रुपन्देही । बुद्धजन्मस्थल लुम्बिनीमा सांस्कृतिक महोत्सव तथा सडक खाना महोत्सव हुने भएको छ । लुम्बिनी होटल सङ्घले आज लुम्बिनीमा पत्रकार सम्मेलनको आयोजना गरी अङ्ग्रेजी नयाँ वर्ष २०२२ को अवसरमा लुम्बिनीको मुख्य बजार महिलवारमा पुस १६ र १७ गते लुम्बिनी सांस्कृतिक तथा आठौँ सडक खाना महोत्सव आयोजना गर्न लागेको जानकारी गराएको हो ।
महोत्सवमा विभिन्न खानाका परिकारका एक सयभन्दा बढी स्टल रहने छन् । महोत्सवको आकर्षणका रूपमा विभिन्न देशका खानाका परिकार, स्थानीय बिराहा नाच, विभिन्न जातिहरुको संस्कृति झल्कने प्रस्तुति तथा सांस्कृतिक कार्यक्रम रहने अध्यक्ष गोविन्द ज्ञवालीले बताए ।
कोरोना महामारीका कारण विगत दुई वर्ष सडक खाना महोत्सव आयोजना गर्न नसकिएकाले यसपटकको महोत्सव विशेष रहने उनको भनाइ छ ।
सङ्घका अनुसार महोत्सवमा पर्यटन, ग्रामीण तथा सहरी विकास मन्त्रालय, लुम्बिनी सांस्कृतिक नगरपालिका, लुम्बिनी विकास कोष तथा विभिन्न पालिकाको सहयोग रहने छ । खाना महोत्सवमा रुपन्देहीसहित कपिलवस्तु, नवलपरासीलगायत भारतीय सीमावर्ती बजारका साथै लुम्बिनी भ्रमणमा आउने विदेशी पर्यटकहरूको समेत सहभागिता रहने छ ।
लुम्बिनीको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित आयोजना गरिएको महोत्सवमा नेपाली विभिन्न जातजातिका खाना, विदेशीमा भारतीय, चिनियाँ, थाई, कम्बोडियली, कोरियाली, श्रीलङ्ककाली, युरोपेली देशका खानाका परिकारसमेत राख्ने तयारी गरिए पनि कोरोना महामारीका कारण लुम्बिनीका बिहार बन्द रहेकाले सम्भव नदेखिएको उपाध्यक्ष लीलामणि शर्माले बताए ।
खाना महोत्सव अवधिमा होटलमा बास बस्ने आन्तरिक तथा बाह्य पर्यटकका लागि लुम्बिनी क्षेत्रका होटलमा आवासमा ६० प्रतिशत छुटको व्यवस्था गरिएको निवर्तमान अध्यक्ष मिथुनमान श्रेष्ठले बताए ।
महोत्सवस्थलमा आवतजावतका लागि स्थानीय यातायात व्यवसायीसँगको समन्वयमा निःशुल्करूपमा छोटो दूरीका सार्वजनिक सवारी साधनको व्यवस्था मिलाइएको महासचिव पुरुषोत्तम अर्यालले बताए । महोत्सव आयोजनाका लागि ३३ लाख पाँच हजार खर्च लाग्ने अनुमान गरिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २६ गते, २०८२ - ०९:३६
काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...
मंसिर २६ गते, २०८२ - ०८:३९
काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...
मंसिर २६ गते, २०८२ - ०७:५२
काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...
मंसिर २६ गते, २०८२ - ०७:३९
सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...
मंसिर २६ गते, २०८२ - ०७:३६
काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...
मंसिर २६ गते, २०८२ - ०७:३२
राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने
मंसिर २६ गते, २०८२ - ०७:२७
काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...
मंसिर २६ गते, २०८२ - ०७:२०
बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...
मंसिर २६ गते, २०८२ - ०७:१८
बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...
मंसिर २६ गते, २०८२ - ०७:१५
काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...




प्रतिकृया लेख्नुहोस्: