काठमाडौं । ‘काठमाडौँ इन्टरनेशनल माउन्टेन फिल्म फेस्टिवल’ (किम्फ)को १९औँ संस्करण आजदेखि यहाँ शुरु भएको छ ।
‘जलवायु कर्म’ मुख्य विषयलाई आधार मानेर शुरु फेष्टिवलमा प्रतियोगितात्मकसहित विभिन्न ६३ वटा चलचित्र प्रदर्शन गरिने आयोजक हिमाल एसोसिएसनले जनाएको छ । चलचित्र विकास बोर्डमा आजदेखि शुरु महोत्सव यही २७ गतेसम्म चल्ने छ ।
महोत्सव अन्तरगत नेपाल पानारोमामा १३ वटा फिल्म समावेश गरिएको छ भने अन्तरराष्ट्रिय प्रतिस्पर्धामा ४० वटा चलचित्र समावेश छ । ‘ग्रीन ग्रोथ–ग्रीन रिकभरी’ विषयमा लघु फिल्म तथा ‘कल टु एक्सन’मा टिकटक च्यालेन्ज पनि हुने कार्यक्रममा जानकारी दिइएको थियो । अन्तरराष्ट्रिय प्रतियोगिताबाट उत्कृष्ट तीन र नेपाल पानोरमाबाट उत्कृष्ट वृत्तचित्र र फिक्सन फिल्म छनोट गरिने जनाइएको छ ।
महोत्सवमा समावेश चलचित्रले जलवायु परिवर्तन र यसबाट मानव जीवनमा परेको असर तथा हिमाली जनजीवनमा परेको असरका विषयमा घच्घच्याउन सहयोग पुग्ने दावी आयोजकको छ ।
महोत्सवमा फिक्शन, डकुमेन्ट्री, प्रयोगात्मक, छोटा तथा एनिमेशन गरिएका चलचित्र प्रदर्शन हुने कार्यक्रम संयोजक निसिता थापा मगरले जानकारी दिइन् । यसपाली प्रत्यक्षरुपमा र अनलाइनसमेतबाट महोत्सवमा समावेश चलचित्र हेर्न सकिने छ ।
अमेरिकी चलचित्रकर्मी काइल रुडिकद्वारा निर्देशित चलचित्र ’ड्रिम माउन्टेन’ प्रदर्शन गर्दै किम्फको उद्घाटन गरिएको थियो । प्रमुख वक्ता भारतका पर्यायवरणविद सोनम वाङचुकले मानव जातिका कारण पर्यावरणमा परेको प्रभावप्रति गम्भिरतापूर्वक सोच्ने बेला आएको बताए । उन ले महोत्सवले त्यसलाई उजागर गर्ने आशा व्यक्त गरे ।
महोत्सवअनतरगत ‘क्लाइमेट कर्म’को विषयमा छलफलसमेत गराउने तथा फोटोसम्बन्धी प्रशिक्षणसमेत हुने छ । यस्तै महिनावारीसम्बन्धीसमेत छलफल कार्यक्रम राखिएको लिम्बुले जानकारी दिए ।
फेष्टिवलका एकजना निर्णयक चलचित्रकर्मी अनुप बरालले कतिपय कलाकार यस्तै महोत्सवमार्फत बाहिर आएको उल्लेख गर्दै काठमाडौँ माउन्टेन चलचित्र महोत्सवको छुट्टै महत्व रहेको बताउछन् । “यहाँ सामान्य सिनेमा मात्रै छैन, अदभूत सिनेमा हेर्न पाइन्छ”, उद्घाटनसत्रमा बरालले भने, “यसले आफूभित्र फर्किएर जीवनलाई गहिरोरुपमा हेर्न सिकाउने छ ।”
नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले विकसित देशको कार्वन उत्सर्जनले हिमाली क्षेत्रमा असर गरिरहेको सन्दर्भ जोड्दै यसले नयाँ सन्देश दिने विश्वास व्यक्त गरे । उनले बोर्डसमेतले जलवायु, संस्कृति र जीवनलाई जोडेर विषय पस्किने प्रयास गरेको जानकारी दिनुभयो ।
अन्तरराष्ट्रिय प्रतिस्पर्धातर्फको विजेताले रु दुई लाख, दोस्रो, तेस्रोले क्रमशः रु एक लाख ५० र रु एक लाख पुरस्कार पाउनेछन् । नेपाली पनारोमा अन्तरगतको उत्कृष्ट वृत्तचित्रका लागि रु ७५ हजार र उत्कृष्ट फिक्सनका लागि रु एक लाख पुरस्कार दिइने छ । एक हजार डलरको उत्कृष्ट माउन्टेन फिल्म अवार्ड पनि वितरण गरिनेछ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २० गते, २०८३ - १६:२२
काठमाडौं । प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारले आफ्नो कार्यकालको पहिलो सय दिनमा हासिल भएका उपलब्धि सार्वजनिक गरेको छ। शनिबार प्रधानमन्त्री तथा...
आषाढ़ २० गते, २०८३ - १६:११
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले सार्वजनिक गरेको शासकीय सुधारसम्बन्धी १०० बुँदे का...
आषाढ़ २० गते, २०८३ - १५:५९
मकवानपुर। जनकपुरबाट पोखरातर्फ आउँदै गरेको ना ६ ख ७४५७ को यात्रुवाहक बस दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । हेटौँडा–वीरगन्ज सडक खण्डको हेटौँडा उपमहान...
आषाढ़ २० गते, २०८३ - १५:५२
जनकपुरधाम । मधेश प्रदेशका विभिन्न जिल्लामा प्रहरीले सञ्चालन गरेको लागुऔषध नियन्त्रण अभियान अन्तर्गत २० दिनमा ५८ जना पक्राउ परेका छन् । मधेश प्रदेश प्र...
आषाढ़ २० गते, २०८३ - १५:४२
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार टिकाउ आधारमा नभई ‘चटक’का भरमा बनेको आरोप लगाएका छन्। एमाले...
आषाढ़ २० गते, २०८३ - १५:००
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीविरुद्ध योजनाबद्ध रूपमा कुप्रचार भइरहेको बताएका छन्। पार्टीको बागमती प्रदेश जागरण अभियानल...
आषाढ़ २० गते, २०८३ - १४:४५
काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गुणस्तर मापदण्ड पालना नगरेको भन्दै काठमाडौं महानगरपालिका–२२, न्युरोडस्थित कर्नर पोइन्ट रेस्टुरेन्ट ...
आषाढ़ २० गते, २०८३ - १४:०७
रुपन्देही । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारको सय दिनको कार्यकाल उपलब्धीविहीन रहेको टिप्पणी गरेका छन्। ल...
आषाढ़ २० गते, २०८३ - १३:४५
काठमाडौँ। पछिल्लो २४ घण्टामा दुई हजार जना सवारी चालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । ट्राफिक प्रहरीका अनुसार उक्त कारबाहीबाट राज्यकोषमा २०...
आषाढ़ २० गते, २०८३ - १३:३३
काठमाडौँ। महालेखा नियन्त्रक कार्यालयले सेवानिवृत्त हुने राष्ट्रसेवक कर्मचारीको असार २५ गतेसम्म सुविधाबापतको रकम निकासा गरी भुक्तानी गर्नरगराउनका लागि ...



प्रतिकृया लेख्नुहोस्: