Ntc summer Offer
Khabar Dabali २७ बैशाख २०८१ बिहीबार | 9th May, 2024 Thu
NIMB

विद्युतीय मतदान प्रक्रियाप्रति मतदाता परिचित नहुँदा मतदान सकिन मध्यरातसम्म लाग्ने

खबरडबली संवाददाता

काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को नयाँ नेतृत्व चयनका लागि भृकुटीमण्डपमा अहिले मतदान जारी रहेको छ ।  १९९ सदस्यीय नयाँ कार्यसमितिका लागि मतदान भैरहेको हो । विद्युतीय मतदान प्रक्रियाबाट मतदान गर्र्न झन्नै एक जनालाई २० मिनेट लागेको जनाइएको छ ।  विद्युतीय मतदान प्रक्रियाप्रति मतदाता राम्रो सँग  परिचित नभएको हुनाले आवश्यक समय भन्दा धेरै लागेको हो । जसले गर्दा निर्धारण गरिएको समय साँझ ५ बजे मतदान नसक्ने भएपछि रातिसम्म समय थप गरी प्रक्रिया टुङ्ग्याउने व्यवस्था भएको छ ।

भृकुटीमण्डपमा जारी महाधिवेशनअन्तर्गत अध्यक्ष पदको निर्वाचनमा मतपत्र प्रयोग गरिएकाले छिटो र छरितो मतदान भएको छ । नयाँ कार्यसमितिका लागि २६६ उम्मेदवारले उम्मेदवारी दिएका छन् । अध्यक्ष, चार उपाध्यक्ष, तीन महामन्त्री गरी आठ पदाधिकारीसहित केन्द्रीय सदस्यका लागि निर्वाचन गरिएको छ । मतदान केन्द्रमा मतदातालाई मतदान गर्नु अगाडि विद्युतीय मतदानका प्रक्रिया तथा विधि प्रयोग गरी सिकाइएको छ । 

अर्का नेता ध्रुवबहादुर प्रधानले निर्वाचनका लागि ८६ विद्युतीय यन्त्रको व्यवस्था गरिएको भए पनि त्यसको प्रयोगमा समय लागेकाले मतदातालाई केही समस्या भएको जानकारी दिए । यसपटक अध्यक्षमा कमल थापा र राजेन्द्र लिङ्देनको उम्मेदवारी दिएसँगै नेतृत्वका लागि कडा प्रतिस्पर्धा देखिएको छ । पार्टी अध्यक्ष डा प्रकाशचन्द्र लोहनीका साथमा अध्यक्ष पदका प्रत्यासी लिङ्देनले मतदान गरिसकेका छन् । अर्का प्रत्यासी थापाले मतदान गर्न बाँकी छ ।

करिब दुई वर्ष अगाडि राप्रपा र राप्रपा (संयुक्त)को एकतापछि पहिलोपटक भएको अधिवेशनमा उपाध्यक्ष र महामन्त्रीमा कम्तीमा एक महिला निर्वाचित गर्ने व्यवस्था गरिएको छ । चार उपाध्यक्ष, तीन महामन्त्रीका साथै अन्य केही पदाधिकारी नयाँ कार्यसमितिले मनोनित गर्ने व्यवस्था छ । पार्टीका नेता तथा कार्यकर्ताले अन्तिम समयसम्म पनि लामबद्ध मतदातालाई आफ्नो पक्षमा मतदानका लागि आग्रह गरेका छन् । 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies