Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

एमालेमा ३०१ सदस्यीय केन्द्रीय कमिटी, यी क्षेत्रबाट गर्छन् प्रतिनिधित्व (सूचीसहित)

खबरडबली संवाददाता
काठमाडौं । चितवनका सौराहमा शुक्रबार बसेको नेकपा एमाले केन्द्रीय कमिटीको १५ औें बैठकद्धारा निर्णय गरिएको पार्टीको विधान संशोधन प्रस्ताबलाई आजको बन्दसत्रले पारित गरेको छ । १० औँ महाधिवेशनकोे बन्दसत्रमा  संगठन विभाग प्रमुख विष्णु पौडेलले प्रस्तुत गर्नु भएको प्रस्तावलाई बन्दसत्रले सर्वसहमतिले पारित गरेको हो । 
 
१९ पदाधिकारी सहित ३०१ सदस्यीय केन्द्रीय कमिटी रहने व्यवस्थालाई बन्दसत्रले पारित गरेको महाधिवेशन प्रचार कमिटी संयोजक योगेश भट्टराईले बताए। 
 
उनका अनुसार कमिटीमा अध्यक्ष १, बरिष्ठ उपाध्यक्ष १,उपाध्यक्ष ६,महासचिव १,उपमहासचिव ३ र सचिव ७ जना रहने छन् । 
 
पार्टीको प्रदेश कमिटीका अध्यक्ष मताधिकारसहित पदेन केन्द्रीय सदस्य रहने, पदाधिकारीसहित केन्द्रीय कमिटीले ४५ सदस्यीय स्थायी कमिटी र ९९ सदस्यीय  पोलिटब्यूरोे गठन गने, विधानमा पोलिटब्यूरोको काम कर्तब्य र अधिकार पनि तोकिएको छ । 
 
यस्तै, केन्द्रीय अनुशासन आयोग,केन्द्रीय लेखा आयोग र केन्द्रीय निर्वाचन आयोग अध्यक्ष, उपाध्यक्ष र सचिव सहित २५ सदस्यीय रहने, स्थायी कमिटीले आफनो कमिटीको कुल सदस्य संख्यामा नबढ्ने गरी केन्द्रीय सल्लाहकार परिषद गठन गर्न सक्ने, प्रदेश र जिल्ला कमिटीमा पनि सोही अनुरुप हुने व्यवस्था गरेको छ। 
 
प्रदेश कमिटी र जिल्ला कमिटीको आधार संख्या ७५ सदस्यीय हुने व्यवस्था समेत गरेको छ। केन्द्रीय आयोगहरुमा अध्यक्ष, उपाध्यक्ष र सचिव सहित  १३ खुला र ९ महिला सहित २५ सदस्य सदस्य निर्वाचित हुने वयवगस्था समेत गरेको छ। 
 
बन्द सत्रले ३०१ सदस्यीय केन्द्रीय कमिटीलाई विभिन्न क्षेत्रबाट प्रतिनिधित्व हुने गरी संख्या विभाजन गरेको छ । 
 
कुन क्षेत्रबाट कति ? 
 
प्रत्येक प्रदेशबाट ६ खुला ३ महिला गरी ९ जना सहित ७ वटा प्रदेशबाट ६३ सदस्य निर्वाचित हुने, 
 
उपत्यका विशेष समन्वयबाट १ खुला १ महिला गरी २ सदस्य निर्वाचित हुने 
 
सम्पर्क समन्वयबाट १ खुला १ महिला गरी २ सदस्य निर्वाचित हुने
 
आदिवासी जनजातिबाट १७ खुला र ८ महिला गरी २५ सदस्य निर्वाचित हुने 
 
तराई मधेशबाट १३ खुला र ६ महिला सहित १९सदस्य निर्वाचित हुने  
 
दलित समुदायबाट ८ खुला ४ सहित १२ सदस्य निर्वाचित हुने 
 
थारु समुदायबाट ५ खुला २ महिला सहित ७ सदस्य निर्वाचित हुने 
 
मुस्लिम समुदायबाट ४ खुला १ महिला सहित ५सदस्य निर्वाचित हुने 
 
श्रमिक क्षेत्रबाट ४ खुला २ महिला सहित ६ सदस्य निर्वाचित हुने 
 
पिछडिएको क्षेत्रबाट ३ खुला १ महिला सहित ४ सदस्य निर्वाचित हुने 
 
खुला क्षेत्रबाट ८४ खुला ५३ महिला सहित १३७ सदस्य निर्वाचित हुने 
Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले संस्थापनमा आकांक्षी धेरै, इतरपक्ष प्यानलको तयारीमा

काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...

काठमाडौंमा आज न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस, देशभरको मौसम कस्तो रहन्छ ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...

डडेल्धुराबाट काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना

काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...

दक्षिण कोरियामा बढ्यो रोजगारी

सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...

अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य बढ्यो, पाउन्डको घट्यो

काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...

सरकार र जेनजी प्रतिनिधिबीच भएको सम्झौतामा के छ ?

राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने

एनपीएल: फाइनल प्रवेशका लागि आज लुम्बिनी लायन्स र विराटनगर किङ्स भिड्दै

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत  दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...

धार्मिक सद्भावको अनुपमस्थल ‘कम्मर शाह मजार’

बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...

बडीमालिकाका सात वडा छाउपडी गोठमुक्त

बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...

‘प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण बनाइने’

काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending