काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा)को एकता महाधिवेशन आजबाट सुरु हुँदैछ। बुुधबारबाट सुरु हुँदैछ । तीन राप्रपा एक भएसंँगै पहिलो पटक राप्रपाले एकता महाधिवेशन गर्न लागेको हो।
महाधिवेशनले १४७ कार्य समिति चयन गर्नेछ । काठमाडौँमा हुने महाधिवेशन तीन दिनसम्म चल्नेछ । महाधिवेशनमा झण्डै चार हजार चार सय प्रतिनिधि सहभागी हुने महाधिवेशन प्रचारप्रसार समितिका संयोजक मोहन श्रेष्ठले जानकारी दिए।
कुल १९९ सदस्य कार्य समितिमा ७५ प्रतिशत अर्थात् अध्यक्षसहित १४७ जना प्रत्यक्ष तथा बाँकी २५ प्रतिशत अर्थात् ५२ जना निर्वाचित कार्य समितिले मनोनीत गर्ने उनको भनाइ छ।
महाधिवेशनमा अध्यक्षका लागि वर्तमान अध्यक्ष कमल थापा र महामन्त्री राजेन्द्रप्रसाद लिङ्देन उम्मेदवार छन्। दुई नेताबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । तीन जना अध्यक्षमध्ये डा. प्रकाशचन्द्र लोहनीले मङ्गलबार औपचारिक रूपमा लिङ्देनलाई समर्थन गर्ने घोषणा गरिसकेका छन्।
यस्तै, स्रोतका अनुसार अर्का अध्यक्ष पशुपति समशेर राणाले पनि लिङ्देनलाई नै समर्थन गर्ने बुझिएको छ। बुधबार राजधानीमा भएकोे एक कार्यक्रममा डा. लोहनीले पार्टीको नेतृत्व युवा पुस्तामा हस्तान्तरण हुनुपर्ने भन्दै लिङ्देनको खुलेर समर्थन गरेका थिए।
लोहनीले थापा र राणालाई समेत पार्टीमा अभिभावक बनेर लिङ्देनलाई सर्मथन गर्न आग्रह गरेका छन्। लिङ्देनलाई अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी, डा. धवलशमशेर राणा, टङ्क ढकाल, राजेन्द्र गुरुङ, गोविन्दबहादुर शाह, सविन लावती, दीप शाही, हेमजङ्ग गुरुङलगायत नेताका साथ रहेको छ ।
अध्यक्ष थापालाई नेताहरू दीपक बोहोरा, बुद्धिमान तामाङ, ध्रुव प्रधान, जयन्त चन्द, रोशन कार्की, उद्धव पौडेल, भुवन पाठकको साथ रहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २ गते, २०८२ - ०९:२४
प्रतिसिलिन्डर २१६ रुपैयाँ बढेर आए पनि ग्यासको मूल्य नबढाएको प्रस्टीकरण
चैत्र २ गते, २०८२ - ०९:१०
झापा । पूर्वी नाका काँकडभिट्टा हुँदै आठ महिनामा छ हजार ७९१ तेस्रो मुलुकका पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन कार्यालय काँकडभिट्टाका कार्यालय प्र...
चैत्र २ गते, २०८२ - ०९:०७
बाजुरा । यहाँस्थित उच्च लेकाली भेगमा गएरातिदेखि वर्षासँगै हिमपात भएको हो । गत माघ दोस्रो सातापछि पनि जिल्लाको उच्च भेगमा वर्षासँगै हिमपात भएको थियो ।...
चैत्र २ गते, २०८२ - ०८:२३
काठमाडौं । ‘थ्रेसहोल्ड’ कटाएका ६ वटा राजनीतिक दलले समानुपातिकतर्फ प्राप्त गरेको सिटअनुसारका सांसदको नाम तय गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास...
चैत्र २ गते, २०८२ - ०८:१५
अब काठमाडाैंमा प्रतिलिटर पेट्रोल १७२ र डिजेल–मट्टीतेल १५२ पर्ने
चैत्र २ गते, २०८२ - ०८:१०
काठमाडौं । नवनिर्वाचित सरकारले शासन सम्हालेको करिब दुईअढाई महिनामै नयाँ बजेट ल्याउनुपर्ने छ। अबको केही दिनमा नयाँ सरकार गठन भइसक्ने आकलनका माझ उक्त...
चैत्र २ गते, २०८२ - ०७:३८
रूपन्देही । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न भएको लामो समय बितिसक्दा पनि पूर्ण क्षमतामा सञ्चालन हुन नसकेपछि रूपन्देहीका उद्योगी र व...
चैत्र २ गते, २०८२ - ०७:२५
काठमाडौँ । कुवेतस्थित नेपाली दूतावासले नेपाल फर्किन चाहने कुवेतमा रहेका नेपालीलाई साउदी अरब हुँदै फर्किन अनुरोध गरेको छ । दूतावासले विज्ञप्तिमार्फत...
चैत्र २ गते, २०८२ - ०७:२१
काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराध मुद्दा फिर्ता गर्न...
चैत्र २ गते, २०८२ - ०७:१८
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा आगामी वर्षदेखि संस्कृत विषयमा विद्यावारिधि तहको अध्ययन हुने भएको छ । त्रिवि मानविकी तथा सामाजिक शास्त्र स...


प्रतिकृया लेख्नुहोस्: