Khabar Dabali २५ बैशाख २०८३ शुक्रबार | 8th May, 2026 Fri

यी हुन् ओलीले घोषणा गर्नसक्ने सम्भावित एमालेको नयाँ नेतृत्व

भीम रावलले पछि नहटे हलबाटै हात उठाएर गणना गर्ने

खबरडबली संवाददाता

काठमाडौं । नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनले आज नेतृत्व चयन गर्ने भएको छ। अध्यक्ष केपी शर्मा ओली नेतृत्वमै पुनः सर्वसम्मतिको प्रयास भइरहेको छ। 

शनिबार बसेको बन्दसत्रले अध्यक्ष ओलीलाई नै नेतृत्व चयन गर्ने जिम्मेवारी दिएको थियो। तर, उपाध्यक्ष भीम रावल र उपमहासचिव घनश्याम भुसालले त्यसको विरोध जनाइरहेका छन्। 

उपाध्यक्ष रावलले आफ्नो अध्यक्ष पदमा उम्मेदवारी रहने अडान कायमै राखेका छन्। अध्यक्षमा उम्मेदवारी दिने तयारी गरेका रावलले उम्मेदवारी फिर्ता नलिए उनको उम्मेदवारी हलमै पेस गर्ने र पक्षमा रहेकालाई हात उठाउन लगाएर गणना गर्ने तयारी गरिएको पार्टी केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले बताए । 

यता, ओलीले आफ्नो नेतृत्वमा सम्भावित पदाधिकारीहरुको सूची तयार पारेका छन्। ओलीले वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल, उपाध्यक्षहरूमा अष्टलक्ष्मी शाक्य, सुवास नेम्बाङ, रामबहादुर थापा, सुरेन्द्र पाण्डे, विष्णु पौडेल र भीम रावल राखेका छन्। 

यस्तै, महासचिवमा शंकर पोखरेल, उपमहासचिवमा घनश्याम भुसाल, प्रदीप ज्ञवाली र टोपबहादुर रायमाझी, सचिवमा पृथ्वी सुब्बा गुरुङ, योगेश भट्टराई, गोकर्ण विष्ट, रघुवीर महासेठ, लेखराज भट्ट, पद्‌मा अर्याल, विष्णु रिमाल, भानुभक्त ढकालमध्येबाट सहमति जुटाउने प्रयास गरिरहेका छन्। 

१९ सदस्यीय पदाधिकारी, ४५ सदस्यीय स्थायी कमिटी, ९९ सदस्यीय पोलिटब्युरोसहित ३०१ सदस्यीय केन्द्रीय कमिटीको चयन गर्ने सर्वाधिकार शनिबारको बन्दसत्रले अध्यक्ष केपी शर्मा ओलीलाई दिएको थियो। 

आज हुने बन्दसत्रमा ओलीले पदाधिकारीको नाम पढेर सुनाएपछि सुनाएपछि हलले ताली बजाएर अनुमोदन गर्ने तयारी गरेको छ। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending