नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरले तोरी उत्पादनमा आफ्नो ‘साख’ जोगाउन सकेको छैन । केही दशक अगाडिसम्म जिल्लामा उत्पादन भएको तोरी काठमाडौँ, पोखरालगायत देशका विभिन्न सहरमा निर्यात हुने गरेको भए पनि पछिल्ला वर्षमा तोरीको उत्पादन घट्दो क्रममा छ ।
जिल्लामा उत्पादन भएको तोरीले यहाँको मागसमेत धान्न नसक्ने अवस्थामा पुगेको कृषि ज्ञान केन्द्रले जनाएको छ । पछिल्ला वर्षमा जिल्लामा तोरीको उत्पादन निरन्तररूपमा घट्दै गएको केन्द्रका कृषि अर्थविज्ञ वर्षा न्यौपानेले बताए।
न्यौपानेका अनुसार जिल्लामा आर्थिक वर्ष २०७६/७७ मा एक हजार २८० मेट्रिक टन तोरी उत्पादन भएको थियो । सो आवमा जिल्लाको एक हजार २०० हेक्टर क्षेत्रफलमा तोरीखेती गरिएको थियो ।
त्यसैगरी आव २०७७/७८ मा जिल्लामा एक हजार २०५ मेट्रिक टन तोरी उत्पादन भएको थियो । सो आवमा करिब एक हजार १२० हेक्टर क्षेत्रफलमा तोरीखेती लगाइएको थियो । चालु आवमा भने करिब एक हजार २०० मेट्रिक टन तोरी उत्पादन हुने अनुमान गरिएको छ ।
यस वर्ष नवलपुरको करिब एक हजार १८० हेक्टर क्षेत्रफलमा तोरी खेती गरिए पनि उत्पादन घट्ने अनुमान गरिएको न्यौपानेको भनाइ छ ।
‘यस वर्ष करिब १.०५ मेट्रिक टन प्रतिहेक्टरका दरले तोरी उत्पादन हुने अनुमान गरिएको छ’ उनले भने।
कावासोती, मध्यविन्दु, गैँडाकोटलगायतका क्षेत्रमा तोरी खेती हुँदै आएको छ । पहाडी क्षेत्रमा तोरी खासै उत्पादन हुँदैन । नवलपुरका किसानले उत्पादन गरेको तोरीले जिल्लाको माग धान्न नसक्ने न्यौपाने बताउँछन्।
विगत वर्षमा तोरीको उत्पादन पर्याप्त हुने गरेको भए पनि पछिल्लो समयमा घट्दै गएको न्यौपानेले बताए। कृषकले तोरीखेतीबाट भन्दा अन्य नगदे बालीबाट मनग्य आम्दानी लिन थालेपछि तोरीखेतीतर्फ आकर्षण घट्दो क्रममा छ।
केही वर्ष अघिसम्म कोल्हुवा, अग्यौली, ढोकीलगायतका फाँटमा यो समयमा तोरी फुलेर पहेँलै हुने गरेको भए पनि अहिले आधा क्षेत्रफलमा पनि तोरी नदेखिएको मध्यविन्दु–३ का जुगतराम थनेतले बताए। रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ३ गते, २०८२ - ०९:१५
काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदान प्रक्रिया सम्पन्न भएको छ। बिहीबार बिहान सम्पन्न मतदानमा २ हजार २ सय २७ जना महाधिवेशन प्रति...
पौष ३ गते, २०८२ - ०८:१३
बहुमत सांसदको हस्ताक्षरसहित जाँदा अदालत दबाबमा पर्ने विश्लेषण
पौष ३ गते, २०८२ - ०८:०८
गलकोट । यहाँको बागलुङ नगरपालिका–१० भकुण्डेमा बस्दै आउनुभएका एक ८३ वर्षीय वृद्धले नागरिकता प्राप्त गरेका छन्। २०८१ फागुन २ गते राष्ट्रिय समाचार समितिमा...
पौष ३ गते, २०८२ - ०७:५९
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुबे...
पौष ३ गते, २०८२ - ०७:५५
धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशको वर्तमान राजनीतिक सङ्कटको निकासका लागि प्रतिनिधिसभाको चुनाव एउटैमात्र विकल्...
पौष ३ गते, २०८२ - ०७:४९
काठमाडौँ । नकेपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनको नयाँ नेतृत्वका लागि भएको मतदानमा दुई हजार २२७ जनाले मतदान गरेका छन् । महाधिवेशनस्थल भृकुटीमण्...
पौष ३ गते, २०८२ - ०७:४२
काठमाडौँ । नकेपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनको नयाँ नेतृत्वका लागि भएको मतदानमा दुई हजार २२७ जनाले मतदान गरेका छन् । महाधिवेशनस्थल भृकुटीमण्...
पौष ३ गते, २०८२ - ०७:३८
तनहुँ । तनहुँस्थित कृषि विकास कार्यालयले जिल्लाभित्र उत्पादित सुन्तलाको विवरण सङ्कलन गर्न थालेको छ । व्यावसायिक रुपमा सुन्तलाखेती गरिएका ठाउँमा कार्या...
पौष ३ गते, २०८२ - ०७:३०
धनुषा। मधेस प्रदेशका १८ वटा सरकारी कार्यालयमा छड्के निरीक्षण गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट दुई/दुई जनाको सम्मिलित आठ वटा टोल...
पौष ३ गते, २०८२ - ०७:२३
काठमाडौँ । निर्वाचन आयोगले ‘निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका’ सार्वजनिक गरेको छ । ‘निर्वाचन शिक्षा तथा सूचनाको विस...




प्रतिकृया लेख्नुहोस्: