काठमाडौं । नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनले आज नेतृत्व चयन गर्ने भएको छ। अध्यक्ष केपी शर्मा ओली नेतृत्वमै पुनः सर्वसम्मतिको प्रयास भइरहेको छ।
शनिबार बसेको बन्दसत्रले अध्यक्ष ओलीलाई नै नेतृत्व चयन गर्ने जिम्मेवारी दिएको थियो। तर, उपाध्यक्ष भीम रावल र उपमहासचिव घनश्याम भुसालले त्यसको विरोध जनाइरहेका छन्।
उपाध्यक्ष रावलले आफ्नो अध्यक्ष पदमा उम्मेदवारी रहने अडान कायमै राखेका छन्। अध्यक्षमा उम्मेदवारी दिने तयारी गरेका रावलले उम्मेदवारी फिर्ता नलिए उनको उम्मेदवारी हलमै पेस गर्ने र पक्षमा रहेकालाई हात उठाउन लगाएर गणना गर्ने तयारी गरिएको पार्टी केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले बताए ।
यता, ओलीले आफ्नो नेतृत्वमा सम्भावित पदाधिकारीहरुको सूची तयार पारेका छन्। ओलीले वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल, उपाध्यक्षहरूमा अष्टलक्ष्मी शाक्य, सुवास नेम्बाङ, रामबहादुर थापा, सुरेन्द्र पाण्डे, विष्णु पौडेल र भीम रावल राखेका छन्।
यस्तै, महासचिवमा शंकर पोखरेल, उपमहासचिवमा घनश्याम भुसाल, प्रदीप ज्ञवाली र टोपबहादुर रायमाझी, सचिवमा पृथ्वी सुब्बा गुरुङ, योगेश भट्टराई, गोकर्ण विष्ट, रघुवीर महासेठ, लेखराज भट्ट, पद्मा अर्याल, विष्णु रिमाल, भानुभक्त ढकालमध्येबाट सहमति जुटाउने प्रयास गरिरहेका छन्।
१९ सदस्यीय पदाधिकारी, ४५ सदस्यीय स्थायी कमिटी, ९९ सदस्यीय पोलिटब्युरोसहित ३०१ सदस्यीय केन्द्रीय कमिटीको चयन गर्ने सर्वाधिकार शनिबारको बन्दसत्रले अध्यक्ष केपी शर्मा ओलीलाई दिएको थियो।
आज हुने बन्दसत्रमा ओलीले पदाधिकारीको नाम पढेर सुनाएपछि सुनाएपछि हलले ताली बजाएर अनुमोदन गर्ने तयारी गरेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २६ गते, २०८२ - ०९:३६
काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...
मंसिर २६ गते, २०८२ - ०८:३९
काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...
मंसिर २६ गते, २०८२ - ०७:५२
काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...
मंसिर २६ गते, २०८२ - ०७:३९
सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...
मंसिर २६ गते, २०८२ - ०७:३६
काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...
मंसिर २६ गते, २०८२ - ०७:३२
राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने
मंसिर २६ गते, २०८२ - ०७:२७
काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...
मंसिर २६ गते, २०८२ - ०७:२०
बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...
मंसिर २६ गते, २०८२ - ०७:१८
बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...
मंसिर २६ गते, २०८२ - ०७:१५
काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...




प्रतिकृया लेख्नुहोस्: