Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

‘काठमाडौँ फिल्म फेष्टिवल’सुरु, ६३ वटा चलचित्र प्रदर्शन गरिने

खबरडबली संवाददाता

काठमाडौं । ‘काठमाडौँ इन्टरनेशनल माउन्टेन फिल्म फेस्टिवल’ (किम्फ)को १९औँ संस्करण आजदेखि यहाँ शुरु भएको छ । 

‘जलवायु कर्म’ मुख्य विषयलाई आधार मानेर शुरु फेष्टिवलमा प्रतियोगितात्मकसहित विभिन्न ६३ वटा चलचित्र प्रदर्शन गरिने आयोजक हिमाल एसोसिएसनले जनाएको छ । चलचित्र विकास बोर्डमा आजदेखि शुरु महोत्सव यही २७ गतेसम्म चल्ने छ ।

महोत्सव अन्तरगत नेपाल पानारोमामा १३ वटा फिल्म समावेश गरिएको छ भने अन्तरराष्ट्रिय प्रतिस्पर्धामा ४० वटा चलचित्र समावेश छ । ‘ग्रीन ग्रोथ–ग्रीन रिकभरी’ विषयमा लघु फिल्म तथा ‘कल टु एक्सन’मा टिकटक च्यालेन्ज पनि हुने कार्यक्रममा जानकारी दिइएको थियो । अन्तरराष्ट्रिय प्रतियोगिताबाट उत्कृष्ट तीन र नेपाल पानोरमाबाट उत्कृष्ट वृत्तचित्र र फिक्सन फिल्म छनोट गरिने जनाइएको छ । 

महोत्सवमा समावेश चलचित्रले जलवायु परिवर्तन र यसबाट मानव जीवनमा परेको असर तथा हिमाली जनजीवनमा परेको असरका विषयमा घच्घच्याउन सहयोग पुग्ने दावी आयोजकको छ । 

महोत्सवमा फिक्शन, डकुमेन्ट्री, प्रयोगात्मक, छोटा तथा एनिमेशन गरिएका चलचित्र प्रदर्शन हुने कार्यक्रम संयोजक निसिता थापा मगरले जानकारी दिइन् । यसपाली प्रत्यक्षरुपमा र अनलाइनसमेतबाट महोत्सवमा समावेश चलचित्र हेर्न सकिने छ ।

अमेरिकी चलचित्रकर्मी काइल रुडिकद्वारा निर्देशित चलचित्र ’ड्रिम माउन्टेन’ प्रदर्शन गर्दै किम्फको उद्घाटन गरिएको थियो । प्रमुख वक्ता भारतका पर्यायवरणविद सोनम वाङचुकले मानव जातिका कारण पर्यावरणमा परेको प्रभावप्रति गम्भिरतापूर्वक सोच्ने बेला आएको बताए । उन ले महोत्सवले त्यसलाई उजागर गर्ने आशा व्यक्त गरे । 

महोत्सवअनतरगत ‘क्लाइमेट कर्म’को विषयमा छलफलसमेत गराउने तथा फोटोसम्बन्धी प्रशिक्षणसमेत हुने छ । यस्तै महिनावारीसम्बन्धीसमेत छलफल कार्यक्रम राखिएको लिम्बुले जानकारी दिए । 

फेष्टिवलका एकजना निर्णयक चलचित्रकर्मी अनुप बरालले कतिपय कलाकार यस्तै महोत्सवमार्फत बाहिर आएको उल्लेख गर्दै काठमाडौँ माउन्टेन चलचित्र महोत्सवको छुट्टै महत्व रहेको बताउछन् । “यहाँ सामान्य सिनेमा मात्रै छैन, अदभूत सिनेमा हेर्न पाइन्छ”, उद्घाटनसत्रमा बरालले भने, “यसले आफूभित्र फर्किएर जीवनलाई गहिरोरुपमा हेर्न सिकाउने छ ।”  

नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले विकसित देशको कार्वन उत्सर्जनले हिमाली क्षेत्रमा असर गरिरहेको सन्दर्भ जोड्दै यसले नयाँ सन्देश दिने विश्वास व्यक्त गरे । उनले बोर्डसमेतले जलवायु, संस्कृति र जीवनलाई जोडेर विषय पस्किने प्रयास गरेको जानकारी दिनुभयो ।

अन्तरराष्ट्रिय प्रतिस्पर्धातर्फको विजेताले रु दुई लाख, दोस्रो, तेस्रोले क्रमशः रु एक लाख ५० र रु एक लाख पुरस्कार पाउनेछन् । नेपाली पनारोमा अन्तरगतको उत्कृष्ट वृत्तचित्रका लागि रु ७५ हजार र उत्कृष्ट फिक्सनका लागि रु एक लाख पुरस्कार दिइने छ । एक हजार डलरको उत्कृष्ट माउन्टेन फिल्म अवार्ड पनि वितरण गरिनेछ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले महाधिवेशन: यी तीन पदाधिकारीले ल्याए सर्वाधिक मत

काठमाडौं। नेकपा (एमाले) को ११ औं महाधिवेशनमा सर्वाधिक मत ल्याएर तीन जना पदाधिकारी निर्वाचित भएको छन् । पहिलो सर्वाधिक मत ल्याएर पृथ्वीसुब्बा गुरुङ निर...

एमाले केन्द्रीय कमिटीको शपथ आज अपराह्न ४ बजे

काठमाडौं । नेकपा एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको शपथ समारोह आज अपराह्न ४ बजे भृकुटीमण्डपस्थित महाधिवेशन हलमा हुने निर्वाचन आयोगले जानकारी दिएको ...

यस्तो बन्यो एमालेको १९ सदस्यीय पदाधिकारी, पोखरेल पक्षका दुई जना मात्रै निर्वाचित

काठमाडौं । एमाले अध्यक्षमा केपी शर्मा ओली तेस्रो पटक निर्वाचित भएका छन्। पदाधिकारीमा पनि ओली पक्षको प्रभुत्व कायम रह्यो। अध्यक्ष केपी शर्म...

एमालेको १९ पदाधिकारीमा महिला १ जना मात्रै

काठमाडौँ । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित १९ पदाधिकारीमध्ये केवल एक जना महिला अटाएकी छिन्। सचिव पदमा अध्यक्ष केपी शर्मा ओलीको प्य...

एमाले उपमहासचिवमा विष्णु रिमाल पराजित

काठमाडौं । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा उपमहासचिव पदमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी भएका छन्। २२ सय २७ खसेको मतमा ल...

एमाले उपमहासचिवमा लेखराज, रघुवीर र योगेश विजयी

काठमाडौं । नेकपा एमालेको उपमहासचिव पदमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी भएका छन्। लेखराज भट्टले १४५२, रघुवीर महासेठले १३६८ र योगेश...

उपाध्यक्षमा सर्वाधिक मत ल्याएर पृथ्वीसुब्बा गुरुङ निर्वाचित

काठमाडौं। नेकपा(एमाले) को ११ औं महाधिवेशनबाट उपाध्यक्षमा पाँच जना निर्वाचित भएको छन् । निर्वाचितमा पृथ्वीसुब्बा गुरुङले सर्वाधिक मत १७३७ मत प्राप्त गर...

एमाले सचिवमा ओलीको प्यानल नै विजयी

काठमाडौं । नेकपा एमालेको सचिव पदमा अध्यक्ष केपी शर्मा ओलीको प्यानलले पूर्ण वर्चश्व कायम गरेको छ। सचिव पदमा सबैभन्दा बढी मत महेश बस्नेतले प्राप्त गर...

ओली लगातार तेस्रो पटक नेकपा एमाले अध्यक्षमा निर्वाचित

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लगातार तेस्रो पटक पार्टी नेतृत्वमा निर्वाचित भएका छन्। ओली बुधबार तेस्रो कार्यकालका लागि निर्वाचित ...

महाकाली पुल र बस्ती बचाउन तटबन्दको काम वर्षायाम अघि नै सम्पन्न गरौं : मन्त्री घिसिङ

कञ्चनपुर। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङले चार लेनको महाकाली पुल र त्यस वरपरको बस्तीलाई बचाउ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending