Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

महिलाहिंसा : भ्रुणदेखि घाटसम्म

खबरडबली संवाददाता

काठमाडौँ । काठमाडौँको बबरमहलस्थित नेपालकला परिषद्मा बाल चित्रकार काठमाडौँकी सुप्रिया पाण्डेको पहिलो एकल चित्रकला प्रदर्शनीको चित्र नं ३ झट्ट आँखा पुग्ने जो कोहीलाई एकछिन् टक्क अड्याउने खालको छ । 

चित्रको मुनी लेखिएको छ, “अनुचित भ्रूण परीक्षण पश्चात अनावश्यक चीज ९पीप जस्तै मानेर० खिलसहित निकाल्ने पापको पराकाष्ठा ।” क्यान्भासमा गर्भभित्रै कैँचि चलाइएको मार्मिक दृष्यले एक पटक मानसपटल गुजुल्टिन्छ । त्यहाँबाट बगिरहेको रगतका धाराले समाजलाई गिज््याइरहेको भान हुन्छ । 

कानुनमा जतिसुकै समानताको कुरा लेखिए पनि र राज्यका निकायले बोलिरहे पनि व्यवहारतः छोरी भएकै कारण भु्रणबाटै महिलाको अस्तित्व समाप्त पार्ने अपराधका बग्रेल्ती उदाहरण समाजमा छन् । त्यो भूणदेखि सुुरु भएको हिंसाको शृङ्खला मृत्यु घाटसम्म कायम रहन्छ । यही नै उनको चित्रकलाको मार्मिक पक्ष हो र ती चित्रमार्फत मानिसमा चेत भर्ने प्रयास गरिएको छ । 

महिलाहिंसाविरुद्धको १६ दिने अभियान चलिरहेका बेला चित्रकार पाण्डेले एक पटक समाजलाई बिउँझाउने खालको सिर्जना क्यान्भासमा उनेर त्यही समाजलाई देखाएको हो । सोह्र वर्षीया पाण्डेले ३० चित्रमा भु्रणदेखि घाटसम्म हुने अनेकनहिंसालाई चित्रात्मक रुपमा देखाउँदै छिन्। पुख्र्यौँली घर गुल्मी भई हाल काठमाडौँ महानगरपालिका– १५ छाउनी बस्ने उनी हाल विज्ञान विषय लिएर कक्षा ११ मा पढ्दै छिन् । कथा, कवितामा समेत उनको रुचि छ । 

आजदेखि सुरु भई तीन दिनसम्म चल्ने प्रदर्शनीमा पाण्डेले भपिन्, “पेटदेखि मृत्युघाटसम्म कुनकुन अवस्थामा महिलामाथि हिंसा हुन्छन् भन्ने कुरा देखाएकी छु, समाजमा समानताका कुरा उठ्न थाले पनि महिला एक तह पछाडी नै छन्, भन्ने गलत सोच अझै जरामा छ, कलामार्फत सोचमा परिवर्तन गराउने मेरो सानो प्रयास हो ।”

महिलालाई घरको चार भित्तामै सीमित राख्ने अवस्थालाई सिर्जनामार्फत मानिसलाई महसुस गराई सोचमा परिवर्तन होस् भन्ने चाहनाका साथ प्रदर्शन गरिएको हो । यति सिर्जनामा उहाँको दुई वर्षको मेहनत छ । यद्यपि कोभिडका कारण केही ढिला गरी प्रदर्शन गरिएको हो । 

हजारौँ बेदना र आक्रोश मिश्रित आँसुले चित्र सिर्जनाको औचित्य पुष्टि गरिरहेको छ । मुहारमा मात्रै होइन शब्द, स्पर्श, रस, गन्ध, वुद्धि, मन र वृत्तिमा नै घुम्टो ओढ्न विवस ति महिलाका कथा र बेथा क्यान्भासमा रङले दुरुस्त भरिएको छ । विवाह गरेपछि महिलाका रहर, इच्छा, स्वतन्त्रता, निर्णय र अधिकारमाथिको नियन्त्रण समाजमा यत्रतत्र देखिइँदै आएकामा उहाँले कलामार्फत चिरफार गर्नुभएको छ । दिमागमा छोरा र पेटमा छोरी हुँदाको भयानक परिणामलाई सहज संयोजनकासाथ क्यान्भास भर्नुभएको छ । उहाँले लिङ्गपिच्छेको फरक मृत्युलाई अमूर्तकलामार्फत देखाउँदै समाजलाई सचेत बनाउन खोज्नुभएको छ ।

आफ्नो अँश्रुधारा थापेर जीवनको तीर्खा मेट्न विवस महिलाका वेदना पनि चित्रमार्फत सुन्दर रुपमा प्रस्तुत गरिएको छ । कलाकार रसना बज्राचार्य उहाँका चित्र आफैँ बोलिरहेको बताउनुहुन्छ । “दर्शनशास्त्रमा महिलालाई देवीका रुपमा हेरिने गरिन्छ, तर समाजले कसरी हेरिरहेको छ, सुप्रियाको सिर्जनामा स्पष्ट छ”, बज्राचार्यले थप्नुभयो । सुन्दर संयोजनले उहाँको कलामा निखारपन छ । 

नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानका कूलपति कान्छाकुमार कर्माचार्य समसामयिक र जल्दोबल्दो विषय रहेकाले उनको एकल चित्रकला प्रदर्शनीको उच्च महत्व रहेको स्मरण गर्छन्। उनले कलिलै उमेरमा सुप्रियाले भाव, विषय र कलायुक्त कृति समेटेको बताइन् । 

कोरोनाका कारण हजारौंले ज्यान गुमाए तर त्यसले सुप्रिया जस्ता कलाकारका सिर्जना फुलाउने कामसमेत गरेको उहाँले उल्लेख गरिन् । “देवीका रुपमा नारीलाई सम्झने गरिए पनि व्यवहारमा फरक रहेको र त्यही पीडा उनका ३० सिर्जनामा स्पष्ट छ”, उनले भनिन् ।

आर्टलाई घण्टौं लगाएर साधान गर्न सक्ने क्षमता सुप्रियामा रहेको उल्लेख गर्दै बुबा डा रविन्द्र समिर सुझावात्मक भनाइका साथ भन्छन्, “अभिभावकले बालबालिकासँग दिनको आधा घण्टा समय दिनसक्यो भने पनि उनीहरुलाई समाज बुझ्न र सिर्जना तिखारिन सहयोग गर्छ, हामीले त्यो वातावरण दिने प्रयास गरिएको मात्रै हो ।” प्रदर्शनीका आयोजक टिम निपोका अध्यक्ष डा निगम पौडेल यस क्षेत्रकै सम्भावना बोकेकी कलाकारका रुपमा आफुले पाण्डेलाई बुझेको बताउए  ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कांग्रेस उम्मेदवारलाई विजयी गराउन ३४ देशका जनसम्पर्क समितिको संयुक्त अपिल

काठमाडौं, नेपाली कांग्रेसका ३४ देशमा रहेका जनसम्पर्क समितिले उपनिर्वाचनमा कांग्रेस उम्मेदवारको पक्षमा मतदान गर्न अपिल गरेका छन्। संयुक्त प्रेस विज्ञप्...

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन् । विहिबार बसेको प्रदेश सभाको बैठकमा मुख्यमन्त्री कँडेलले विश्वासको मत पा...

जसपाले शुक्रबार बोलायो केन्द्रीय समितिको बैठक

काठमाडौ । जनता समाजवादी पार्टी, (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान गरेको छ । भोलि शुक्रबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्...

विद्यार्थी घट्दै गएपछि विद्यालय समायोजन गर्दै पालिका

धुलिखेल । नयाँ शैक्षिकसत्रका लागि भर्ना र पठनपाठन सुरु भएसँगै विद्यार्थी सङ्ख्यामा कमी आएपछि काभ्रेका स्थानीय तहले भूगोलका हिसाबले नजिकका विद्यालय समा...

युवती भगाएको विषयमा धनुषाको पौडेसर तनावग्रस्त, ७ सेल अश्रुग्यास प्रहार

धनुषा ।धनुषाको औरही गाउँपालिकाको पौडेसर तनावग्रस्त भएको छ ।   प्रहरीका अनुसार करिब दुई साता अघि दुई जना युवकले दुई जना युवती भगाएर लगेको विषयमा अहि...

मोदी र गान्धीले आचारसंहिता उल्लङ्घन गरेको भन्दै निर्वाचन आयोगले जारी गर्याे नोटिस

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र कांग्रेस नेता राहुल गान्धीको भाषणलाई लिएर निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घन गरेको आरोपमा नोटिस जारी ...

कर्णालीका मुख्यमन्त्री कँडेललाई कांग्रेसले विश्वासको मत नदिने

सुर्खेत । नेपाली कांगे्रसले कर्णालीका मुख्यमन्त्री यामलाल कँडेललाई विश्वासको मत नदिने भएको छ । कांग्रेस संसदीय दलका प्रमुख सचेतक हिक्मत विष्टले संसद्म...

इन्द्रावतीको पानीः ५५ सय परिवारको जिन्दगानी

काभ्रेपलाञ्चोक । खानेपानीको चरम अभाव झेलिरहेको मण्डनदेउपुर नगरको घरघरमा अबको केही महिनाभित्र इन्द्रावती नदीको पानी पुर्याइँदैछ । करिब दुई दशकअघि ‘अविर...

क्यानडा पठाईदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा देखाई विभिन्न देश पठाईदिन्छु भनी ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।   पक्राउ ...

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नपर्छः राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्नेमा जोड दिएको छन् । प्राकृतिक स्रोतमा धनी ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies