Ntc summer Offer
Khabar Dabali १२ बैशाख २०८१ बुधबार | 24th April, 2024 Wed
NIMB

परनिर्भरताबाट जोगिन चामल, दाल, तेल उद्योगको संरक्षणको माग

खबरडबली संवाददाता
वीरगञ्ज । खाद्यान्न परनिर्भरताबाट जोगिनका लागि चामल, तेल, दाल उद्योगको संरक्षण गर्न सरकारसँग माग गरिएको छ । 
 
चामल, तेल, दाल दैनिक जीवनमा नभई नहुने खाद्य वस्तु भएकाले उत्पादनको कच्चापदार्थ र तयारी वस्तुको भन्सार दर दुई तह हुनुपर्ने तथा  यसको सहउत्पादन विदेश निकासी गर्दा निकासी कर छुट हुनुपर्ने माग नेपाल चामल तेल, दाल, उद्योग सङ्घको छ ।  
 
सङ्घका केन्द्रीय अध्यक्ष डा सुबोधकुमार गुप्ताले नेपाल राष्ट्र बैङ्कको निर्देशन अनुरुप सबै बैङ्कले कृषिमा लगानी गर्नु भनेकोमा चामल, तेल र दाल उद्योगमा १५ प्रतिशत ब्याजदरमा लगाएको ऋणसमेत कृषिमा लगानी गरेको भनी बैङ्कहरुले तथ्याङ्क तयार गरी भ्रम फैलाएको भन्दै चामल, तेल, दाल उद्योगलाई  एग्रो बेस उद्योगमा राखी ऋण सुबिधा दिनु पर्ने वा ती उद्योगमा गरेको ऋण लगानीलाई कृषि उपजको लगानीबाट हटाउन माग गरे । 
 
चामल आयातलाई निरुत्साहित गर्न सरकारले सहकार्य गरी दिएमा व्यवसायिले किसानसँग हातेमालो गरी काम गर्ने, चामल आयातमा लाग्दै आएको आठ प्रतिशत आयात शुल्कलाई १५ प्रतिशत गर्नुपर्ने अथवा उद्योगले धान आयात गर्दा लाग्दै आएको पाँच प्रतिशत आयात शुल्कलाई एक प्रतिशत गर्नुपर्ने र जसबाट देशको व्यापार घाटा कम हुने र बन्द भएका चामल उद्योग पुन:सञ्चालन हुने उनले बताए ।
 
सङ्घका अनुसार तोरी तेलतर्फ  तेलमा पाँच प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) को दर तोकी स्वदेशी तेल उद्योग बचाउन तथा  तोरीको गेडा आयातमा लाग्दै आएको पाँच प्रतिशत भन्सार दर परिमार्जन गरी एक प्रतिशत कायम भएमा स्वदेशी तोरी तेललाई केही राहत मिल्नेतर्फ सरकारको ध्यान जानुपर्छ । तयारी र कच्चा दाल गेडागुडीको आयात भन्सारदर समान १० प्रतिशत रहेको भन्दै सरकारको प्रतिबद्धताअनुरुप दुई तह फरक हुनुपर्ने र कच्चा दाल आयातमा पाँच प्रतिशत भन्सार दर हुनुपर्ने सङ्घको माग छ । 
 
यसैगरी, दाल निकासीमा लाग्दै आएको निकासी कर प्रतिकेजी एक रुपैयाँ हटाउन तथा  दाल विदेश निकासी गर्दा दिँदै आएको चार प्रतिशत निकासी सुविधा इन्टेन्सिभ दिन पर्ने माग राखेका छन् । सङ्घका अनुसार यसमा निर्यात सुविधा हटाएपछि प्रतिस्पर्धा गर्न नसकी बङ्गलादेश निकासी हुन छोडेको र नेपालमा मुसुरोको उत्पादन नै कमी हुन थालेको सङ्घको निष्कर्ष छ । नेपालमा विभिन्न माध्यमबाट आयात हुने खाद्यवस्तुको एमआरपी र गुणस्तर जाँच गरी आयातकर्ताको नाम, ठेगाना र नेपालको सम्पर्क नं, ब्याच नं, तौल, उत्पादन मिति र लेबल अनिवार्य उल्लेख हुनुपर्ने सङ्घको माग छ । 
 
यसैबीच,  सङ्घका अध्यक्ष डा सुबोधकुमार गुप्ता नेतृत्वको प्रतिनिधिमण्डलले मङ्गलबार अर्थ सचिव मधुकुमार मरासिनी, उद्योग विभागका महानिर्देशक जीवलाल भुसाल, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक प्रेमकुमार श्रेष्ठसँग उनीहरुकै कार्यकक्षमा भेट गरी सङ्घको उक्त मागबारे जानकारी गराएको थियो  ।
 
प्रतिनिधिमण्डलमा सङ्घका पूर्वाध्यक्ष कुमुदकुमार दुगड, उपाध्यक्ष नरेश राठी, महासचिव दीपक कुमार पौडेल र कार्यालय प्रमुख अजय पराजुलीको समेत सहभागिता रहेको थियो ।
Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies