काठमाडौं । तीन सयौँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस –२०७८ मनाउन नेपाल प्रज्ञा–प्रतिष्ठान, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र सांस्कृतिक संस्थानका पदाधिकारी सम्मिलित समिति गठन भएको छ ।
कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आइतबार भएको बैठकमा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीका संयोजकत्वमा सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठ ’रायन’, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति कान्छाकुमार कर्माचार्य, तीनओटै प्रज्ञा–प्रतिष्ठानका उपकुलपतिहरू क्रमशः जगमान गुरुङ, हरिहर शर्मा र गोपाल चित्रकार, सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान र ललितकला प्रज्ञा–प्रतिष्ठानका सचिवहरू क्रमशः श्यामप्रकाश तमोट र विपिन घिमिरे एवं सांस्कृतिक संस्थानका अध्यक्ष र महाप्रबन्धक क्रमशः प्रेमनाथ अधिकारी र अशोक प्यासी राई सदस्य तथा नेपाल प्रज्ञा–प्रतिष्ठानका सचिव प्रा।जगत्प्रसाद उपाध्याय ’प्रेक्षित’ सदस्य सचिव रहेको मूल व्यवस्थापन समितिसमेत गठन भएको हो ।
प्रतिष्ठानका अनुसार बैठकले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा ’पृथ्वीनारायण शाहको नेतृत्वमा सम्पन्न नेपाल राष्ट्रको एकीकरणमा विभिन्न जनसमुदायको सहभागिता’ विषयक विचार–गोष्ठी, पुस्तक प्रदर्शनी, चित्रकला प्रदर्शनी, सांस्कृतिक झाँकीसहितको शोभायात्रा र पृथ्वीनारायण शाहको प्रतिमामा माल्यार्पण एवम् सांस्कृतिक कार्यक्रम संयुक्त रूपमा आयोजना गर्ने निर्णय गरेको छ ।
बैठकले कार्यक्रमहरूलाई व्यवस्थित र प्रभावकारी तुल्याउन नेपाल प्रज्ञा–उक्त बैठकद्वारा यही पुस २५ गते पुस्तक प्रदर्शनी र चित्रकला प्रदर्शनी, पुस २६ गते विचार–गोष्ठी तथा पुस २७ गते बिहान विभिन्न जातीय सांस्कृतिक झाँकीसहितको शोभायात्रा र पृथ्वीनारायण शाहको प्रतिमामा माल्यार्पण एवम् सोही दिन अपराह्न सांस्कृतिक कार्यक्रम आयोजना गर्ने साथै पुस्तक प्रदर्शनी, विचार–गोष्ठी र शोभायात्राको व्यवस्थापन नेपाल प्रज्ञा–प्रतिष्ठानले गर्ने, चित्रकला प्रदर्शनीको व्यवस्थापन ललितकला प्रज्ञा–प्रतिष्ठानले गर्ने एवम् सांस्कृतिक कार्यक्रमको व्यवस्थापन सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान र सांस्कृतिक संस्थानले गर्नेसम्बन्धी निर्णयसमेत गरेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ ६ गते, २०८१ - ०९:४२
नवलपरासी । उद्योग वाणिज्य संघ नवलपरासी (बर्दघाट-सुस्तापूर्व) को अध्यक्षमा दीपक सापकोटा निर्वाचित भएका छन्। शनिबार राति सम्पन्न अधिवेशनले सापकोटाको नेत...
जेष्ठ ६ गते, २०८१ - ०९:१९
काठमाडौं । सहकारी ठगी प्रकरण छानबिनका लागि बन्ने संसदीय समितिको कार्यादेश टुंगो लगाउन कार्यदलको बैठक अहिले बसिरहेको छ। कानून, न्याय तथा संसदीय मामिला ...
जेष्ठ ६ गते, २०८१ - ०९:०४
काठमाडौं । सरकारले किर्गीस्तानको राजधानी बिस्केक र वरपरको क्षेत्रमा रहेका नेपाली नागरिकलाई घरभित्रै रहन आग्रह गरेको छ । गत शुक्रबार त्यहाँ भएको हिंसात...
जेष्ठ ६ गते, २०८१ - ०८:४२
लुम्बिनी । पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवल उपमहानगरपालिका–१३ स्थित झोलुङ्गे पुल नजिकै एम्बुलेन्सको ठक्करबाट एकजनाको मृत्यु भएको छ । इलाका प्रहरी...
जेष्ठ ६ गते, २०८१ - ०८:१९
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–१२ भएर बग्ने वनहरा नदीमा रु २५ करोडको लागतमा मोटरेबल पक्की पुल निर्माण थालिएको छ । निर्माणको ठेक्का सम्झौता भएको दुई ...
जेष्ठ ६ गते, २०८१ - ०८:११
काठमाडौं । ललितपुर महानगरपालिका–१७ स्थित एक टहरोमा आगलागीमा परी मृत्यु हुनेको संख्या चार पुगेको छ । दुई छोरी र आमापछि बुवाको पनि मृत्यु भएको हो। म...
जेष्ठ ६ गते, २०८१ - ०८:०६
काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले सहकारी प्रकरणको छानबिन हुँदा रवि लामिछाने गृह मन्त्रालयको जिम्मेवारीमा बसिरहन नमिल्ने बताएका छन्। ...
जेष्ठ ६ गते, २०८१ - ०७:४०
कञ्चनपुर । कञ्चनपुरको लालझाडी गाउँपालिका–४ डाँगाजाईँकी मन्तोरा रानाको दुई बिघा जमिनमध्ये पाँच कट्ठामात्र बाँकी छ । एक बिघा १० कट्ठा दोदा नदीले कटान गर...
जेष्ठ ६ गते, २०८१ - ०७:१४
काठमाडौं । सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी दलबीच भएको सहमति अनुसार संसदीय छानबिन समितिको कार्यादेश (टिओआर) आज टुङ्गो लगाइँदैछ । संसद्को गतिरोध...
जेष्ठ ६ गते, २०८१ - ०७:०७
काठमाडौँ । सरकारले स्टार्टअप उद्यम गर्नेहरूका लागि विभिन्न छुट तथा सुविधा उपलब्ध गराउने र यस्तो उद्यममा लगानी प्रवर्द्धन एवम् सहजीकरण गर्ने भएको छ । ग...
प्रतिकृया लेख्नुहोस्: