काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्षद्वय पशुपति शमशेर राणा र डा. प्रकाशचन्द्र लोहनीले राजेन्द्र लिङ्देनलाई समर्थन गर्ने भएका छन्। आसन्न महाधिवेशनमा नयाँ पुस्ताको पक्षमा उभिनुपर्ने भन्दै उनीहरुले लिङदेनलाई समर्थन गर्ने निर्णय गरेका हुन्।
नयाँ पुस्तामा सर्वसम्मत पार्टी नेतृत्व हस्तान्तरण गर्ने, अन्यथा निर्वाचन प्रक्रियाबाट यो लक्ष्य पूरा गर्ने राप्रपाका नेता सगुन सुन्दर लावती बताए।
‘दुई अध्यक्षले पार्टी हित र एकताका लागि निर्वाचन नलड्ने निर्णय गर्नु भएको परिप्रेक्ष्यमा अर्का अध्यक्षले पनि अभिभावकको सम्मानित भूमिकामा बस्नु स्वागतयोग्य हुने विषयमा भेलाको गम्भीर ध्यानाकर्षण भयो’, लावतीले भने।
अध्यक्ष राणाले यसअघि नै पार्टी हित र एकताका लागि निर्वाचनबाट अलग रहने निर्णय गरेका छन्। अध्यक्ष लोहनीले पनि नयाँ पुस्ताको समथर्न गर्दै उम्मेदवारी नदिने निष्कर्षमा पुगेका छन्। यस सम्बन्धमा लोहनीले मंगलबार पत्रकार सम्मेलन आयोजना गरेका छन्।
राप्रपाका अध्यक्षत्रयमध्ये कमल थापा मात्र निर्वाचन लड्दै छन्। सोमबार मात्रै आफूले अध्यक्षमा उम्मेदवारी दिने थापाले बताएका थिए।
नयाँ पुस्ताको प्रतिनिधित्व गर्दै राजेन्द्र लिङदेनले अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका छन्।
‘अध्यक्षद्वय राणा र लोहनीले अभिभावकको भूमिकामा बस्ने निर्णय गरिसक्दा अध्यक्ष थापाले मात्र कनिष्ठ पुस्तासँग सिङ जुधाउनु अशोभनीय हुन्छ’, भेलामा सहभागी एक नेताले भने, ‘अध्यक्ष थापाले चुनाव नलड्दा उहाँको सम्मान बढ्छ, पार्टी एकता र विश्वसनीयता अभिवृद्धि हुन्छ।’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १६ गते, २०८२ - ०८:४०
काठमाडौं । उत्तरी कोलम्बियामा एउटा यात्रुवाहक विमान दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै १५ जनाको मृत्यु भएको राष्ट्रिय ध्वजावाहक साटेनाले पुष्टि गरेक...
माघ १६ गते, २०८२ - ०८:३१
तनहुँ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा तनहुँमा दुई हजार कर्मचारी परिचालन हुने भएका छन् । जिल्ला प्रशासन कार्यालयले निर्वाचन केन्द्रित जनशक्ति व्यवस्थाप...
माघ १६ गते, २०८२ - ०८:२५
चितवन । भरतपुर महानगरपालिका–१४ राधापुर नहरमा गए राति मोटरसाइकल खस्दा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द...
माघ १६ गते, २०८२ - ०७:५०
मुस्ताङ । मङ्गलबार रातिदेखि परेको भारी हिमपातका कारण माथिल्लो मुस्ताङको जनजीवन प्रभावित भएको छ। माथिल्लो मुस्ताङमा यसवर्ष परेको हिउँ तेस्रो पटकको ह...
माघ १६ गते, २०८२ - ०७:४६
काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सांसदहरू संसद् पुनः स्थापना रिटमाथि पेसी तोक्न माग गर्दै आज सर्वोच्च अदालत जाने भएका छन्। काठमाडौंमा उपलब्ध ...
माघ १६ गते, २०८२ - ०७:४१
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले प्रतिनिधिसभाको निर्वाचन घोषणा लेखनका लागि सुझाव सङ्कलन गरिरहेको छ । पार्टीले आसन्न फागुन २१ मा हुने न...
माघ १६ गते, २०८२ - ०७:२३
जुम्ला । जिल्लाको तातोपानी गाउँपालिका–६ स्थित हियाँखोला गाउँमा नेपाल टेलिकमको नेटवर्कले राम्रोसँग काम नगर्दा स्थानीयवासीलाई सास्ती भएको छ । मोबाइलमा न...
माघ १६ गते, २०८२ - ०७:१८
भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकाका किसान बहुवर्षीय खेती प्रणालीतर्फ आकर्षित हुन थालेका छन् । गाउँपालिकाले दीर्घकालीन आम्दानी र किसानको जीवनस्तर ...
माघ १६ गते, २०८२ - ०७:१४
कास्की । कास्कीमा तीनवटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र छन् । तीमध्ये क्षेत्र नं १ लाई परिणाम बदलिइरहने क्षेत्रका रूपमा लिइन्छ । सात तालको वाटिका शह...
माघ १६ गते, २०८२ - ०७:११
सिरहा । हुलाकी राजमार्गअन्तर्गत सिरहा र धनुषा सिमानामा पर्ने कमला नदीमा अस्थायी ‘डाइभर्सन’ निर्माण भएसँगै सवारी आवत–जावत सहज भएको छ । वर्षौंदेखि भा...




प्रतिकृया लेख्नुहोस्: