Khabar Dabali १७ श्रावण २०८३ आईतवार | 2nd August, 2026 Sun
Investment bank

शेयर बजार : वर्षकै न्यून बिन्दुमा नेप्से, किन्ने अवसर कि वियरिस ट्रेण्ड ?

खबरडबली संवाददाता
काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकले गत भदौ ३ गते तीन हजार दुई सयभन्दा माथि पुगेर हालसम्मकै उच्च बिन्दु बनाएको थियो । त्यसको अघिल्लो दिन बजार तीन हजार १९९ दशमलव शून्य तीन बिन्दुमा पुगेर कारोबार बन्द भएको थियो । त्यसयता शेयर बजार निरन्तर घट्दो क्रममा छ । नेप्से घट्दै बिहीबार दुई हजार ४४९ दशमलव ९७ बिन्दुमा कारोबार बन्द भएको छ । 
नेपाल स्टक एक्सचेञ्जको तथ्याङ्कानुसार कारोबार मापक नेप्सेका साथै कारोबार रकम पनि निरन्तर ओरालो लागेको देखिन्छ । चालू आवको पहिलो कारोबार दिन साउन ३ गते दुई हजार ९८० दशमलव ६१ बिन्दुमा बन्द भएको कारोबार भदौ पहिलो साता उच्च बिन्दु छोएर निरन्तर घटिरहेको छ । 
 
उच्च बिन्दुबाट बजार २३ प्रतिशतभन्दा बढीले घट्दा लगानीकर्ताको रु १० खर्ब बढीकोे सम्पत्ति गुमेको छ । नेप्से परिसूचक उच्चतम हुँदा रु ४४ खर्ब ६८ अर्बको बजार पुँजीकरण बिहीबारको कारोबार पछि रु ३४ खर्ब ४४ अर्बमा खुम्चिएको छ । परिसूचक घटेसँगै कारोबार रकममा समेत गिरावट आएको देखिन्छ । गत साउन ३१ गते दैनिक कारोबार रकम रु २१ अर्ब भन्दा बढी भएकामा बिहीबार रु दुई अर्ब ६७ करोडमा सिमित हुन पुगेको छ ।
 
शेयर बजारमा नेप्सेका साथै कारोबार घट्दा लगानीकर्तामा निरासा छाएको छ ।  अझ नयाँ लगानिकर्ता अन्योलमा रहेको देखिन्छ । साना लगानीकर्ता बजारमा त्यति खुल्ल सकेका छैनन् । बजार निरन्तर घट्न थालेपछि लगानी नै डुब्ने चिन्तामा उनीहरु रहेको देखिन्छ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक ९निफ्रा०को प्राथमिक शेयरबाट आइपिओ भर्न सुरु गरेका भक्तपुरका माधव ढकाल साथीको सहयोगमा दोस्रो बजारमा छिरेका थिए । “सुरुमा राम्रै कमाइ भयो, कमाइ देखेर सापटी मागेर अरु रकम यसमा लगाएँ अहिले घाटामा छु, बेच्न नि घाटा छ, सस्तोमा किन्न पैसा छैन”, उहाँ भन्छन् ।
 
त्यस्तै शेयर बजारका बादशाह भनेर चिनिने लगानिकर्ता निर्मल प्रधान बजार घटबढ हुनु स्वभाविक भएको र बुझेर लगानी गर्न सुझाव दिनुहुन्छ । आम लगानीकर्ता बजार घट्दा आत्तिने र बढ्दा मात्तिने गर्छन् जुन सही होइन, बजार केही समय घट्छ र पछि बढ्छ पनि त्यसैले धै¥र्यता आवश्यक हुने बताउँदै सरकार र नियामक निकाय पनि शेयर बजारको दिगो विकास तथा विस्तारमा संवेदनशील हुन जरुरी रहेको धारणा राख्छन् । 
 
नेपालको पूँजीबजारमा तरलताले विशेष प्रभाव पारेको देखिन्छ । बैंकिङ प्रणालीमा तरलताको चाप पर्दा बजार घट्ने गरेको देखिन्छ । “जब बैंकमा तरलता बढी हुन्छ, उनीहरु सस्तो ब्याजदरमा शेयर कर्जा दिन थाल्दछन्, ठूला लगानीकर्ता त्यसको प्रयोग गर्छन्, जसले कारोबार बढी हुन्छ र बजार बढ्छ, तर जब तरलता सङ्कट आउँछ उनीहरु निक्षेप बढाउन व्याजदर बढाउने र कर्जा दिन नसक्ने अवस्थामा पुग्छन् तब शेयर कारोबार घट्ने गरेको छ”, प्रधान अनुभव सुनाउँछन् ।
 
साना लगानीकर्ता डरमा, ठूला पर्ख र हेरको अवस्थामा
 
सिडिएस एण्ड क्लियरिङका अनुसार धितोपत्र कारोबार गर्न आवश्यक डिम्याट खाता खोल्नेको सङ्ख्या ४७ लाख नाघिसकेको छ भने मेरो शेयर प्रयोगकर्ता ३८ लाखभन्दा बढी छन् । सत्तचालीस लाख लगानिकर्तामध्ये सङ्ख्याका आधारमा साना लगानीकर्ताको अत्याधिक बृद्धि भएको देखिन्छ । गएको एक वर्षको अवधिमा चिया पसलदेखि कार्यालयको बैठकको समयमा समेत पूँजीबजारका बारेमा बहस चल्न थालेको अवस्था छ । 
 
शेयर बजार स्वतन्त्ररुपमा माग र पूर्तिका आधारमा चल्नुपर्नेमा लगानीकर्ता संरक्षण चौधरी जोड दिनुहुन्छ । हाल गृहणी र महिला लगानिकर्ताको सङ्ख्यासमेत बढेको छ, सानोसानो पूँजी जम्मा भएर नै दैनिक कारोबार करिब रु २२ अर्ब पुगेको थियो । त्यस्ता साना र नयाँ शेयर लगानीकर्ताको लगानीको सुरक्षामा सरकार तथा नियामक विशेषरुपमा सजग हुनुपर्ने चौधरीको भनाइ छ ।
 
घटेको बजारमा साना र त्यसमाथि नयाँ लगानीकर्ताको सम्पत्ति घट्दै जाँदा उनीहरुमा डर देखिएको स्वयं लगानिकर्ता स्वीकार्छन् । यस्तोमा बजार घट्नेमात्र नभई राम्रा प्रतिफल दिने कम्पनीमा गरेको लगानीमा डराउन नहुने र शेयर बजारमा लगानी गर्दा धै¥र्यता राख्नुपर्नेमा लगानीकर्ता छोटेलाल रौनियारको जोड छ ।  
 
“बजार विस्तार भएको छ, कारोबार प्रविधिमैत्री हुँदैछ, डिम्याट र मेरो शेयरका साथै शेयर कारोबार गर्न टिएमएसको प्रयोगकर्ता दिनदिनै बढेको अवस्था छ, यसले बजारमा सकारात्मक प्रभाव पारेको र अझ यसको विकास तथा दिगोपनाका लागि नियामकले लगानिकर्ताको हितलाई ध्यान दिएर नीति बनाएर बजारको नियमन गर्ने वातावरण बने बजारको भविष्य राम्रो रहेको छ”, शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा रौनियारले आफ्ना धारणा राखे । उनले बजारमा राम्रो सम्भावना रहेको र पूँजी बजारको विकास तथा विस्तारमा सबै लगानिकर्ता एकजुट भएर बजार अनुकूल हुँदा आवेशमा नआउन र प्रतिकूल हुँदा धै¥र्यता अपनाउन आवश्यक हुने बताए । 
 
जुट्दै लगानीकर्ता सङ्घ 
 
नेपालको पूँजी बजार जब घट्न थाल्छ, तब शेयर बजार सुधार गर्ने नाममा विभिन्न कार्यक्रमसहित लगानिकर्ता मिलेर सङ्घ खोल्दै आन्दोलन गर्ने गरेका छन् । छोटो समयमा नै यस्ता सङ्घ धेरै बनेको अवस्थामा पछिल्लो समय सबै मिलेर अगाडि बढ्ने भन्दै जुट्न थालेको देखिन्छ । शुक्रबार आयोजित ‘पूँजी बजारको सङ्कट र समाधानको सूत्र’ नामक छलफल कार्यक्रममा अग्रज लगानीकर्ताका साथै सबै सङ्गठनका पदाधिकारीले पनि मिलेर अगाडि बढ्नुपर्नेमा जोड दिएका थिए ।
 
कार्यक्रममा अग्रज शेयर लगानीकर्ता निर्मल प्रधान, छोटेलाल रौनियार, अम्बिकाप्रसाद पौडेल, शेयर लगानीकर्ता दबाब समूहका अध्यक्ष हरि ढकाल, पूँजी बजार लगानीकर्ता सङ्घकी अध्यक्ष राधा पोखरेल, स्वतन्त्र पूँजी बजार लगानीकर्ता सङ्घका अध्यक्ष रोहन कार्कीलगायतको सहभागिता थियो । कार्यक्रममा सबैले पूँजी बजारमा देखिएको समस्या समाधान गर्न सम्पूर्ण लगानीकर्ता एकजुट हुनुपर्ने बताएका थिए ।
 
कार्यक्रममा शेयर कारोबारमा मार्जिज ट्रेडिङको कार्यान्वयन, शेयर कर्जामा लगाइएको रु चार देखि १२ करोडको सीमा पुनर्विचार, धितोपत्र बोर्ड र नेप्सेका प्रमुखको नियुक्तिलगायतका तीन वर्षअघि भएको ५८ बुँदे मागको चाँडोभन्दा चाँडो सम्बोधन गर्न सबै लगानीकर्ता एक भएको अध्यक्ष ढकालले बता । पूँजी बजारमा देखिएका समस्या समाधान र यसको विकास तथा विस्तारका लागि लगानीकर्ता अम्बिकाप्रसाद पौडेलको संयोजकत्वमा कार्यदलसमेत बनेको छ । 
Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सार्वजनिक लेखा समितिमा १७ उजुरी, छानबिनको प्रक्रिया तय गर्न सोमबार बैठक

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिमा चालु कार्यकालमा दर्ता भएका १७ वटा उजुरीमाथि प्रारम्भिक छलफल गर्न समितिको बैठक सोमबार बस्ने भए...

पर्यटक बोकेको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु

बोगोटा। पेरुको नाज्का सहरनजिक शनिबार युरोपेली पर्यटक बोकेको विमान दुर्घटनाग्रस्त हुँदा १३ जनाको मृत्यु भएको छ । उक्त विमान प्रसिद्ध ‘नाज्का लाइन्स’को ...

आर्थिक कानुन संशोधन विधेयकमा १५ वटा संशोधन प्रस्ताव, संसदीय समितिमा छलफल

काठमाडौं । अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन तथा खारेज गर्न ल्याइएको ‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३’ माथि स...

देवानगञ्ज घटनापछि सप्तरीमा सद्भावको सन्देश, राजविराज र बोदेबरसाइनमा निकालियो शान्ति र्‍याली

राजविराज । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको घटनापछि उत्पन्न तनावपूर्ण अवस्थाबीच सप्तरीमा धार्मिक तथा सामाजिक सद्भाव कायम राख्न विभिन...

मनसुन विपद् : २४ घण्टामा एक जनाको मृत्यु, २० जना घाइते

काठमाडौँ। मनसुनजन्य विपद्का कारण पछिल्ला २४ घण्टामा एक जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्था...

ग्यासको कृत्रिम अभाव हुन नदिन डिलरको अनुगमन

तनहुँ । बजारमा खाना पकाउने एलपी ग्यासको कृत्रिम अभाव हुन नदिन जिल्ला प्रशासन कार्यालय तनहुँले ग्यास डिलर तथा सप्लायर्सको अनुगमन सुरु गरेको छ। सहायक...

सप्तरीमा कर्फ्यु खुकुलो

सप्तरी। सप्तरीमा आम नागरिकहरूको दैनिक अत्यावश्यक कामलाई मध्यनजर गर्दै सप्तरीको राजविराज नगरपालिका र बोदेबरसाइन नगरपालिकामा जारी कर्फ्युमा केही खुकुलो ...

ब्रड पिक दुर्घटना : निर्मल पुर्जासहित दिवंगत आरोहीहरूको शव क्याम्प–१ तर्फ ल्याइँदै

काठमाडौं । पाकिस्तानको कराकोरम हिमशृङ्खलास्थित ८,०४७ मिटर अग्लो ब्रड पिकमा हिमपहिरोमा ज्यान गुमाएका नेपाली पर्वतारोही निर्मल पुर्जासहितका दिवंगत आरोही...

बजारमा सुनचाँदीको मूल्य ह्वात्तै घट्यो, कतिमा किनबेच भइरहेको छ ?

काठमाडौँ। स्थानीय बजारमा आज सुनको मूल्य केही घटेको छ । गत शुक्रबारको तुलनामा सुन तोलामा रु एक हजार ८०० र चाँदी रु ४५ ले घटेको हो ।  नेपाल सुनचाँदी ...

शान्ति सद्भाव र्‍यालीपछि जनकपुरधामको अवस्था सामान्य

जनकपुरधाम। गृहमन्त्री सुधन गुरुङले पीडित पक्षसँग शुव्रmबार राति सहमति गरेपछि मधेश प्रदेशको अवस्था सामान्य बन्दै गएको छ । सुनसरीमा धार्मिक विषयलाई लिएर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending