Khabar Dabali ३१ बैशाख २०८३ बिहीबार | 14th May, 2026 Thu
Investment bank

सरकारकाे नीति अझै अलपत्र, टरेन पानी बोक्नुपर्ने बाध्यता

खबरडबली संवाददाता

पाल्पा । पाल्पाको रैनादेवी छहरा गाउँपालिका-५ मुझुङ्गका टोड्केमा अझै खानेपानी बोकेर ल्याउनुपर्ने बाध्यता हटेको छैन । सरकारले ‘एक घर, एक धारा’ जडानको नीति लिए पनि आर्थिकरूपले विपन्न समुदाय सो पहुँचबाट बाहिरै रहनुपर्ने बाध्यता छ । 

सोही स्थानमा तीन घर रहे पनि अहिले एक घरमा मात्र बसोबास छ । पानीकै अभाव दुई घर अन्यत्र बसोबास गर्न थालेपछि गाउँमा सन्तानविहीन वृद्ध दम्पतीले पानीकै निम्ति सास्ती खेपेका छन् ।

सङ्घीय, प्रदेश र स्थानीय सरकार रहे पनि गरिब दिनदुःखीले आधारभूत आवश्यकता पूरा गर्न सरकार चुकेका छन् । नजिकको सरकार वा सिंहदरबारको अधिकारको गाउँगाउँमा भनिए पनि गरिब नागरिकले आधारभूत समस्या खेपेका छन् । 

वास्तविक गरिब पहिचान गरी सरकारले गरिब उत्थान कार्यक्रम ल्याए पनि वृद्ध परिवार भने समस्याबाट मुक्त हुनसकेका छैनन् ।

पाल्पाको हार्थोक छहरा सडकखण्डअन्तर्गत पर्ने यो क्षेत्र चारतिर जङ्गलले घेरिएको छ । नजिकै बस्ती छैन, त्यही एक्लो घरमा बसोबास गर्ने यी ७२ वर्षीय रामबहादुर खड्का र उहाँकी श्रीमती सीताको पनि उमेर ७० नाघिसक्यो । 

तर दिनरात पानीका निम्ति जङ्गलको बीच भागमा रहेको कुँवा धाउनुपर्ने अवस्था हटेको छैन, कहिले आफन्तहरूको घरमा पानी माग्न पुग्नुपर्ने बाध्यता टरेको छैन ।

सवारी सञ्चालन नहुँदा टोडकेमा पानी पिउन पैदलयात्रु त्यो घरमा पस्ने गर्थेँ । रामबहादुर र सीताले घण्टौँ समय बिताएर डोकोमा पानी बोकेर घरमा ल्याउने गर्थेँ । त्यही पनि पैदलयात्रुलाई मागे जति दिन पाउँदा खुशी हुन्थे । 

तर पहिलाका पानीका दाता अहिले यी जोडीलाई पानीको व्यवस्थापनको पिरलोले सुताइरहेको छ । ‘एक घर, एक धारा’को नारा पनि यी वृद्ध दम्पतीका निम्ति कार्यान्वयनमा आउन सकेको छैन । श्रीमान् बिरामी छन् । छोरीहरूका विवाह गरी घर गएपछि जङ्गलको बीच भागबाट पानी बोकेर ल्याउनुपर्ने बाध्यता छ । 

सीताले भनिन्, ‘श्रीमान् रामबहादुरको कम्मर निकै दुख्छ, रिङ्गटा लाग्छ । उनले केही काम गर्न नसक्ने भएका छन् । बुढेसकालमा पानी बोकेर खान सक्ने स्थिति नै छैन । त्यसैले मैले जसोतसो गरी पानीको बोकेर ल्याउँछु, उकालो आरालो गर्न समस्या भए पनि पानीबिना बाँच्न नै गाह्रो रहेछ ।’

आम्दानीका नाममा रामबहादुरको सामाजिक सुरक्षा भत्ता मात्र हो । सन्तानका नाममा तीन छोरी रहे पनि उनीहरूका विवाह गरी घरजम गरिसकेकाले माइती कमै पाइला टेक्छन् । खड्कालाई पानीजस्तै, साँझ बिहान गाँसको पनि समस्या हुँदै गएको छ । 

हातीढुङ्गाको पानी लिफ्टमार्फत तानेर घर नजिकै टयाङ्की निर्माण गर्न गाउँलेलाई सल्लाह दिएको तर गाउँले कुरा नसुनेपछि रामबहादुर चिन्तित छन् । त्यो पानी ठूलो पोखरामा आउँछन् भन्छन्, “खड्काको घर डाडाँमा रहेकाले लिफ्टमार्फत तानेको पानी ल्याउनसमेत समस्या रहेको बताए। 

‘पाँच भाइमध्ये चार भाइ पानीकै अभावमा सहर पलायन भएका छन् । लाखौँ खर्चिएर बनाइएका घरहरू छाडेर अन्यत्र बसोबास गर्न बाध्य भएका हुन् । सहरमा भाडा तिर्नुपर्ने आफ्नै घरचाहिँ भत्किएका र जङ्गलले घरिएका छन् । जग्गाजमिन प्रशस्त रहे पनि सिँचाइको सुविधा छैन । उत्पादित अन्नबाली बाँदर, मृगलगायत वन्यजन्तुबाट जोगाउन समस्या रहेको छ’ रामबहादुरको गुनासो छ । 

बाँदरको समस्याले पाँच वर्षदेखि मकै बाली उत्पादन गर्न छाडिएको छ । बारीमा वन्यजन्तुको समस्याले अम्रिसो रोपिएको छ । अम्रिसोबाट कुचो र घाँस दुवै हुन्छ । त्यसैले आम्दानी निम्ति भैँसीपालन गरिए पनि घाँस काट्न जाँदा चितुवाको समस्या रहेको सीता खड्काको गुनासो छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending