Khabar Dabali १० असार २०८३ बुधबार | 24th June, 2026 Wed
Investment bank

यात्रुले नै जहाज धकेलेको भिडियो भाइरल, आखिर भएको के थियो ?

खबरडबली संवाददाता

बाजुरा । यतिबेला सामाजिक सैजालमा एउटा भिडियो खुब भइरल भएको छ । त्यो भडियो हो बाजुरा कोल्टी विमानस्थलको । त्यहा यात्रुहरुले नै जहाज धकेलिरहेको दृष्य देखियो ।

जिल्लाको पूर्वी उत्तरी भेगको कोल्टी विमानस्थलमा यात्रु लिन गएको जहाज आकाशमा उडिरहेको थियो । यात्रु विमानस्थलमा जहाज आउन थालेपछि एयरपोर्टमा भरिन थाले तर विमानस्थलमा जहाज अवतरण गर्न सकिरहेको थिएन । 

जहाज अवतरण गर्न नसक्दा यात्रु आत्तिए । जहाज अवतरण गर्न नसक्नुको के कारणबारे यात्रुहरु एकआपसमा कुरा गर्न थालेका थिए । त्यसैबेला एक जना यात्रुले विमानस्थलतिर हेर्दै भने, 'विमानस्थलको बीचमा त हवाईजहाज राखिएको छ ।' त्यो जहाज थियो तारा एयरलाइन्सको ।

जहाजको टायर पड्किएर धावनमार्गको बीचमा हुँदा अर्को जहाज अवतरण गर्न सकेको थिएन । जहाज अवतरण गर्न नसकेर धावनमार्गमा रहेको तारा एयरको ९ एन एभीईको जहाजलाई यात्रुले धकेलेर सुरक्षित ठाउँमा राखेपछि अर्को जहाज अवतरण भएको थियो । 

तारा एयरलाइन्सको जहाजको टायर पड्किएर बीच धावनमार्गमा रहेको र जहाजलाई यात्रुले धकेल्दै गरेको भिडियो र फोटो भाइरल भएको छ । कोल्टीबाट धनगढी जाने यात्रुका अनुसार धावनमार्गमा राखिएको जहाजको टायर पड्कियो । जसले गर्दा अर्को जहाज उडाउन समस्या भएपछि धक्का लगाएर जहाजलाई साइड लगाएको बताए।उनीहरुका अनुसार जहाजको पर्खाइमा रहेका यात्रु, सुरक्षाकर्मी र स्थानीयवासीको सक्रियतामा धावनमार्गमा टायर पड्किएर अरु जहाज अवतरणमा समस्या हुँदा धकेलेर अन्यत्र राखिएको हो । 

जहाजलाई यात्रु, सुरक्षाकर्मी र स्थानीय मिलेर ट्याक्सी–वेबाट धकेलेर किनारा लगाएको यात्रुहरुको भनाइ छ । तारा एयर यति एयरलाइन्सको भगिनी कम्पनी हो ।

एयरलाइन्सले हुम्लाको सिमकोटबाट ९ एन–एभीई जहाज बाजुरा विमानस्थलमा अवतरण गरेको थियो । जहाज धावनमार्गबाट ट्याक्सी–वेमा पुगिसकेपछि पछाडिको टायर पड्किएको बताइएको छ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

होर्मुज जलमार्ग बन्द हुँदा मालवाहक जहाज समुन्द्रमै अलपत्र

लन्डन। स्ट्रेट अफ होर्मुज जलमार्ग बन्द हुँदा एक हजार २०० भन्दा बढी मालवाहक जहाज १२५ अर्ब अमेरिकी डलरको सामानसहित यस क्षेत्रमा फसेको बेलायती फाइनान्सिय...

क्रियाशील सदस्यता वितरणका लागि कांग्रेसले ७७ जिल्लामा खटायो प्रतिनिधि (सूचीसहित)

काठमाडौँ। नेपाली कांग्रेस सदस्यता व्यवस्थापन केन्द्रीय समितिको निर्णय अनुसार पार्टीको १५ औँ महाधिवेशनका लागि सञ्चालन गरिएको क्रियाशील सदस्यता वितरण अभ...

रास्वपा महाधिवेशन: मतदान सुरु हुन अझै केही घण्टा लाग्ने

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री कवीन्द्र बुर्लाकोटीले जारी महाधिवेशनमा मतदान सुरु हुन अझै दुई–तीन घण्टा लाग्न सक्ने बताएका...

रास्वपाको महाधिवेशन लम्बिँदा खर्च बढ्यो, व्यवस्थापनमा दबाब

काठमाडौँ । भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशन समयमै सम्पन्न हुने अपेक्षा गरिए पनि कार्यतालिकाअनुसार काम सुरु नहुँदा...

तीन महिनामा एक लाख ८१ हजार नयाँ मतदाता थपिए

काठमाडौँ। स्थानीय तह निर्वाचनको पूर्वतयारी थालेको निर्वाचन आयोगले बितेका तीन महिनामा एक लाख ८१ हजार  ३६७नयाँ मतदाता थपिएका बताएको छ । पछिल्लो प्रति...

नेपाल प्रहरीको तलब प्रणालीमा परिवर्तन, अब १५ दिनमै तलब

काठमाडौं । नेपाल प्रहरीले अब आफ्ना कर्मचारीलाई मासिक होइन, अर्धमासिक रूपमा १५/१५ दिनमा तलब दिने व्यवस्था लागू गर्ने भएको छ । प्रहरी प्रधान कार्यालय...

रास्वपा महाधिवेशनमा मतदान प्रक्रिया थप लम्बिने, उम्मेदवार सूची अझै सार्वजनिक भएन

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी महाधिवेशनअन्तर्गत निर्वाचन प्रक्रिया थप लम्बिने संकेत देखिएको छ। विद्युतीय मतदानका लागि आवश्यक उम...

अघोरी तान्त्रिक बन्न मध्यराति श्यामसानघाटमा अर्धनग्न भएर बस्ने चारजना पक्राउ

विराटनगर। मोरङ प्रहरीले अघोरी तान्त्रिक बन्ने सिद्धि प्राप्त गर्ने नाममा श्मशानघाटमा मध्यराति धामी बसेर होहल्ला गर्ने चार जनालाई पक्राउ गरेको छ। प्...

महाधिवेशन जारी रहँदा प्रधानमन्त्री शाह काठमाडौं फर्किए, प्रयोग गरेनन् भीआईपी कक्ष

काठमाडौं । चितवनको भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० को प्रथम महाधिवेशन नसकिँदै प्रधानमन्त्री तथा पार्टीका वरिष्ठ नेता बालेन शाह काठम...

रास्वपाप्रति शंकर पोखरेलको टिप्पणी : जनताको भरोसामाथि योभन्दा ठूलो भद्दा मजाक अर्को के हुन्छ ?

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निर्वाचनका बेला गरेको मितव्ययिता, सुशासन र राज्यकोषको दुरुपयोग र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending