Khabar Dabali २५ बैशाख २०८३ शुक्रबार | 8th May, 2026 Fri

एमालेमा ३०१ सदस्यीय केन्द्रीय कमिटी, यी क्षेत्रबाट गर्छन् प्रतिनिधित्व (सूचीसहित)

खबरडबली संवाददाता
काठमाडौं । चितवनका सौराहमा शुक्रबार बसेको नेकपा एमाले केन्द्रीय कमिटीको १५ औें बैठकद्धारा निर्णय गरिएको पार्टीको विधान संशोधन प्रस्ताबलाई आजको बन्दसत्रले पारित गरेको छ । १० औँ महाधिवेशनकोे बन्दसत्रमा  संगठन विभाग प्रमुख विष्णु पौडेलले प्रस्तुत गर्नु भएको प्रस्तावलाई बन्दसत्रले सर्वसहमतिले पारित गरेको हो । 
 
१९ पदाधिकारी सहित ३०१ सदस्यीय केन्द्रीय कमिटी रहने व्यवस्थालाई बन्दसत्रले पारित गरेको महाधिवेशन प्रचार कमिटी संयोजक योगेश भट्टराईले बताए। 
 
उनका अनुसार कमिटीमा अध्यक्ष १, बरिष्ठ उपाध्यक्ष १,उपाध्यक्ष ६,महासचिव १,उपमहासचिव ३ र सचिव ७ जना रहने छन् । 
 
पार्टीको प्रदेश कमिटीका अध्यक्ष मताधिकारसहित पदेन केन्द्रीय सदस्य रहने, पदाधिकारीसहित केन्द्रीय कमिटीले ४५ सदस्यीय स्थायी कमिटी र ९९ सदस्यीय  पोलिटब्यूरोे गठन गने, विधानमा पोलिटब्यूरोको काम कर्तब्य र अधिकार पनि तोकिएको छ । 
 
यस्तै, केन्द्रीय अनुशासन आयोग,केन्द्रीय लेखा आयोग र केन्द्रीय निर्वाचन आयोग अध्यक्ष, उपाध्यक्ष र सचिव सहित २५ सदस्यीय रहने, स्थायी कमिटीले आफनो कमिटीको कुल सदस्य संख्यामा नबढ्ने गरी केन्द्रीय सल्लाहकार परिषद गठन गर्न सक्ने, प्रदेश र जिल्ला कमिटीमा पनि सोही अनुरुप हुने व्यवस्था गरेको छ। 
 
प्रदेश कमिटी र जिल्ला कमिटीको आधार संख्या ७५ सदस्यीय हुने व्यवस्था समेत गरेको छ। केन्द्रीय आयोगहरुमा अध्यक्ष, उपाध्यक्ष र सचिव सहित  १३ खुला र ९ महिला सहित २५ सदस्य सदस्य निर्वाचित हुने वयवगस्था समेत गरेको छ। 
 
बन्द सत्रले ३०१ सदस्यीय केन्द्रीय कमिटीलाई विभिन्न क्षेत्रबाट प्रतिनिधित्व हुने गरी संख्या विभाजन गरेको छ । 
 
कुन क्षेत्रबाट कति ? 
 
प्रत्येक प्रदेशबाट ६ खुला ३ महिला गरी ९ जना सहित ७ वटा प्रदेशबाट ६३ सदस्य निर्वाचित हुने, 
 
उपत्यका विशेष समन्वयबाट १ खुला १ महिला गरी २ सदस्य निर्वाचित हुने 
 
सम्पर्क समन्वयबाट १ खुला १ महिला गरी २ सदस्य निर्वाचित हुने
 
आदिवासी जनजातिबाट १७ खुला र ८ महिला गरी २५ सदस्य निर्वाचित हुने 
 
तराई मधेशबाट १३ खुला र ६ महिला सहित १९सदस्य निर्वाचित हुने  
 
दलित समुदायबाट ८ खुला ४ सहित १२ सदस्य निर्वाचित हुने 
 
थारु समुदायबाट ५ खुला २ महिला सहित ७ सदस्य निर्वाचित हुने 
 
मुस्लिम समुदायबाट ४ खुला १ महिला सहित ५सदस्य निर्वाचित हुने 
 
श्रमिक क्षेत्रबाट ४ खुला २ महिला सहित ६ सदस्य निर्वाचित हुने 
 
पिछडिएको क्षेत्रबाट ३ खुला १ महिला सहित ४ सदस्य निर्वाचित हुने 
 
खुला क्षेत्रबाट ८४ खुला ५३ महिला सहित १३७ सदस्य निर्वाचित हुने 
Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending