Khabar Dabali १७ श्रावण २०८३ आईतवार | 2nd August, 2026 Sun
Investment bank

मौद्रिक नीतिको समीक्षाको प्रभाव : नेप्सेमा उच्च अङ्कको गिरावट

खबरडबली संवाददाता

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको त्रैमासिक समीक्षामा शेयर धितोकर्जाका बारेमा कुनै परिवर्तन नगरेपछि शेयर कारोबार मापक नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट आएको छ ।

साताको पहिलो दिन कारोबार सुरु हुने वित्तिकैदेखि नेप्सेमा गिरावट आएको थियो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ८०.२९ अङ्कले घटेर दुई हजार ६५१.४९ मा ओर्लेको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १४.१९ अङ्कले घटेर ५०१.४५ मा ओर्लेको छ । नेप्सेमा उच्च अङ्कको गिरावट आए पनि कारोबार रकम औसतमा छ । कूल २३४ कम्पनीको एक करोड १९ लाख तीन हजार २०२ कित्ता शेयर रु पाँच अर्ब ८३ करोड ५१ लाख ३५ हजार बराबरको कारोबार भयो ।

आइतबारको कारोबारपछि बजार पूँजीकरण रु ३७ खर्ब २२ अर्ब ८७ करोड २८ लाख ३० हजारको हाराहारीमा छ । नेप्सेका अनुसार कारोबार भएका कूल १३ उपसमूहको शेयर नै ओरालो लागेको छ । बैंकिङ ३४.९७, व्यापार १५९.१७, होटल तथा पर्यटन १४७.०९, विकास बैंक २६७.२५, जलविद्युत् १३२.२, वित्त ६८.०८, निर्जीवन बीमा ३८४.९४, उत्पादन १९२.४१, अन्य ६८.२, लघुवित्त १३९.४, जीवन बीमा ५३८.०३, सामूहिक लगानी कोष ०.२२ र लगानी २।९२ अङ्कले घटेको छ ।

मौद्रिक नीतिको त्रैमासिक समीक्षामा शेयर धितो कर्जामा रहेको सीमामा परिवर्तनको अपेक्षा लगानीकर्ताले गरेका थिए । केन्द्रीय बैंकले तरलताको अभाव भइरहेको बेला उक्त सीमा परिवर्तन नगर्ने स्पष्ट पारेको छ । त्यसैको प्रभाव बजारमा परेको बताइन्छ ।

नेप्सेका अनुसार कारोबारका आधारमा महालक्ष्मी विकास बैंक शीर्ष स्थानमा  छ । सो बैंकको रु २९ करोढ ८१ लाख १९ हजार १६१ बराबरको कारोबार भयो । त्यस्तै, नेपाल पुनरबीमा कम्पनी रु २३ करोड ४८ लाख छ हजार १४७, नेशनल हाइड्रो पावर रु २२ करोड ८५ लाख ९९ हजार ६७५, नेपाल दूरसञ्चार कम्पनी रु १९ करोड चार लाख ६८ हजार ५६९ र निर्धन उत्थान लघुवित्तको रु १६ करोड २० लाख २३ हजार बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।

नेप्सेका अनुसार आइसिएफसी फाइनान्स ९.७८, सामलिङ पावर कम्पनी ८.२१, निर्धान उत्थान लघुवित्त ३.४३, नेपाल एसबिआई बैंक २.८६ र सानिमा जनरल इन्स्योरेन्सका लगानीकर्ताले १.५२ प्रतिशतले कमाए । हिमालयन पावर पार्टनर ८.४९, मानुषी लघुवित्त ८.०९, प्राइम लाइफ इन्स्योरेन्स ७.३४, महालक्ष्मी विकास बैंक ७.२५ र जोशी हाइड्रोपावरका लगानीकर्ताले ७.१८ प्रतिशतले गुमाए । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आर्थिक कानुन संशोधन विधेयकमा १५ वटा संशोधन प्रस्ताव, संसदीय समितिमा छलफल

काठमाडौं । अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन तथा खारेज गर्न ल्याइएको ‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३’ माथि स...

देवानगञ्ज घटनापछि सप्तरीमा सद्भावको सन्देश, राजविराज र बोदेबरसाइनमा निकालियो शान्ति र्‍याली

राजविराज । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको घटनापछि उत्पन्न तनावपूर्ण अवस्थाबीच सप्तरीमा धार्मिक तथा सामाजिक सद्भाव कायम राख्न विभिन...

मनसुन विपद् : २४ घण्टामा एक जनाको मृत्यु, २० जना घाइते

काठमाडौँ। मनसुनजन्य विपद्का कारण पछिल्ला २४ घण्टामा एक जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्था...

ग्यासको कृत्रिम अभाव हुन नदिन डिलरको अनुगमन

तनहुँ । बजारमा खाना पकाउने एलपी ग्यासको कृत्रिम अभाव हुन नदिन जिल्ला प्रशासन कार्यालय तनहुँले ग्यास डिलर तथा सप्लायर्सको अनुगमन सुरु गरेको छ। सहायक...

सप्तरीमा कर्फ्यु खुकुलो

सप्तरी। सप्तरीमा आम नागरिकहरूको दैनिक अत्यावश्यक कामलाई मध्यनजर गर्दै सप्तरीको राजविराज नगरपालिका र बोदेबरसाइन नगरपालिकामा जारी कर्फ्युमा केही खुकुलो ...

ब्रड पिक दुर्घटना : निर्मल पुर्जासहित दिवंगत आरोहीहरूको शव क्याम्प–१ तर्फ ल्याइँदै

काठमाडौं । पाकिस्तानको कराकोरम हिमशृङ्खलास्थित ८,०४७ मिटर अग्लो ब्रड पिकमा हिमपहिरोमा ज्यान गुमाएका नेपाली पर्वतारोही निर्मल पुर्जासहितका दिवंगत आरोही...

बजारमा सुनचाँदीको मूल्य ह्वात्तै घट्यो, कतिमा किनबेच भइरहेको छ ?

काठमाडौँ। स्थानीय बजारमा आज सुनको मूल्य केही घटेको छ । गत शुक्रबारको तुलनामा सुन तोलामा रु एक हजार ८०० र चाँदी रु ४५ ले घटेको हो ।  नेपाल सुनचाँदी ...

शान्ति सद्भाव र्‍यालीपछि जनकपुरधामको अवस्था सामान्य

जनकपुरधाम। गृहमन्त्री सुधन गुरुङले पीडित पक्षसँग शुव्रmबार राति सहमति गरेपछि मधेश प्रदेशको अवस्था सामान्य बन्दै गएको छ । सुनसरीमा धार्मिक विषयलाई लिएर...

कर्फ्यु खुकुलो भएपछि राजविराजमा निकालियो बृहत् सद्भाव र्‍याली

राजविराज । पेशागत सञ्जाल ९पापड० सप्तरीले जिल्लामा शान्ति, सामाजिक सद्भाव तथा आपसी भाइचारालाई सुदृढ बनाउने उद्देश्यले आइतबार बिहान राजविराजमा बृहत्  सद...

सामाजिक सद्‌भाव भाँड्न खोजेको अभियोगमा ४ जना पक्राउ

काठमाडौँ । सामाजिक सद्‌भाव खल्बल्याएको अभियोगमा पर्साबाट ४ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजु कार्कीका अनुसार उ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending