Khabar Dabali १० असार २०८३ बुधबार | 24th June, 2026 Wed
Investment bank

महिलाहिंसा : भ्रुणदेखि घाटसम्म

खबरडबली संवाददाता

काठमाडौँ । काठमाडौँको बबरमहलस्थित नेपालकला परिषद्मा बाल चित्रकार काठमाडौँकी सुप्रिया पाण्डेको पहिलो एकल चित्रकला प्रदर्शनीको चित्र नं ३ झट्ट आँखा पुग्ने जो कोहीलाई एकछिन् टक्क अड्याउने खालको छ । 

चित्रको मुनी लेखिएको छ, “अनुचित भ्रूण परीक्षण पश्चात अनावश्यक चीज ९पीप जस्तै मानेर० खिलसहित निकाल्ने पापको पराकाष्ठा ।” क्यान्भासमा गर्भभित्रै कैँचि चलाइएको मार्मिक दृष्यले एक पटक मानसपटल गुजुल्टिन्छ । त्यहाँबाट बगिरहेको रगतका धाराले समाजलाई गिज््याइरहेको भान हुन्छ । 

कानुनमा जतिसुकै समानताको कुरा लेखिए पनि र राज्यका निकायले बोलिरहे पनि व्यवहारतः छोरी भएकै कारण भु्रणबाटै महिलाको अस्तित्व समाप्त पार्ने अपराधका बग्रेल्ती उदाहरण समाजमा छन् । त्यो भूणदेखि सुुरु भएको हिंसाको शृङ्खला मृत्यु घाटसम्म कायम रहन्छ । यही नै उनको चित्रकलाको मार्मिक पक्ष हो र ती चित्रमार्फत मानिसमा चेत भर्ने प्रयास गरिएको छ । 

महिलाहिंसाविरुद्धको १६ दिने अभियान चलिरहेका बेला चित्रकार पाण्डेले एक पटक समाजलाई बिउँझाउने खालको सिर्जना क्यान्भासमा उनेर त्यही समाजलाई देखाएको हो । सोह्र वर्षीया पाण्डेले ३० चित्रमा भु्रणदेखि घाटसम्म हुने अनेकनहिंसालाई चित्रात्मक रुपमा देखाउँदै छिन्। पुख्र्यौँली घर गुल्मी भई हाल काठमाडौँ महानगरपालिका– १५ छाउनी बस्ने उनी हाल विज्ञान विषय लिएर कक्षा ११ मा पढ्दै छिन् । कथा, कवितामा समेत उनको रुचि छ । 

आजदेखि सुरु भई तीन दिनसम्म चल्ने प्रदर्शनीमा पाण्डेले भपिन्, “पेटदेखि मृत्युघाटसम्म कुनकुन अवस्थामा महिलामाथि हिंसा हुन्छन् भन्ने कुरा देखाएकी छु, समाजमा समानताका कुरा उठ्न थाले पनि महिला एक तह पछाडी नै छन्, भन्ने गलत सोच अझै जरामा छ, कलामार्फत सोचमा परिवर्तन गराउने मेरो सानो प्रयास हो ।”

महिलालाई घरको चार भित्तामै सीमित राख्ने अवस्थालाई सिर्जनामार्फत मानिसलाई महसुस गराई सोचमा परिवर्तन होस् भन्ने चाहनाका साथ प्रदर्शन गरिएको हो । यति सिर्जनामा उहाँको दुई वर्षको मेहनत छ । यद्यपि कोभिडका कारण केही ढिला गरी प्रदर्शन गरिएको हो । 

हजारौँ बेदना र आक्रोश मिश्रित आँसुले चित्र सिर्जनाको औचित्य पुष्टि गरिरहेको छ । मुहारमा मात्रै होइन शब्द, स्पर्श, रस, गन्ध, वुद्धि, मन र वृत्तिमा नै घुम्टो ओढ्न विवस ति महिलाका कथा र बेथा क्यान्भासमा रङले दुरुस्त भरिएको छ । विवाह गरेपछि महिलाका रहर, इच्छा, स्वतन्त्रता, निर्णय र अधिकारमाथिको नियन्त्रण समाजमा यत्रतत्र देखिइँदै आएकामा उहाँले कलामार्फत चिरफार गर्नुभएको छ । दिमागमा छोरा र पेटमा छोरी हुँदाको भयानक परिणामलाई सहज संयोजनकासाथ क्यान्भास भर्नुभएको छ । उहाँले लिङ्गपिच्छेको फरक मृत्युलाई अमूर्तकलामार्फत देखाउँदै समाजलाई सचेत बनाउन खोज्नुभएको छ ।

आफ्नो अँश्रुधारा थापेर जीवनको तीर्खा मेट्न विवस महिलाका वेदना पनि चित्रमार्फत सुन्दर रुपमा प्रस्तुत गरिएको छ । कलाकार रसना बज्राचार्य उहाँका चित्र आफैँ बोलिरहेको बताउनुहुन्छ । “दर्शनशास्त्रमा महिलालाई देवीका रुपमा हेरिने गरिन्छ, तर समाजले कसरी हेरिरहेको छ, सुप्रियाको सिर्जनामा स्पष्ट छ”, बज्राचार्यले थप्नुभयो । सुन्दर संयोजनले उहाँको कलामा निखारपन छ । 

नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानका कूलपति कान्छाकुमार कर्माचार्य समसामयिक र जल्दोबल्दो विषय रहेकाले उनको एकल चित्रकला प्रदर्शनीको उच्च महत्व रहेको स्मरण गर्छन्। उनले कलिलै उमेरमा सुप्रियाले भाव, विषय र कलायुक्त कृति समेटेको बताइन् । 

कोरोनाका कारण हजारौंले ज्यान गुमाए तर त्यसले सुप्रिया जस्ता कलाकारका सिर्जना फुलाउने कामसमेत गरेको उहाँले उल्लेख गरिन् । “देवीका रुपमा नारीलाई सम्झने गरिए पनि व्यवहारमा फरक रहेको र त्यही पीडा उनका ३० सिर्जनामा स्पष्ट छ”, उनले भनिन् ।

आर्टलाई घण्टौं लगाएर साधान गर्न सक्ने क्षमता सुप्रियामा रहेको उल्लेख गर्दै बुबा डा रविन्द्र समिर सुझावात्मक भनाइका साथ भन्छन्, “अभिभावकले बालबालिकासँग दिनको आधा घण्टा समय दिनसक्यो भने पनि उनीहरुलाई समाज बुझ्न र सिर्जना तिखारिन सहयोग गर्छ, हामीले त्यो वातावरण दिने प्रयास गरिएको मात्रै हो ।” प्रदर्शनीका आयोजक टिम निपोका अध्यक्ष डा निगम पौडेल यस क्षेत्रकै सम्भावना बोकेकी कलाकारका रुपमा आफुले पाण्डेलाई बुझेको बताउए  ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

भोलि बस्ने प्रतिनिधिसभा बैठक स्थगित, अब शुक्रबार बस्ने

काठमाडौं । भोलि (बिहीबार) का लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित भएको छ । संघीय संसद् सचिवालयले सूचना टाँस गर्दै बैठक स्थगित गरिएको जानकारी गराएको ...

होर्मुज जलमार्ग बन्द हुँदा मालवाहक जहाज समुन्द्रमै अलपत्र

लन्डन। स्ट्रेट अफ होर्मुज जलमार्ग बन्द हुँदा एक हजार २०० भन्दा बढी मालवाहक जहाज १२५ अर्ब अमेरिकी डलरको सामानसहित यस क्षेत्रमा फसेको बेलायती फाइनान्सिय...

क्रियाशील सदस्यता वितरणका लागि कांग्रेसले ७७ जिल्लामा खटायो प्रतिनिधि (सूचीसहित)

काठमाडौँ। नेपाली कांग्रेस सदस्यता व्यवस्थापन केन्द्रीय समितिको निर्णय अनुसार पार्टीको १५ औँ महाधिवेशनका लागि सञ्चालन गरिएको क्रियाशील सदस्यता वितरण अभ...

रास्वपा महाधिवेशन: मतदान सुरु हुन अझै केही घण्टा लाग्ने

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री कवीन्द्र बुर्लाकोटीले जारी महाधिवेशनमा मतदान सुरु हुन अझै दुई–तीन घण्टा लाग्न सक्ने बताएका...

रास्वपाको महाधिवेशन लम्बिँदा खर्च बढ्यो, व्यवस्थापनमा दबाब

काठमाडौँ । भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशन समयमै सम्पन्न हुने अपेक्षा गरिए पनि कार्यतालिकाअनुसार काम सुरु नहुँदा...

तीन महिनामा एक लाख ८१ हजार नयाँ मतदाता थपिए

काठमाडौँ। स्थानीय तह निर्वाचनको पूर्वतयारी थालेको निर्वाचन आयोगले बितेका तीन महिनामा एक लाख ८१ हजार  ३६७नयाँ मतदाता थपिएका बताएको छ । पछिल्लो प्रति...

नेपाल प्रहरीको तलब प्रणालीमा परिवर्तन, अब १५ दिनमै तलब

काठमाडौं । नेपाल प्रहरीले अब आफ्ना कर्मचारीलाई मासिक होइन, अर्धमासिक रूपमा १५/१५ दिनमा तलब दिने व्यवस्था लागू गर्ने भएको छ । प्रहरी प्रधान कार्यालय...

रास्वपा महाधिवेशनमा मतदान प्रक्रिया थप लम्बिने, उम्मेदवार सूची अझै सार्वजनिक भएन

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी महाधिवेशनअन्तर्गत निर्वाचन प्रक्रिया थप लम्बिने संकेत देखिएको छ। विद्युतीय मतदानका लागि आवश्यक उम...

अघोरी तान्त्रिक बन्न मध्यराति श्यामसानघाटमा अर्धनग्न भएर बस्ने चारजना पक्राउ

विराटनगर। मोरङ प्रहरीले अघोरी तान्त्रिक बन्ने सिद्धि प्राप्त गर्ने नाममा श्मशानघाटमा मध्यराति धामी बसेर होहल्ला गर्ने चार जनालाई पक्राउ गरेको छ। प्...

महाधिवेशन जारी रहँदा प्रधानमन्त्री शाह काठमाडौं फर्किए, प्रयोग गरेनन् भीआईपी कक्ष

काठमाडौं । चितवनको भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० को प्रथम महाधिवेशन नसकिँदै प्रधानमन्त्री तथा पार्टीका वरिष्ठ नेता बालेन शाह काठम...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending