याङ्गुन । म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ्साङ् सुकीलाई म्यानमारको सैनिक सरकारले चार वर्ष जेल सजाय गराइने भएको छ । सैनिक सरकारको आदेश अवज्ञा गरेको, आन्दोलन र हिंसा भड्काउन मुख्य भूमिका खेलेको र कोरोनाभाइरस विरुद्धको नियमहरु उलंघन गरेको आरोपमा उहाँलाई चार वर्षे जेल सजाय गर्न लागिएको हो ।
सुकीसँगै पूर्व राष्ट्रपति विन मिन्तलाई पनि चार वर्षे जेल सजाय तोकिएको हो । दुवै जनालाई एउटै आरोप लगाइएको छ । नोबेल पुरस्कार विजेता ७६ बर्षिय नेतृ सुकीलाई म्यानमारको सैनिकले सत्ता कब्जा गरेसँगै आफ्नै निवासमा नजरबन्दमा राखेको छ । उनलाई कारागार चलान गर्नु पर्ने फैसला सोमबार गरिएको भएपनि नजरबन्दबाट कारागार कहिले लैजान्छ भन्ने यकिन भने नभएको समाचारमा जनाइएको छ ।
कतिपयले नजरबन्दबाट कारागार लैजानकै लागि सैनिक सरकारले अनावश्यक मुद्धा लगाएर दोषी देखाएको आरोप पनि लगाएका छन् । नेतृ सुकीलाई यो बाहेक अर्थिक अनियमितता गरेको, शक्ति र श्रोत साधनको दुरुपयोग गरेको लगायतका दर्जनौ मुद्धा सैनिक सरकारले लगाएको छ । ती मुद्धाहरुमा दोषी ठहर भएमा उहाँलाई आजिवन जेल सजाय हुनेछ । ती मुद्धाहरुमा अहिले सुनुवाई भइरहेको छ ।
तर सुकी र उहाँका समर्थकहरुले भने राजनीतिक पुर्वाग्रहका आधारमा सरकारले झुटा आरोप र मुद्धाहरु लगाएको दाबी गरेका छन् । निर्वाचित सरकार र संसदलाई समेत विघटन गरिएको घोषणा गर्दै सैनिक नेतृत्वले गत फेब्रुअरी १ मा सत्ता हातमा लिएको हो । सैनिक नेतृत्वले सत्ता कब्जा गरेपछि म्यानमारमा लामो समय आन्दोलन भएको थियो । आन्दोलनका क्रममा १३ सयभन्दा बढीको मृत्यु भएको थियो भने अरु कैयौ घाइते भएका थिए । त्यसैगरी आन्दोलनमा सहभागी भएका मध्ये हजारौँलाई प्रहरीले गिरफ्तार गरेको छ ।
तत्कालिन नवगठित संसदको निर्वाचनमा धाँधली भएको भन्दै असन्तुष्ट गरेको सेनाले फेरि निर्वाचन गराउने र निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्ने दावी गरेको छ । तर अहिलेसम्म निर्वाचनका लागि ठोस कार्य भएको देखिएको छैन भने निर्वाचन हुने वातावरण पनि बन्न सकेको छैन । सैनिकले निर्वाचित सरकार र संसदलाई विघटन गरी आफू खुशी सत्ता हातमा लिएपछि विश्वभरीबाट विरोध भएको छ भने कतिपयले सहकार्य र सहयोग पनि रोकेका छन् ।एएफपी
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १० गते, २०८३ - १५:००
काठमाडौं । भोलि (बिहीबार) का लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित भएको छ । संघीय संसद् सचिवालयले सूचना टाँस गर्दै बैठक स्थगित गरिएको जानकारी गराएको ...
आषाढ़ १० गते, २०८३ - १४:४७
लन्डन। स्ट्रेट अफ होर्मुज जलमार्ग बन्द हुँदा एक हजार २०० भन्दा बढी मालवाहक जहाज १२५ अर्ब अमेरिकी डलरको सामानसहित यस क्षेत्रमा फसेको बेलायती फाइनान्सिय...
आषाढ़ १० गते, २०८३ - १४:२७
काठमाडौँ। नेपाली कांग्रेस सदस्यता व्यवस्थापन केन्द्रीय समितिको निर्णय अनुसार पार्टीको १५ औँ महाधिवेशनका लागि सञ्चालन गरिएको क्रियाशील सदस्यता वितरण अभ...
आषाढ़ १० गते, २०८३ - १४:२२
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री कवीन्द्र बुर्लाकोटीले जारी महाधिवेशनमा मतदान सुरु हुन अझै दुई–तीन घण्टा लाग्न सक्ने बताएका...
आषाढ़ १० गते, २०८३ - १३:४६
काठमाडौँ । भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशन समयमै सम्पन्न हुने अपेक्षा गरिए पनि कार्यतालिकाअनुसार काम सुरु नहुँदा...
आषाढ़ १० गते, २०८३ - १३:३१
काठमाडौँ। स्थानीय तह निर्वाचनको पूर्वतयारी थालेको निर्वाचन आयोगले बितेका तीन महिनामा एक लाख ८१ हजार ३६७नयाँ मतदाता थपिएका बताएको छ । पछिल्लो प्रति...
आषाढ़ १० गते, २०८३ - १३:१६
काठमाडौं । नेपाल प्रहरीले अब आफ्ना कर्मचारीलाई मासिक होइन, अर्धमासिक रूपमा १५/१५ दिनमा तलब दिने व्यवस्था लागू गर्ने भएको छ । प्रहरी प्रधान कार्यालय...
आषाढ़ १० गते, २०८३ - १२:५९
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी महाधिवेशनअन्तर्गत निर्वाचन प्रक्रिया थप लम्बिने संकेत देखिएको छ। विद्युतीय मतदानका लागि आवश्यक उम...
आषाढ़ १० गते, २०८३ - १२:४१
विराटनगर। मोरङ प्रहरीले अघोरी तान्त्रिक बन्ने सिद्धि प्राप्त गर्ने नाममा श्मशानघाटमा मध्यराति धामी बसेर होहल्ला गर्ने चार जनालाई पक्राउ गरेको छ। प्...
आषाढ़ १० गते, २०८३ - १२:१८
काठमाडौं । चितवनको भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० को प्रथम महाधिवेशन नसकिँदै प्रधानमन्त्री तथा पार्टीका वरिष्ठ नेता बालेन शाह काठम...



प्रतिकृया लेख्नुहोस्: