Khabar Dabali १७ माघ २०८२ शुक्रबार | 30th January, 2026 Fri
Investment bank

माओवादीको अधिवेशन : दाङका ६ पालिकामा नयाँ नेतृत्व, कहाँ काे ?

खबरडबली संवाददाता

दाङ । नेकपा (माओवादी केन्द्र) को पालिका अधिवेशन अन्तर्गत दाङका छ पालिकामा नयाँ नेतृत्व चयन भएका छन् । शनिबार भएको अधिवेशनले जिल्ला १० पालिकामध्ये छ पालिकाले सर्वसम्मत नेतृत्व चयन गरेको हो । 

घोराही उपमहानगरपालिका, बबई, शान्तिनगर, दङ्गीशरण , बङ्गलाचुली र गढवा गाउँपालिकाको नेतृत्व चयन भइसकेको छ । 

निर्वाचन समितिले जनाए अनुसार घोराही उपमहानगरपालिकाको अध्यक्षमा प्रमोद शर्मा, उपाध्यक्षमा सुशीला शर्मा, खिमबहादुर चौधरी र रमेश ओली निर्वाचित भएका छन् भने सचिवमा भागिदास चौधरी, सहसचिवमा मने विश्वकर्मा र कोषाध्यक्षमा दिलकुमारी विकलाई चयन गरिएको छ । 

त्यस्तै बबईको अध्यक्षमा डिल्ली बुढाथोकी, उपाध्यक्षमा रमेश सुनार, प्रेम जिसी र यज्ञबहादुर  तथा सचिवमा अन्जु घर्ती, सहसचिवमा खुमबहादुर विक र कोषाध्यक्षमा परेकलाल बुढालाई चयन गरिएको छ । 

बङ्गलाचुलीका  अध्यक्षमा डोमकान्त कवर मगर, उपाध्यक्षमा गिरिराज बाँठा, युमना थापा घर्ती, रमा पुन, कोषाध्यक्षमा वासुदेव महरा, सचिवमा दामोदर खड्का र सहसचिवमा शोभाराज विश्वकर्मालाई चयन गरिएको छ । 

त्यसैगरी शान्तिनगरको अध्यक्षमा नेवबहादुर रोका, उपाध्यक्षमा खगेन्द्र शर्मा, प्रदीप ओली र रीता बटाला सचिवमा पिमलाल ओली, सहसचिवमा हीरा सुनार र कोषाध्यक्षमा जङ्गबहादुर पुनलाई चयन गरिएको छ ।  दङ्गीशरण्का अध्यक्षमा मणिराम शर्मा, उपाध्यक्षमा वीरबहादुर वली, निर्मला चौधरी र ममता परियार, सचिवमा दीपक गौतम, सहसचिवमा टङ्क ओली र कोषाध्यक्षमा हरिबहादुर ककरेल निर्वाचित भएका छन्। 

गढवाका अध्यक्षमा यामनारायण पोखरेल, उपाध्यक्षमा दीपा पुन, वसन्ती चौधरी र देवराज यादब, सचिवमा कैलास चौधरी, सहसचिवमा ज्ञानबहादुर परियार र कोषाध्यक्षमा वसन्त गिरीलाई चयन गरिएको छ । 

तुलसीपुरको नेतृत्व चयन कार्य अझै टुङ्गिन सकेको छैन । लमही नगरपालिकामा सदस्य टुङ्ग्याइएको छ । पदाधिकारीको भने यही मङ्सिर १५ गते छनोट गरिने भएको छ ।  

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दाङबाट काठमाडौं आउँदै गरेको बस अनियन्त्रित भएर बीच सडकमा पल्टियो

काठमाडौं । दाङबाट काठमाडौं आउँदै गरेको यात्रुवाहक बस चितवनको मुग्लिन–नारायणघाट सडकखण्डमा दुर्घटना हुँदा ४० जना यात्रु घाइते भएका छन्। लुम्बिनी प्रद...

सहिद दिवसमा प्रधानमन्त्री कार्कीको सन्देश- अब कुनै आमाको काख नरित्तियोस्

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले सहिदहरूको साहस, चेतना र सङ्कल्पका कारण आज देश परिवर्तनको ऐतिहासिक मोडमा उभिएको बताएकी छन्।  सहिद दिवसका अव...

गण्डकीमा १४ हजार निर्वाचन प्रहरी परिचालन हुँदै

गण्डकी । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशका ११ जिल्लामा १४ हजार १२ जना निर्वाचन प्रहरी परिचालन हुने भएका छन् ।  ...

दक्षिण कोरियामा नेपाली कामदारको कोटा बढाउनेदेखि उमेर घटाउनेसम्मका प्रस्ताव

काठमाडौं । दक्षिण कोरियाले बर्सेनि लग्ने नेपाली कामदारको कोटा बढाएर द्विपक्षीय सम्झौता नवीकरणका निम्ति पहल भइरहेको अधिकारीहरूले बताएका छन्। रोजगार ...

‘निर्वाचन प्रहरी’को पोसाक खरिदमा ४० करोडको घोटाला

काठमाडौं । नेपाल प्रहरी, विभिन्न ठेकेदार र तथा आपूर्तिकर्ताको मिलेमतोमा निर्वाचन प्रहरीको पोसाक खरिदमा ४० करोड रुपैयाँभन्दा बढीको घोटाला भएको छ । निर्...

पाँच सय किलो गाँजासहित दश जना पक्राउ

काठमाडौँ । भोजपुरको हतुवागढी गाउँपालिका–९ मचुवाबाट ५०० किलो गाँजासहित आमचोक गाउँपालिका–९ का २९ वर्षीय रूद्रबहादुर श्रेष्ठका साथ अन्य नौ जना पक्राउ परे...

उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा वर्षा र हिमपात हुने

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी र मधेस प्रदेशका केही स्थानमा हुस्सु लागेको छ ...

‘नेपाली कलाकारको चित्रकलामा झल्किएका पाकिस्तानका रङहरू’

काठमाडौँ । काठमाडौँस्थित पाकिस्तानी दूतावासले ‘नेपाली कलाकारको चित्रकलामा झल्किएका पाकिस्तानका रङहरू’ शीर्षकमा बिहीबार यहाँ एक विशेष कला प्रदर्शनी तथा...

अन्यत्र निख्रिएपछि सुन्तला टिप्न थालेका बाँसखर्कका किसानले दोब्बर मूल्य हात पारे

म्याग्दी । अन्यत्रको निख्रिएपछि सुन्तला टिप्न थालेका पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कका किसानले दोब्बर मूल्य पारेका छन् ।अन्यत्रका किसानले सरदर प्र...

सहिदका सपना पूरा गर्न उनीहरुले देखाएको बाटोमा हिँड्ने प्रण गरौँ: सभापति थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सहिदका सपना पूरा गर्ने र उनीहरुले देखाएको बाटोमा हिँड्ने प्रण गर्नुपर्ने उल्लेख गरेका छन् । सहि...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending