Ntc summer Offer
Khabar Dabali ३ चैत्र २०८१ सोमबार | 17th March, 2025 Mon
Investment bank

पशुपति आर्यघाटबाट बाँस र लुगाफाटो व्यवस्थापन गर्न माग

खबरडबली संवाददाता

काठमाडौं । पशुपति क्षेत्रस्थित आर्यघाटमा शव जलाउँदा प्रयोग हुने बाँस, लुगाफाटो आदि वाग्मतीमा बगाउँदा त्यसमुनिको क्षेत्रमा फोहर भएको भन्दै अभियानकर्मीले व्यवस्थापन गर्न माग गरेका छन् ।
 
वाग्मती सफाइ महाअभियानको ४४६औँ हप्तामा सिनामङ्गलस्थित वाग्मती पुलमुनिको नदी किनारमा सफाइ गर्दा पशुपति आर्यघाटबाट बगेर आएको बाँस, लुगाफाटोलगायत फोहर धेरै भेटिएको अभियानकर्मी किशोरसिंह शाहीले राससलाई जानकारी दिए। पशुपति क्षेत्र विकास कोषलाई आर्यघाटमै बाँस, लुगाफाटोलगाययत फोहर व्यवस्थापन गर्न हार्दिक अनुरोध गरिएको पनि उहाँले बताए।
   
पशुपति आर्यघाटमा दाहसंस्कारमा प्रयोग हुने दाउराको व्यवस्थापन भने राम्रोसँग भइरहेको वाग्मती सफाइ महाअभियानले जनाएको छ । आर्यघाबाट आएको बाँस, लुगाफाटोलगायत फोहरले नदी सफाइमा अप्ठ्यारो भएको अभियानकर्मीको गुनासो छ । यसैले कोषलाई छिटो समस्या समाधानका लागि आग्रह गरिएको अभियानकर्मी शाहीले सुनाए। 
  
राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा भन्ने नाराका साथ विसं २०७० जेठ ५ गतेदेखि सुरु भएको वाग्मती सफाइ महाअभियान जारी छ । महाअभियान सुरु भएदेखि प्रत्येक हप्ताको शनिबार बिहान दुई घण्टा चाडपर्व, जाडो, गर्मी, वर्षा, प्राकृतिक प्रकोपलगायत प्रतिकूल अवस्थामा पनि सफाइ जारी रहने गरेको छ । जाडोमा बिहानै अभियानकर्मी स्वयंसेवाका लागि वाग्मती नदी किनारमा पुग्ने गरेका छन् ।
  
सिनामङ्गल पुलमुनिको वाग्मती किनारमा भएको आजको सफाइमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष उद्धवप्रसाद तिमिल्सिना, स्थानीयवासी, अधिकार सम्पन्न वाग्मती समितिका कर्मचारी, हलेसी डेकोर, काठमाडौँ महानगरपालिका फोहरमैला  व्यवस्थापन विभाग टेकु, काठमाडौँ उपत्यका खानेपानी लिमिटेड एवं वाग्मती सफाइ अभियानकर्मीको सक्रियता थियो । सफाइबाट चार मेट्रिकटन फोहर व्यवस्थापन गरिएको छ । 
  
यसैगरी गुह्येश्वरीमाथिको वाग्मती सफाइको ४१५औँ हप्तामा गोठाटार पुल क्षेत्रको नदी किनारमा सफाइ गरिएको छ । विगत १० हप्तादेखि शुन्य फोहर अवधारणाअन्तर्गत सफाइ भइरहेको वाग्मती सुन्दरता सरोकार मञ्चको अध्यक्षसमेत रहेका अभियानकर्मी उत्तम पुडासैनीले जानकारी दिए। 
 
फोहरलाई स्रोतमै वर्गीकरण गरेर यो अवधारणालाई सफल बनाउने लक्ष्य लिइएको जनाइएको छ । फोहर वर्गीकरण र व्यवस्थापनमा सबैले गौरव गर्नुपर्ने भन्दै मञ्चले यस क्षेत्रमा जागरण अभियान चलाएको छ । 
 
मनोहरा सफाइ अभियानको २४५औँ हप्तामा काठमाडौँ महानगरपालिका वडा नं ३२ स्थित पेप्सीकोला क्षेत्रमा सफाइ गरिएको छ । मनोहरा सफाइ तथा सम्पदा बचाउ अभियानको आयोजनामा भएको सफाइमा ७० जनाभन्दा बढी अभियानकर्मीको सक्रियता रहेको संयोजक चन्द्र दङ्गालले राससलाई जानकारी दिए। सफाइबाट एक गाडी फोहर व्यवस्थापन भएको छ । फोहर काठमाडौँ महानगरपालिकाको गाडीले लगेको जनाइएको छ ।

यसैगरी आज रुद्रमती, विष्णुमतीको माथिल्लो र तल्लो भाग, चक्रपथको उत्तरी र पश्चिमी भाग, ललितपुरको गोदावरीखोला लगायत स्थानमा पनि सफाइ गरिएको छ । वाग्मती सफाइ महाअभियान सुरु भएपछि यी सफाइ अभियान सुरु भएका हुन् । महाअभियान सुरु भएपछि हाल काठमाडौँ उपत्यकामा २५ स्थानमा सफाइ भइरहेको जनाइएको छ । 
 
यसैगरी काठमाडौँ उपत्यका बाहिरका मुख्य शहर, नदी र सांस्कृतिक सम्पदा क्षेत्रमा पनि सफाइ भइरहेको छ । वाग्मती सफाइ महाअभियानबाट प्रभावित भई भएको सफाइ हाल देशभर १०८ स्थानमा भइरहेको छ । अभियानमा स्थानीयवासीको सक्रियता बढ्न नसकेको, स्थानीय सरकारले सफाइलाई स्वामित्व नलिएकोलगायत गुनासो अभियानकर्मीले पोख्ने गरेका छन् ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राजनीति गर्ने मान्छे स्वच्छ छैन, पारदर्शी छैन, नैतिक छैन भन्ने भाव जनतामा छ: नैनसिंह महर

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरले राजनीतिज्ञमा निष्ठाभावको ठूलो महत्त्व हुने औंल्याएका छन्। रामहरि ढु...

मौलिक र वास्तविक मूल्याङ्कनबाट मात्र राष्ट्रिय सुरक्षालाई सुदृढ तुल्याउन सकिन्छः प्रधानसेनापति

काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रिय सुरक्षाको प्रमुख उद्देश्य राज्यशक्तिका संयन्त्रहरुको समन्वयात्मक उपयोगबाट राष्ट्रहित प्रवर्द्धन ग...

कर्णालीमाथि एपीएफको सहज जित

काठमाडौँ । जारी पीएम कपमा एपीएफ क्लबले कर्णाली प्रदेशलाई पराजित गरेको छ । आइतबार सिद्धार्थनगर रंगशालामा सम्पन्न खेलमा एपीएफले कर्णालीलाई ५ विकेटले परा...

उत्तरी म्यासेडोनियाको नाइटक्लबमा आगलागी, ५१ जनाको मृत्यु

काठमाडौँ । उत्तरी म्यासेडोनियाको नाइटक्लबमा आगलागी हुदा ५१ जनाको मृत्य भएको छ । आगलागीमा कम्तीमा ५१ जनाको मृत्यु भएको छ भने १०० भन्दा बढी घाइते भएको ब...

टिकटकर कुल ब्वायले गरे स्मार्ट पोइन्टको उद्घाटन

काठमाडौं । अभिनेता तथा टिकटकर कुल ब्वायले स्मार्ट पोइन्टको उद्घाटन गरेका छन्। काठमाडौंको केएल टावसरको दोस्रो तलामा रहेको स्मार्ट पोइन्टको शनिबार एक का...

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई बहु...

नेप्से परिसूचकमा २१ अङ्कको गिरावट, छ अर्ब ८३ करोडको कारोबार

काठमाडौं। साताको कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक २१ दशमलव ६३ अङ्कले घटे...

स्वास्थ्य बीमा सुधार सुझाव समितिको प्रतिवेदन सार्वजनिक

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य बीमा सुधार सुझाव कार्यदलको प्रतिवेदन सार्वजनिक गरेको छ । मन्त्रालयमा एक कार्यक्रम गरी मन्त्...

सेती लोकमार्गको काम छिटो सुरु गर्न प्रेम आलेको सरकारलाई ध्यानाकर्षण

काठमाडौँ । प्रतिनिधि सभा सदस्य एवं नेकपा (एकीकृत समाजवादी) का नेता प्रेमबहादुर आलेले वन तथा वातावरण मन्त्रालयले बाहानाबाजी गरी भोकाधिकार र रुख कटान आद...

बागमतीमाथि लुम्बिनी ४८ रनले विजयी

काठमाडौं । जारी पीएम कपमा लुम्बिनी प्रदेशले बागमती प्रदेशमाथि रोमाञ्चक जित हासिल गरेको छ । देउखुरी क्रिकेट स्टेडियममा आइतबार सम्पन्न खेलमा लुम्बिनीले ...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Krishi Bikas Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy