Khabar Dabali २१ मंसिर २०८२ शनिबार | 6th December, 2025 Sat
Investment bank

असंलग्न आन्दोलनको सान्दर्भिकता आज पनि यथावत : सभामुख

‘संसद लोकतान्त्रिक मूल्य र मान्यताको संरक्षक हो’

खबरडबली संवाददाता

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले विश्व शान्तिका लागि खतरा, घरेलु मामिलामा हस्तक्षेप, असमानता र अनुचित व्यवहारका घटनाहरूका कारण असंलग्न आन्दोलनको सान्दर्भिकता आज पनि यथावत रहेको बताएका छन्। 

गएराति स्पेनमा भएको असंलग्न आन्दोलनको सञ्जाल (नाम) को बैठकलाई सम्बोधन गर्दै सभामुख सापकोटाले संयुक्त राष्ट्र संघको बडापत्रका सिद्धान्तहरूलाई कायम राख्ने, राष्ट्रिय स्वतन्त्रतालाई समर्थन गर्ने, सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको संरक्षण गर्ने सन्दर्भमा पनि यसको आवश्यकता औंल्याएका हुन्।

सम्बोधनका क्रममा सभामुख सापकोटाले भने, ‘विश्वका विकासशील देशहरू निरन्तर रुपमा आर्थिक, सामाजिक र राजनीतिक क्षेत्रमा समानताको मैदाननबाट वञ्चित छन् । यी चुनौतिहरू रहँदासम्म असंलग्न आन्दोलनका सदस्य राष्ट्रहरूले शान्ति, न्याय र विकासका लागि आवाज उठाइरहने छन् । नतिजाका लागि हाम्रा संसदहरूले त्यसतर्फको राष्ट्रिय प्रयासहरूलाई सहयोग र प्रोत्साहन जारी राख्नेछन् ।’

सभामुख सापकोटाले संसदीय ऐक्यबद्धता र अनुभवको आदान प्रदानले असंलग्न आन्दोलनका सिद्धान्त र आदर्शलाई सुदृढ बनाउने विश्वास व्यक्त गरे। 

‘नेपालमा असंलग्नता हाम्रो परराष्ट्र नीतिको आधारभूत पक्ष हो । शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्त पञ्चशील, नेपालका अमर पुत्र बुद्धको शिक्षामा आधारित छन्’ उनले भने, ‘नेपालको संघीय संसद लोकतान्त्रिक मूल्य र मान्यताको संरक्षक हो । जनताले आफ्नो अधिकारको रक्षा र विकासको उपभोगका लागि संसदमा आशा राखेका छन् ।’

नेपालको संसद समझदारी र सहयोग अभिवृद्धि गर्न र समयका ज्वलन्त मुद्दाहरूलाई सम्बोधन गर्न प्रतिबद्ध रहेको प्रष्ट पारे। 
सापकोटाले आइतबार स्पेनको म्याड्रिडमा जारी अन्तर व्यबस्थापिका संघ आई पि यू को १४३ औं सभालाई सम्बोधन गर्दै शासनको सबैभन्दा मनपर्ने स्वरूपको रूपमा प्रचलित भए पनि लोकतन्त्र चुनौती रहित नरहेको तर्फ विश्व समुदायको ध्यानाकर्षण गराए। 

आई पि यू सम्मेलनमा सहभागि हुन यहि मंसिर आठ गते स्पेन प्रस्थान गरेका सभामुख सापकोटा नेतृत्वको प्रतिनिधि मण्डल यहि मंसिर १६ गते स्वदेश फर्कने कार्यक्रम छ ।

सभामुखले असंलग्न आन्दोलनको सञ्जाल (नाम) म्याड्रिड बैठकमा गएराति गरेको सम्बोधनको पूर्णपाठ

महामहिम मेडम साहिबा गफारोवा,
महामहिमहरू,
महिला तथा सज्जनवृन्द,

सभामुख महोदयलाई असंलग्न आन्दोलनको संसदीय सञ्जाल (नाम) को बैठक आयोजना गर्नु भएकोमा बधाई दिएर आफ्नो भनाई सुरु गर्दछु । मैले संसद र अजरबैजान सरकारलाई आन्दोलनको उत्कृष्ट नेतृत्वको लागि हाम्रो निष्कपट  प्रशंसाको अभिलेखमा राखेको छु ।

सभामुख महोदय,

संयुक्त राष्ट्र संघको बडापत्रका सिद्धान्तहरूलाई कायम राख्ने, राष्ट्रिय स्वतन्त्रतालाई समर्थन गर्ने, सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको संरक्षण गर्ने र विश्व शान्तिका लागि खतरा, घरेलु मामिलामा हस्तक्षेप, असमानता र अनुचित व्यवहारका घटनाहरू देख्दा नाम को सान्दर्भिकता आज पनि यथावत छ । विश्वका विकासशील देशहरू निरन्तर रुपमा आर्थिक, सामाजिक र राजनीतिक क्षेत्रमा समानताको मैदाननबाट वञ्चित छन् ।  
यी चुनौतिहरू रहँदासम्म नाम सदस्य राष्ट्रहरूले शान्ति, न्याय र विकासका लागि आवाज उठाइरहने छन् । नतिजाका लागि हाम्रा संसदहरूले त्यसतर्फको राष्ट्रिय प्रयासहरूलाई सहयोग र प्रोत्साहन जारी राख्नेछन् ।
हस्तक्षेप नगर्नेलगायतका उद्देश्यका साथ नाम को स्थापना भएको हो । ‘ग्लोबल साउथ’का कुनै पनि देश र जनता विरुद्ध हुने सबै प्रकारको अन्यायपूर्ण र अनुचित व्यवहारको अन्त्य गर्ने लक्ष्य नाम हो । शीतयुद्धका कारण बढ्दो विभाजनको बीचमा हाम्रा नेताहरू सामूहिक हितको रक्षा गर्न दृढ भएर उभिए ।

सभामुख महोदय,

संसदले जनताको प्रतिनिधित्व गर्छ । जनताले सार्वभौमसत्ता जोगाउनका लागि संसदलाई आफ्नो जनादेश दिन्छन् । विधायिकी अधिकारमार्फत अन्तर्राष्ट्रिय दायित्वहरू प्रयोगमा आउँछन् । संसदीय ऐक्यबद्धता र अनुभवको आदान प्रदानले नाम का सिद्धान्त र आदर्शलाई सुदृढ बनाउने विश्वास लिएको छु ।

नेपालमा असंलग्नता हाम्रो परराष्ट्र नीतिको आधारभूत पक्ष हो । शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्त पञ्चशील, नेपालका अमर पुत्र बुद्धको शिक्षामा आधारित छन् । नेपालको संघीय संसद लोकतान्त्रिक मूल्य र मान्यताको संरक्षक हो । जनताले आफ्नो अधिकारको रक्षा र विकासको उपभोगका लागि संसदमा आशा राखेका छन् । नेपालको संसद समझदारी र सहयोग अभिवृद्धि गर्न र हाम्रो समयका ज्वलन्त मुद्दाहरूलाई सम्बोधन गर्न प्रतिबद्ध छ ।  

अन्त्यमा, म नाम ले समकालिन चुनौतिहरूलाई सम्बोधन गर्न सक्षम हुनुपर्छ भन्ने कुरा दोहोर्याउन चाहन्छु । हामीले साझा लक्ष्य हासिल गर्न सामूहिक शक्ति निर्माण गर्नुपर्छ । म यी लक्ष्यहरू प्राप्त गर्न सहभागी प्रतिष्ठित प्रतिनिधिहरूसँग काम गर्ने मेरो प्रतिनिधिमण्डलको दृढ प्रतिबद्धतालाई पुनः दोहोर्याउँछु  ।

तपाईंहरुलाई धन्यवाद

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चाडपर्वहरूले सांस्कृतिक पहिचानलाई मजबुत बनाएका छन् : प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशविदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा उधौली, योमरी पुन्हि त...

सिन्धुलीबाट सौराहा घुम्न आएकी किशोरीको होटलको छतबाट खसेर मृत्यु

चितवन  । रत्ननगर नगरपालिका–६ मा रहेको पार्क साइट होटलको छतबाट खसेर बुधबार राति १८ वर्षीया स्नेहा पाख्रिनको मृत्यु भएको छ । गम्भीर घाइते भएकी उनको उपचा...

धोबीखोलामा भेटियो युवकको शव

काठमाडौं । काठमाडौंको अनामनगरस्थित धोबीखोलामा एक युवकको शव फेला परेको छ।  मृतक युवकको पहिचान खुल्न बाँकी रहेको प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवन...

बाजुरामा सात मतदानस्थल थपिए

बाजुरा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाजुरामा सात वटा मतदानस्थल थपिएका छन् । यी सँगै ७७ वटा मतदानस्थल भएका र ११२ वटा मतदान ...

तीनकुने-जडीबुटीमा फ्लाइओभर र अन्डरपास बन्ने निश्चित, जापानसँग ३२ अर्बको ऋण सम्झौता

१० वर्षपछि ऋणको किस्ता सुरु, भुक्तानी अवधि ३० वर्ष र ब्याजदर ०.२ प्रतिशत

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश १६ दिनदेखि शीतलनिवासमा ‘होल्ड’

काठमाडौं । सरकारले ल्याएको संवैधानिक परिषद् (कार्य, कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी (पहिलो संशोधन) अध्यादेश १६ दिनदेखि राष्ट्रपतिको कार्यालयमा रो...

कालीमाटीमा गोलभेँडाको मूल्य घट्यो, काउली र फर्सीको बढ्यो

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ। कालीमाटीमा आज गोलभेँडा, च्या...

एनपीएलः आज पोखरा एभेन्जर्स र काठमाडौं गोर्खाज, सुदूरपश्चिम रोयल्स र चितवन राइनोज भिड्दै

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज दुई खेल हुँदैछन् ।  ...

चाडपर्वले राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुग्छ : राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले किराँत समुदायको उधौली पर्वका अवसरमा शुभकामना सन्देश जारी गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबह...

काँकडभिट्टाबाट चार महिनामा छ अर्बको पेट्रोलियम पदार्थ आयात

झापा । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकमा पूर्वी नाका काँकडभिट्टाबाट रु छ अर्ब दुई करोडभन्दा बढीको पेट्रोलियम पदार्थ आयात भएको छ । यहाँबाट रु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending