काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) र केल्मी नेपालबिच दुई पक्षिय सम्झौता पत्रमा हस्ताक्षर भएको छ । आईतबार काठमाण्डौंमा आयोजित एक कार्यक्रमका बीच क्यान र केल्मीबिच प्रायोजन सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) को उपस्थितीमा नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्द र केल्मी नेपालका निर्देशक प्रदीप न्यौपानेले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्।
दुई वर्षिय सम्झौता अनुसार केल्मीले आगामी दुई वर्षसम्म नेपालले खेल्ने अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा जाने पुरुष र महिला सिनियरसँगै यू–१९ र यू–१६ टिमलाई जर्सी, ब्याग, ट्रयाकसुट, टोपी तथा जुत्ता उपलब्ध गराउने भएको छ । वर्षमा १३ वटा अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि केल्मीले उक्त सामाग्री प्रदान गर्ने सम्झौता पत्रमा उल्लेख गरीएको छ ।
उक्त समारोहमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि तथा खेलकुद मन्त्री अथकले नेपाली क्रिकेट क्षेत्रको विकासकालागि केल्मीले महत्वपूर्ण भुमिका निभाउनेमा आफु आशावादी रहेको बताए। यस प्रकारको प्रायोजनले खेलाडीहरुको मनोबल बढ्ने उल्लेख गर्दै मन्त्री अथकले अब खेलाडीहरुले खेलकुद सामाग्रीको अभाव झेल्ुनपर्ने समस्या हट्ने विश्वास ब्यक्त गरे।
कार्यक्रममा बोल्दै केल्मी नेपालका निर्देशक प्रदीप न्यौपानेले नेपाली क्रिकेट क्षेत्रको विकासकालागि आगामी दुई वर्षसम्म केल्मी प्रायोजनको भुमिकामा रहने बताए । उनले यो सम्झौता अवधि आवश्यकताका आधारमा बढाउँदै लैजाने जानकारी दिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ २० गते, २०८२ - ०८:०८
जापान । राष्ट्रपति रामचन्द्र पौडेल चारदिने औपचारिक भ्रमणका लागि जापान पुगेका छन् । उनलाई नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा जापानको विदेश मन्त्रालय...
माघ २० गते, २०८२ - ०८:०३
कास्की । पोखरा अन्तरराष्ट्रिय फुटबल रङ्गशालामा सञ्चालन भइरहेको १९ वर्षमुनिको साफ महिला च्याम्पियनसीप फुटबल प्रतियोगिता अन्तर्गत आज लिग चरणका दुई खेल ह...
माघ २० गते, २०८२ - ०७:५७
बालुवामा सुनका कण भेटिनुको अर्थ
माघ २० गते, २०८२ - ०७:२७
काठमाडौँ । फेरि पश्चिमी न्यून चापीय प्रणाली केही बलियो बनेर मौसम बदली गराउन लागेको छ । गत मंगलबार र बुधबार मौसम बदली भई वर्षा र हिमपातले कोशी तथा मधेश...
माघ २० गते, २०८२ - ०७:१८
दाङ । दाङको घोराहीमा आइतबार ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु भएको छ भने बुबा घाइते भएका छन्। घोराही–लमही सडकखण्डअन्तर्गत घोराही उपमहानगरप...
माघ २० गते, २०८२ - ०७:१७
भक्तपुर । गृहमन्त्री ओमप्रकाश अर्यालले आइतबार यहाँको सानोठिमीस्थित बाल सुधार गृहको अवलोकन गरेका छन् । स्थलगत अवलोकन पश्चात् उनले यहाँको वस्तुस्थितिका ...
माघ २० गते, २०८२ - ०७:०८
रामेछाप । मुलुक चुनावी माहौलले तातिएको छ । तर यहाँका किसानलाई जुनारको चिन्ता छ । यहाँको रामेछाप नगरपालिका–७ ओख्रेनीका जुनार कृषकहरू जुनारको मूल्य कहिल...
माघ २० गते, २०८२ - ०७:०६
बाँके । ठेकेदार कम्पनीको लापरबाहीले यहाँका केही स्थानीय तहका निर्माणाधीन प्रशासनिक भवन अलपत्र परेका छन् । निर्माण गर्ने समयावधि सकिएको एक वर्ष बिति...
माघ २० गते, २०८२ - ०७:०१
काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ हालसम्म ३० लाख मतपत्र छपाइ भएको छ । निर्वाचन आयोगका अनुसार कूल २५ ज...
माघ १९ गते, २०८२ - ०९:०४
सर्लाही । सवारी दुर्घटनामा परी सर्लाहीमा चालु आर्थिक वर्षको छ महिनामा २९ जनाको मृत्यु भएको छभने १९० जना गम्भीर घाइते भएका छन् । जिल्ला ट्राफिक प्रहरी ...



प्रतिकृया लेख्नुहोस्: