजार १०५ मत पाइन् । 

पिछडिएको क्षेत्रको प्रतिनिधित्व गर्दै सहमहामन्त्रीमा कोइराला समूहका बद्री पाण्डे निर्वाचित भएका छन् । उनले २ हजार ४११ मत पाए भने देउवा समूहका उम्मेदवार कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले २ हजार १३३ मत पाएका छन् । अर्का चेतराज बजालले ९९ मत पाए । 

खसआर्य सहमहामन्त्रीमा देउवा समूहका किशोरसिंह राठौर निर्वाचित भए । उनले कोइराला समूहका देवराज चालिसेलाई पराजित गर्दै सहमहामन्त्री बनेका हुन् । राठौरले २ हजार ५७६ मत पाए भने चालिसेले २ हजार ५९ मत ल्याएका छन् ।

मुस्लिम सहमहामन्त्रीमा देउवा समूहका फरमुल्लाह मन्सुर निर्वाचित भए। उनले कोइराला समूहका शेख वकीललाई पराजित गरेका हुन् । मन्सुरले २ हजार ७७६ मत पाए भने वकीलले १ हजार ८७१ मत पाए । 

थारु सहमहामन्त्रीमा खानेपानी मन्त्री उमाकान्त चौधरी निर्वाचित भएका छन् । सिटौलानिकट उनी देउवा समूहबाट निर्वाचित भएका हुन् । उनले २ हजार ७६२ मत पाए भने कोइराला समूहका तेजुलाल चौधरीले १ हजार ८७७ मत पाए ।

केन्द्रीय सदस्य 

कांग्रेसको केन्द्रीय सदस्य (खुला) ३५ सिटको मतगणना सम्पन्न भएको छ । पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार निवर्तमान महामन्त्री डा शशाङ्क कोइराला सर्वाधिक मत तीन हजार ८३६ सहित खुला केन्द्रीय सदस्यमा निर्वाचित भएका  छन् । 

त्यसपछि क्रमशः एनपी साउद (२,९३७), बालकृष्ण खाँण (२,८७९), उदयशम्शेर राणा (२,८४३), रामहरि खतिवडा (२,८३२), ज्ञानेन्द्रबहादुर कार्की (२,८२०), रमेश लेखक (२,७८०),  शङ्कर भण्डारी (२,७६८), जीपछिरिङ लामा (२,७०२), अर्जुननरसिंह केसी (२,६५०), जीतजङ्ग बस्नेत (२,५५७), गोपालमान श्रेष्ठ (२,५३८), मोहनबहादुर बस्नेत (२,४७६), सुनिलबहादुर थापा (२,४७२) तथा नैनसिंह महर (२,४६७) मतका साथ निर्वाचित भए। 

यसैगरी दिलेन्द्रप्रसाद बडू (२,४४१), डा रामशरण महत (२,४३४), बलबहादुर केसी (२,३८८), गोविन्द भट्टराई (२,३५०), कुन्दनराज काफ्ले (२,२७९), दिपक गिरी (२,२६५), सुरेन्द्रराज पाण्डे (२,२०१), पद्मनारायण चौधरी (२,०३८), राजिव ढुङ्गाना (१,८९६), गुरु बराल (१,८७०), संजयकुमार गौतम (१,८६७) प्रा डा गोविन्दराज पोखरेल (१,८४३), मदनबहादुर अमात्य (१,८३०), अजयबाबु शिवाकोटी (१,८११), गणेश लामा (१,७८२), दिनेश कोइराला (१,७८१), उमेशजङ्ग रायमाझी (१,७७६), इन्जिनियर मोहन आचार्य (१,७५१), डा गोपाल दहित (१,७१०) र कृष्णकिशोर घिमिरे (१,७०७) मतसहित निर्वाचित भएको समितिले जनाएको छ । 

खुला केन्द्रीय सदस्य ३५ पदका लागि ९९ जनाले उम्मेदवारी दिएका थिए। 

पार्टीका सबै पदाधिकारीको भने शुक्रबार नै मतगणना सम्पन्न भएको थियो । कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्य गरी १३४ पदका लागि भएको मतदानमा जम्मा ४८७ जनाले उम्मेदवारी दिएका थिए। 

कांग्रेसमा जम्मा महाधिवेशन प्रतिनिधि (मतदाता) चार हजार ७४३ रहेका छन् । केन्द्रीय कार्यसमितिका पदाधिकारी मध्ये एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र समावेशीका विभिन्न आठ क्लष्टरअन्तर्गत आठ सहमहामन्त्रीको निर्वाचन हुने व्यवस्था छ । कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्य मध्येबाट हुने व्यवस्था छ ।

यसैगरी ३५ खुला केन्द्रीय सदस्य, महिला नौ, प्रत्येक प्रदेशबाट तीन जनाका दरले २१, दलित नौ, आदिवासी÷जनजाती १५, खस/आर्य १३, मधेसी नौ, थारु चार, मुस्लिम तीन, पिछडिएको क्षेत्रबाट एक, अल्पसङ्ख्यक बाट एक, अपाङ्बाट एक सदस्य गरी कुल १३४ पदाधिकारी तथा सदस्यको निर्वाचन हुने कांग्रेसको विधानको व्यवस्था छ । जम्मा १६७ सदस्यीय केन्द्रीय समितिमा केन्द्रीय सभापतिले ३३ सदस्य मनोनित गर्ने विधानमा उल्लेख छ । 

हेर्नुहोस कसले कति मत पाए?

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुनको मूल्य नेपालमा कसरी निर्धारण हुन्छ, अन्तभन्दा किन फरक हुन्छ ?

काठमाडौं । बहुमूल्य पहेँलो धातु सुनको मूल्य कीर्तिमान स्तरमा बढेर अहिले ओरालो लाग्न सुरु भएको व्यवसायीहरूले बताएका छन्। नेपाल सुनचाँदी व्यवसायी महा...

सिगाना बन्यो ‘सुन्तला गाउँ’, भित्रियो चार करोड

बागलुङ । सिगाना अर्थात् ‘सुन्तला गाउँ’। सुन्तला गाउँका रूपमा परिचय कमाइसकेको बागलुङ नगरपालिका–८ सिगानाका किसानले बर्सेनि सुन्तला उत्पादमा वृद्धि गरिरह...

व्यक्तिगत डाटा संरक्षणका लागि कानुन नहुँदा चोरीका घटना बढ्दै

काठमाडौँ । पछिल्ला वर्षहरूमा नेपालमा नागरिकका विवरणलाई बैंकिङ, सामाजिक सुरक्षा, बिमा र सरकारी सेवासँग जोड्दै ‘डिजिटल इकोसिस्टम’ निर्माण गर्ने क्रम बढे...

भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालन, मोबाइलमै आउनेछ रिपोर्ट

भक्तपुर । बागमती प्रदेश सरकारले भक्तपुरको सूर्यविनायकमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ। २०७५ सालदेखि काभ्रेको धु...

ओली-कांग्रेससँग समीकरण हुँदैन, रवि लामिछानेसँग संवादमा छु : प्रचण्ड

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनमा नेकपा एमाले वा नेपाली कांग्रेससँग कुनै पनि प्रकारको चुनावी सम...

रुपन्देहीमा विद्यार्थी सवार बस दुर्घटना, १० भन्दा बढी घाइते

बुटवल । रुपन्देहीको ओमसतिया गाउँपालिका–४ बसन्तपुरमा विद्यार्थी सवार बस दुर्घटना हुँदा १० जना भन्दा बढी विद्यार्थी घाइते भएका छन् । घाइतेमध्ये केहीको अ...

गलेश्वर-पुलाश्रम-जगन्नाथ सडक : लक्ष्यभन्दा पाँच महिनाअघि नै सकियो

म्याग्दी । बेनी नगरपालिकामा रहेका तीनवटा धार्मिकस्थल गलेश्वर, पुलाश्रम (पछै) र जगन्नाथ जोड्ने सडक स्तरोन्नतिका लागि सञ्चालित योजना लक्ष्यअघि नै सम्पन्...

अफ्रिकन स्वाइन फिभरका लक्षण देखिएका बङ्गुर मरेपछि किसान चिन्तित

तनहुँ । यहाँको ऋषिङ गाउँपालिका वडा नम्बर ७ मा अफ्रिकन स्वाइन फिभर भाइरसका लक्षणसहित एक किसानका पाँच वटा बङ्गुर मरेका छन् । स्थानीय ऋषिराम थापाले पा...

सिँचाइ सुविधा पुगेपछि व्यावसायिक तरकारी खेतीमा रमाउँदै श्यामशिलाका किसान

भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिका–१, श्यामशिला चाँपेका किसानहरु सिँचाइ सुविधा विस्तार भएसँगै व्यावसायिक तरकारी खेतीतर्फ आकर्षित भएका छन् । गाउँमा...

बाजुराका १८ सय किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप दिइने

बाजुरा । बाजुरामा पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘एचपिभी’ खोप अभियान सञ्चालन हुने भएको छ । स्वास्थ्य कार्यालय बाजुराका अनुसार राष्ट्रिय खोप कार्यक्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE