खोटाङ । जिल्ला निर्वाचन कार्यालयले आसन्न सङ्घ, प्रदेश र स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै दुई चरणमा फोटोसहितको मतदाता नामावली सङ्कलन गर्ने तयारी गरेको छ ।
आगामी निर्वाचनलाई लक्षित गर्दै जिल्लाका दशवटै स्थानीय तहमा टोली परिचालन गरेर पहिलो चरणमा यही मङ्सिर–१७ देखि २६ गतेसम्म र दोस्रो चरणमा मङ्सिर–२९ देखि आगामी पुस–९ गतेसम्म फोटोसहितको मतदाता नामावली सङ्कलन गर्ने तयारी गरिएको हो ।
पहिलो चरणमा केपिलासगढी, रावाबेँसी, साकेला र जन्तेढुङ्गा गाउँपालिकामा नामावली सङ्कलन गरिने जनाइएको छ । यस्तै, दास्रोचरणमा तुवाचुङ नगरपालिका,ऐसेलुखर्क ,हलेसी दिप्रुङ चुइचुम्मा र बराहपोखरी गाउँपालिकामा नामावली सङ्कलनको काम गरिने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
मतदाता नामावली सङ्कलन खटिने कर्मचारी यही मङ्सिर–१३ र १४ गते छनोट गरिने जनाइएको छ । यसका लागि कार्यालयले आइतबार दिक्तेलमा मतदाता नामावली सङ्कलन विशेष कार्यक्रम २०७८ को सन्दर्भमा जिल्लास्थित सरोकारवालासँग अन्तक्र्रिया कार्यक्रम गरेको छ ।
निर्वाचन आयोगले निर्धारण गरेको कार्य तालिकाअनुसार जिल्लामा पनि ‘कोही नछुटुन्, कोही नदोहोरिउन्’ भन्ने नारासहित फोटोसहितको मतदाता नामावली सङ्कलन अभियान सञ्चालन गर्ने तयारी गरिएको कार्यालयका नायब सुब्बा लोकेन्द्रकुमार राईले बताए ।
फोटोसहितको मतदाता नामावली सङ्कलन गर्न प्रत्येक पालिकामा चार÷चार जना कर्मचारी खटाइनेछ’ उनले भने, ‘जिल्ला प्रशासन कार्यालय रहेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र इलाका प्रशासन कार्यालय रहेको खोटेहाङ गाउँपालिकामा भने त्यहीबाट नियमितरुपमा फोटोसहितको मतदाता नामावली सङ्कलन भइरहेको छ ।’
नामावली सङ्कलनका लागि दर्ता कर्मचारी, दर्तास्थल व्यवस्थापक, सहायक दर्ता कर्मचारी र दर्तास्थल सहयोगी रहने व्यवस्था मिलाइएको जनाइएको छ । सम्बन्धित पालिकाको तीन र जिल्ला निर्वाचन कार्यालयबाट एकजना कर्मचारी खटाउने तयारी गरिएको नायब सुब्बा राईले जानकारी दिनुभयो ।
नामावली दर्ताका लागि १८ वर्ष पुगेका नागरिकले नागरिकताको सक्कल र प्रतिलिपिसहित तोकिएको स्थानमा पुग्नुपर्ने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । तोकिएको समय अवधिभित्र अन्य जिल्लाका नागरिकले पनि जिल्ला निर्वाचन कार्यालय खोटाङमा पुगेर फोटोसहितको मतदाता नामावली दर्ता तथा अद्यावधिक गर्न सक्ने नायब सुब्बा राईले जानकारी दिए ।
दश स्थानीय तह रहेको जिल्लामा विसं २०७४ को निर्वाचनमा एक लाख १८ हजार ३६ जना मतदाता रहेका थिए । गत जेठसम्मको तथ्याङ्क हेर्दा जिल्लामा पछिल्लो चार वर्षको अवधिमा बढेर महिला ६४ हजार ३०२ र पुरुष ६९ हजार ४९४ गरी जम्मा एक लाख ३४ हजार ९६ जना पुगेको छ ।
स्थानीय तहको निर्वाचन मिति नजिकिएसँगै जिल्लामा नागरिकहरु स्वतःस्फूर्तरुपमा फोटोसहितको मतदाता नामावली सङ्कलनको काम गरिरहेका छन् । जिल्लास्थित राजनीतिक दलका नेता तथा कार्यकर्ताले पनि मतदाता नामावली दर्ता गराउन आह्वान गरिरहेका छन् ।
स्थानीय तह निर्वाचन ऐनअनुसार २०७४ मा निर्वाचित स्थानीय तहका जनप्रतिनिधिको पदावधि सकिनुभन्दा दुई महिनाअघि निर्वाचन गरिसक्नुपर्ने हुन्छ । स्थानीय तहका जनप्रतिनिधिको पदावधि आगामी जेठमा सकिँदै छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ४ गते, २०८२ - ०७:४८
गुल्मी । ट्याक्टरको ठक्करबाट मदाने गाउँपालिकाका एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुका अनुसार म...
चैत्र ४ गते, २०८२ - ०७:३९
तेल र ग्यास जोगाउन अरू देशले कस्तो उपाय अवलम्बन गरेका छन्?
चैत्र ४ गते, २०८२ - ०७:२९
काठमाडौं । सरकारले सार्वजनिक सवारीसाधनको भाडादर समायोजन गर्ने तयारी थालेको छ। पेट्रोलियम पदार्थको मूल्य बढेसँगै यातायात व्यवस्था विभागले सार्वजनिक...
चैत्र ४ गते, २०८२ - ०७:२३
काठमाडौं । पूर्ववत् अभ्यास र परम्परा तोड्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले यसपटक सांसदको शपथपछि मात्रै सरकार निर्माण गर्ने तयारी गरेको छ । शपथ...
चैत्र ४ गते, २०८२ - ०७:१९
नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा जापानिज इन्सेफलाइटिसविरुद्ध सञ्चालन भइरहेको विशेष खोप अभियानअन्तर्गत हालसम्म ४६ हजार ७७८ जनाले खोप लगाएका...
चैत्र ४ गते, २०८२ - ०७:१६
भोजपुर । भोजपुरका किसानका लागि रुद्राक्ष खेती बलियो आम्दानीको स्रोत बनेको छ । विशेष गरी दिङ्ला क्षेत्रमा अधिकांशले रुद्राक्षलाई मुख्य आम्दानीको माध्यम...
चैत्र ४ गते, २०८२ - ०७:०९
दाङ । गए राति देउखुरीमा भएकाे मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । गढवा इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक डबलबहादुर बमका अनुसार ट्या...
चैत्र ४ गते, २०८२ - ०७:०७
चितवन । चितवनको बरण्डाभार जङ्गल क्षेत्रमा पर्ने टिकौलीदेखि पञ्चकन्या र चर्तुमुखी सामुदायिक वनसम्म करिब १२ किलोमिटर दुरीमा जिप सफारीसँगै हाइकिङ र सन्ध्...
चैत्र ४ गते, २०८२ - ०७:०१
काठमाडौँ । प्रि–मनसुनका कारण पछिल्लो एक साता बदली र वर्षा भइरहेको छ । नेपालमा आज केही सुधार भएको मौसम बुधबार पनि साधारणतया सफा नै रहने तर बिहीबारदेखि ...
चैत्र ४ गते, २०८२ - ०६:५७
रौतहट । केरा खेतीको बिमा नहुँदा रौतहटका किसान मारमा परेका छन् । जिल्लाका विभिन्न स्थानीय तहमा लगाइएको केरा खेतीमा बिमा नहुँदा यहाँका किसान प्रकृति प्र...


प्रतिकृया लेख्नुहोस्: