Khabar Dabali १० असार २०८३ बुधबार | 24th June, 2026 Wed
Investment bank

उच्चस्तरको भ्रमण र वैदेशिक लगानीलाई प्राथमिकता दिन्छौँ : प्रस्तावित राजदूतत्रय

खबरडबली संवाददाता

काठमाडौं । भारत, अमेरिका र बेलायतका लागि प्रस्तावित नेपाली राजदूतले मुलुकको राष्ट्रियहित र स्वाधीनतालाई शिरमा राखेर आर्थिक कूटनीतिद्वारा लगानी भित्र्याउन भरमजदुर प्रयास गर्ने बताएका छन् । संसदीय सुनुवाइका क्रममा उनीहरूले नेपालको विकास र समृद्धिका सहयात्री मुलुकसँग बृहद् राष्ट्रिय स्वार्थका आधारमा विश्वास स्थापित गर्न हरसम्भव प्रयत्न गर्ने अठोेट व्यक्त गरेको हो ।

सरकारले भारतका लागि डा शङ्कर शर्मा, बेलायतका लागि ज्ञानचन्द्र आचार्य र अमेरिकाका लागि श्रीधर खत्रीको नाम सिफारिस गरी संसदीय सुनुवाइका लागि पठाएकामा समितिले सर्वसम्मतिबाट तीनै जनाको नाम अनुमोदन गरेको छ ।

समितिसमक्ष आफ्नो अनुभव, योग्यता, क्षमता, अभिरुचि र अवधारणा प्रस्तुत  गर्ने क्रममा उहाँहरुले नियुक्ति भएर जाने तत् देशबाट उच्चस्तरको भ्रमणका लागि विशेष पहल गर्ने, त्यहाँ रहेको नेपालीको हितमा काम गर्ने र लगानी भित्र्याउने विषयलाई प्राथमिकतामा राखेर प्रतिबद्धता जनाए ।

उनीहरूले मुलुकको संविधान र परराष्ट्र नीतिका आधारमा विवेक पु¥याई कर्तव्यनिष्ठ भएर वैदेशिक सहयोग प्रवद्र्धनका लागि जोड दिने बताए ।

यसअघि बैठकमा सदस्यहरूले विदेशमा रहेका नेपालीको ज्ञान, सीप र धन नेपालमा भित्र्याउने  सुझाव दिए । उनीहरुले राजनीतिक प्रक्रिया र कूटनीति संयन्त्रका आधारमा समृद्धि  भित्र्याउन भूमिका खेल्न तथा युवाको सपनालाई साकार तुल्याउने कामका लागि कार्यायोजना बनाएर काम गर्न निर्देशन दिए ।

अघिल्लो सरकारले नियुक्ति गरेका तत्तत् देशका राजदूत फिर्ता बोलाएपछि ती मुलुकमा राजदूत नियुक्तिका लागि सिफारिस भएका तीनैजनाको नाम अनुमोदन भएसँगै नियुुक्तिका लागि बाटो खुलेको छ । सरकारको सिफारिसमा राष्ट्रपतिबाट उनीहरुको नियुक्ति हुनेछ । प्रस्तावित तीनैजना  नेपालको आर्थिक र कूटनीतिक क्षेत्रका हस्तीका रुपमा परिचयन बनाएका व्यक्तित्व छन्।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

भोलि बस्ने प्रतिनिधिसभा बैठक स्थगित, अब शुक्रबार बस्ने

काठमाडौं । भोलि (बिहीबार) का लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित भएको छ । संघीय संसद् सचिवालयले सूचना टाँस गर्दै बैठक स्थगित गरिएको जानकारी गराएको ...

होर्मुज जलमार्ग बन्द हुँदा मालवाहक जहाज समुन्द्रमै अलपत्र

लन्डन। स्ट्रेट अफ होर्मुज जलमार्ग बन्द हुँदा एक हजार २०० भन्दा बढी मालवाहक जहाज १२५ अर्ब अमेरिकी डलरको सामानसहित यस क्षेत्रमा फसेको बेलायती फाइनान्सिय...

क्रियाशील सदस्यता वितरणका लागि कांग्रेसले ७७ जिल्लामा खटायो प्रतिनिधि (सूचीसहित)

काठमाडौँ। नेपाली कांग्रेस सदस्यता व्यवस्थापन केन्द्रीय समितिको निर्णय अनुसार पार्टीको १५ औँ महाधिवेशनका लागि सञ्चालन गरिएको क्रियाशील सदस्यता वितरण अभ...

रास्वपा महाधिवेशन: मतदान सुरु हुन अझै केही घण्टा लाग्ने

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री कवीन्द्र बुर्लाकोटीले जारी महाधिवेशनमा मतदान सुरु हुन अझै दुई–तीन घण्टा लाग्न सक्ने बताएका...

रास्वपाको महाधिवेशन लम्बिँदा खर्च बढ्यो, व्यवस्थापनमा दबाब

काठमाडौँ । भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशन समयमै सम्पन्न हुने अपेक्षा गरिए पनि कार्यतालिकाअनुसार काम सुरु नहुँदा...

तीन महिनामा एक लाख ८१ हजार नयाँ मतदाता थपिए

काठमाडौँ। स्थानीय तह निर्वाचनको पूर्वतयारी थालेको निर्वाचन आयोगले बितेका तीन महिनामा एक लाख ८१ हजार  ३६७नयाँ मतदाता थपिएका बताएको छ । पछिल्लो प्रति...

नेपाल प्रहरीको तलब प्रणालीमा परिवर्तन, अब १५ दिनमै तलब

काठमाडौं । नेपाल प्रहरीले अब आफ्ना कर्मचारीलाई मासिक होइन, अर्धमासिक रूपमा १५/१५ दिनमा तलब दिने व्यवस्था लागू गर्ने भएको छ । प्रहरी प्रधान कार्यालय...

रास्वपा महाधिवेशनमा मतदान प्रक्रिया थप लम्बिने, उम्मेदवार सूची अझै सार्वजनिक भएन

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी महाधिवेशनअन्तर्गत निर्वाचन प्रक्रिया थप लम्बिने संकेत देखिएको छ। विद्युतीय मतदानका लागि आवश्यक उम...

अघोरी तान्त्रिक बन्न मध्यराति श्यामसानघाटमा अर्धनग्न भएर बस्ने चारजना पक्राउ

विराटनगर। मोरङ प्रहरीले अघोरी तान्त्रिक बन्ने सिद्धि प्राप्त गर्ने नाममा श्मशानघाटमा मध्यराति धामी बसेर होहल्ला गर्ने चार जनालाई पक्राउ गरेको छ। प्...

महाधिवेशन जारी रहँदा प्रधानमन्त्री शाह काठमाडौं फर्किए, प्रयोग गरेनन् भीआईपी कक्ष

काठमाडौं । चितवनको भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० को प्रथम महाधिवेशन नसकिँदै प्रधानमन्त्री तथा पार्टीका वरिष्ठ नेता बालेन शाह काठम...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending