Khabar Dabali २३ फाल्गुन २०८२ शनिबार | 7th March, 2026 Sat
Investment bank

एमाले महाधिवेशनः आज रातभर मतदान, तीन घण्टाभित्र परिणाम

खबरडबली संवाददाता

चितवन । चितवनको सौराहामा जारी नेकपा (एमाले) को दशौं राष्ट्रिय महाधिवेशनमा निर्वाचन र सहमतिको दुवै अभ्यासको उच्चतम प्रयोग गरिएको छ । 

महाधिवेशन मार्फत एकताको सन्देश दिन दुवै प्रक्रियाको उच्चतम प्रयोग गरिएको हो । शनिबारदेखि सौराहामा जारी बन्दसत्रको पहिलो दिन यही मङ्सिर ११ गते हलले पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई सहमतिका आधारमा पदाधिकारी र केन्द्रीय सदस्यका उम्मेदवारको नामावली प्रस्ताव गर्ने जिम्मा दिएको थियो । त्यसका लागि आइतबार दिनभर अध्यक्ष ओलीले पार्टी नेताहरुसँग परामर्श र छलफल गरी मङ्सिर १२ गते ढिला गरी सुरु भएको बन्दसत्रमा ३०१ सदस्यीय केन्द्रीय कमिटीको नामावली प्रस्तुत गरेपछि हलले समर्थन गरेको थियो ।

देशभरबाट सहभागी प्रतिनिधि र कार्यकर्ताको दबाब पनि सहमतिमै नेतृत्व चयन गर्नुपर्ने भन्नेमा थियो । उनीहरुले बन्दसत्र स्थल बाहिर नाराबाजी गरेर समेत दबाब दिएका थिए । अध्यक्ष ओलीले बन्दसत्रमा १९ पदाधिकारीसहित  ३०१ केन्द्रीय सदस्यको नाम पढेर सुनाउँदा अध्यक्षका उम्मेद्वार डा।भीम रावलले असहमति जनाउँदै निर्वाचनमा जानु नै उत्तम हुने बताउनुभयो । सोही अनुसार निर्वाचन कार्यतालिका सार्वजनिक गरियो ।

पदाधिकारीमा हलमा प्रस्ताव गरिएको सूची अनुसार उम्मेदवारी दिने वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल निर्विरोध निर्वाचित हुनुभएको छ । यसैगरी, उपाध्यक्षमा युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, रामबहादुर थापा ‘बादल’, सुवास नेङ्वाङ  र  विष्णु पौडेलले हलको सहमति अनुसार उम्मेदवारी दिनुभएको छ भने त्यसका अतिरिक्त नेता घनश्याम भुसालले उम्मेदवारी दिएपछि सो पदमा निर्वाचन हुने भएको छ । 

महासचिवमा शङ्कर पोखरेल, उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ र विष्णु रिमाल निर्विरोध निर्वाचित हुनुभएको छ । सचिवमा टोपबहादुर रायमाझी, रघुवीर महासेठ, छविलाल विश्वकर्मा, लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण विष्ट र पद्यमा अर्याल हलमा प्रस्तावित उम्मेदवार छन् भने भीम आचार्य र टङ्क कार्कीले उम्मेदवारी दिएपछि निर्वाचन हुन लागेको हो । केन्द्रीय सदस्यमा पनि कतिपय सर्वसम्मत भइसकेको छ । बाँकीमा मतदान हुनेछ ।

महाधिवेशनस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उपाध्यक्षका उम्मेदवार भुसालले लोकतान्त्रिक अभ्यासको पार्टी एमाले कहिलेकाँही खासखास कारणले अलमलमा पर्ने गरेपनि एमाले नै समृद्ध परम्पराको लोकतान्त्रिक शक्तिलाई बचाउँछ भन्ने उदाहरण हामीले पेस गर्दै आएका छौं भने। उनले पार्टीभित्र क्रान्तितर्फ आगाडि बढेका त्यागी कार्यकर्ता लखेटिने र सुविधाभोगी पक्ष आउने गरेको स्थिति रहेको भन्दै त्यसमा ध्यान दिनुपर्ने बताए । आम रुपमा यी असहमति वीच बिधान महाधिवेशन यता बैचारिक पक्षमा कुनै मतभेद नरहेको उनको भनाइ छ । “गत नवौं महाधिवेशको मुख्य खराबी समूहगत उम्मेद्वारी थियो”, उनले भने, “त्यसको मैले विरोध गरेको थिए । यसपटक व्यक्तिगत रुपमा उम्मेदवारी दिएका छौं ।”

यस्तै उपमहासचिवमा निर्वाचित विष्णु रिमालले मन मिलेर एकै प्यानल बनाउने कोसिस गरेको भन्दै प्रतिस्पर्धा गर्ने गुट बनाइए मान्य नहुने बताए । उनले समूहगत रुपमा लाग्नेहरु पार्टीमा टिक्न नसक्ने धारणा राखे । उम्मेदवारी मनोनयन दर्ता भइसकेकाले अव कसैलाई पनि मनाउने कोसिस नगरिने उनको भनाइ छ ।

उपमहासचिवमा निर्वाचित पृथ्वीसुब्बा गुरुङले विगतमा पार्टी एकताका लागि गरिएको १० बुँदे सहमतिका पक्षधर पूर्व माओवादीबाट आएका नेताहरु सवैको व्यवस्था गरी समावेशी र एकताबद्ध नेतृत्व चयन गर्नुपर्ने भएकाले हलले सहमतिको म्याण्डेड दिएको बताए । उनले सोही बमोजिम उम्मेदवारी दिएको जानकारी दिए ।

एमाले प्रचार कमिटी सहसंयोजक सूर्य थापाले सहमतिको अधिकतम प्रयास गरी मतदानको पनि अभ्यास गरिएको बताउनुभयो । उहाँले अध्यक्षले हलले दिएको जिम्मेवारी पुरा गरेको भन्दै भीम रावलहरु विग्रहको तहमा आउन नहुने धारणा राखे । निर्वाचन आयोगका अध्यक्ष डा।विजय सुब्बाका अनुसार दर्ता भएका मनोनयन सूचीहरुलाई छानविन र दाबी विरोधको प्रक्रिया पूरा गरी अन्तिम उम्मेदवारको नामावली प्रकाशन पश्चात कम्तिमा १२ घण्टा पछि विद्युतीय मेसिनमा तथ्याङ्क अपडेट हुने भएकाले सम्भव भए राति नै र नभए बिहान मतदानको काम सुरु हुने जानकारी दिए । 
मतदान भएको तीन घण्टाभित्र परिणाम आइसक्ने उनले बताए । मतदानमा ७२ वटा विद्युतीय मेसिन प्रयोग हुनेछ । मतदानको जिम्मा लिएको रामलक्ष्मण इनोभेसन्सका विद्युतीय मेसिनका प्राविधिक सल्लाहकार डा। नन्दविक्रम अधिकारीले मतदानका लागि विद्युतीय मेसिन तयारी अवस्थामा रहेको बताए। कतिपय पदमा सर्वसम्मत भइसकेकाले ७२ वटा मेसिनमात्र प्रयोग गर्न लागिएको उनले जानकारी दिए । अधिकारीले मतदानका लागि एक सय मेसिन ल्याएको बताए।

सबै मेसिनहरु तयारी अवस्थामा राखिएको छ । भोट खसाल्नका लागि मेसिनहरुको बुथ राखिएको छ । केही मेसिनहरु बाहिर प्रतिनिधिहरुलाई सिकाउनका लागि राखिएको छ । एमाले महाधिवेशनमा दुई हजार २८७ प्रतिनिधि रहेका छन् । निर्वाचन कार्यतालिका अनुसार आज राति ९ बजेदेखि बिहान ३ बजेसम्म मतदान हुनेछ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

काठमाडौं ६ मा रास्वपा उम्मेदवार शिशिर खनाल विजयी

काठमाडौं । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत काठमाडौं क्षेत्र नम्बर ६ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार शिशिर खनाल विजयी भएका छन्। ...

रूकुम पूर्वमा प्रचण्ड जीत नजिक

रूकुम पूर्व । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) यहाँ प्रतिनिधि सभा निर्वाचनमा स्पष्ट अग्रता लिएका छन्। प्रारम्भिक मत...

रोल्पामा नेकपाका वर्षमान पुनको अग्रता

रोल्पा । प्रतिनिधिसभा निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता वर्षमान पुन अग्रता लिएका छन्। प्रारम्भिक मतगणनाअनुसार उनले १,४७६ मत प्राप्त ...

मोरङ पुगे बालेन शाह

विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का वरिष्ठ नेता बालेन शाह मोरङको उर्लाबारी पुगेका छन्। शुक्रबार दिउँसो उनले विराटनगर विमानस्थल हुँदै उर...

धनकुटा निर्वाचन अपडेट: श्रम संस्कृति पार्टीका सानबहादुर राईको अग्रता

धनकुटा । एकमात्र निर्वाचन क्षेत्र रहेको धनकुटामा श्रम संस्कृति पार्टीका उम्मेदवार सानबहादुर राईले १,५९० मतसहित अग्रता कायम गरेका छन्। मुख्य निर्वाच...

गोरखामा खराब मौसमका कारण मतपेटिका बोकेको हेलिकप्टर पोखरामा आकस्मिक अवतरण

गोरखा । उत्तरी गोरखाबाट मतदान केन्द्रका मतपेटिका बोकेको नेपाली सेनाको हेलिकप्टर खराब मौसमको कारण गोरखा सदरमुकाममा अवतरण गर्न नसकेर पोखरामा आकस्मिक अवत...

बाँके १ र ३ मा रास्वपाका चौधरी र खगेन्द्र सुनारको फराकिलो अग्रता

नेपालगन्ज । प्रतिनिधि सभा सदस्यको निर्वाचनको जारी मतगणना अनुसार बाँके जिल्लाको क्षेत्र नम्बर १ र ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का उम्मेदवा...

सर्लाही–४ मा ११ सय ३३ मतले अमरेशको अग्रता

काठमाडौं। सर्लाही क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार अमरेश कुमार सिंहले आफ्नो मतान्तर बढाउँदै अघि बढेका छन्। पछिल...

झापा ५ मा ५ हजार बढी मतान्तरले बालेन अगाडि

झापा। झापा क्षेत्र नम्बर ५ मा रास्वपा उम्मेदवार बालेन शाह ले मतान्तर बढाउँदै आफ्नो अग्रता अझ मजबुत बनाएका छन्। यसअघि करिब ४ हजार मतान्तरले अग्रता लिएक...

काठमाडौं-३ मा कुलमानसँग राजुनाथ पाण्डेले बढाए मतान्तर, ४ हजार ४३९ मतको फरक

काठमाडौं। काठमाडौं क्षेत्र नम्बर ३ मा मतगणना जारी रहँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार राजुनाथ पाण्डेले उज्यालो नेपाल पार्टीका कुलम...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE