काठमाडौं । बिहिबारदेखि महिला हिंसाविरुद्धको १६ दिने अभियान सुरु भएको छ । अभियानको पहिलो दिन काठमाडौँ महानगरपालिकाले आयोजना गरेको कार्यक्रममा उपप्रमुख हरिप्रभा खड्गीले आर्थिक उन्नति र शिक्षाको अवसरले महिलाको सशक्तीकरण हुने र यस अवस्थामा हिंसाका घटना कम हुने धारणा राखिन्।
अन्तक्र्रियामा अधिवक्ता मीरा ढुङ्गानाले महिला, पुरुष वा तेस्रो लिङ्गी भएकै कारण भेद्भाव, अपमान, दुव्र्यवहार, शारीरिक, मानसिक, भावनात्मक वा यौनजन्य पीडा सबै हिंसा रहेको भन्दै त्यसलाई कम गर्नका लागि कानून कार्यान्वयनमा जोड दिनुपर्ने बताइन्।
नेपालमा बोक्सीको आरोप, महिनावारी र सुत्केरीसम्बन्धी मूल्यमान्यता, गाली, बेइज्जती, छुवाछूत, दाइजो, लिङ्ग पहिचानबाट गरिने भ्रूण हत्याजस्ता हिंसा धेरै हुने गरेको तथ्याङ्कले देखाउँछ ।
यस प्रकारका अपराध हुन नदिन नेपालको संविधानले विभिन्न अधिकारको व्यवस्था गरेको छ । महिलाको हक, शोषणविरुद्धको हक, छुवाछूत र भेदभावविरुद्धको हक, समानताको हक, न्यायसम्बन्धी हक, अपराध पीडितको हक, बालबालिकाको हकलाई मुख्यरूपमा लिन सकिन्छ ।
सन् १९९१ देखि हरेक वर्षको नोभेम्बर २५ देखि डिसेम्बर १० तारिखसम्म विभिन्न कार्यक्रमका साथ यो अभियान सञ्चालन हुँदै आएको छ । लिङ्गका आधारमा हुने सबै प्रकारका हिंसा र अपराध हटाएर समानतामा आधारित समाज निर्माण गर्नु यस अभियानको मुख्य लक्ष्य हो ।
यस वर्ष मङ्सिर ९ गतेदेखि १६ दिनसम्म अभियान सञ्चालन हुनेछ । यस वर्षको नारा ‘घरैबाट सुरु गरौँ, महिला हिंसा अन्त्य गरौँ’ रहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ २१ गते, २०८२ - ०८:२५
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनमा नेकपा एमाले वा नेपाली कांग्रेससँग कुनै पनि प्रकारको चुनावी सम...
माघ २१ गते, २०८२ - ०८:११
बुटवल । रुपन्देहीको ओमसतिया गाउँपालिका–४ बसन्तपुरमा विद्यार्थी सवार बस दुर्घटना हुँदा १० जना भन्दा बढी विद्यार्थी घाइते भएका छन् । घाइतेमध्ये केहीको अ...
माघ २१ गते, २०८२ - ०८:०३
म्याग्दी । बेनी नगरपालिकामा रहेका तीनवटा धार्मिकस्थल गलेश्वर, पुलाश्रम (पछै) र जगन्नाथ जोड्ने सडक स्तरोन्नतिका लागि सञ्चालित योजना लक्ष्यअघि नै सम्पन्...
माघ २१ गते, २०८२ - ०७:५५
तनहुँ । यहाँको ऋषिङ गाउँपालिका वडा नम्बर ७ मा अफ्रिकन स्वाइन फिभर भाइरसका लक्षणसहित एक किसानका पाँच वटा बङ्गुर मरेका छन् । स्थानीय ऋषिराम थापाले पा...
माघ २१ गते, २०८२ - ०७:५३
भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिका–१, श्यामशिला चाँपेका किसानहरु सिँचाइ सुविधा विस्तार भएसँगै व्यावसायिक तरकारी खेतीतर्फ आकर्षित भएका छन् । गाउँमा...
माघ २१ गते, २०८२ - ०७:४८
बाजुरा । बाजुरामा पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘एचपिभी’ खोप अभियान सञ्चालन हुने भएको छ । स्वास्थ्य कार्यालय बाजुराका अनुसार राष्ट्रिय खोप कार्यक्र...
माघ २१ गते, २०८२ - ०७:४५
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी, निर्वाचन परिचालन समितिको सचिवालय बैठकले छिट्टै चुनावी घोषणापत्र प्रकाशन गर्ने निर्णय गरेको छ । पार्टी केन्द्री...
माघ २१ गते, २०८२ - ०७:४०
सर्लाही । जिल्ला प्रशासन कार्यालय सर्लाहीले पहिलोपटक आमाको नाममा नागरिकता जारी गरेको छ । सोमबार यहाँको लालबन्दी नगरपालिका–७, बस्ने राम मनोहर गुप्तालाई...
माघ २१ गते, २०८२ - ०७:३२
काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । देशभर आंशिक बादल लागेको छ । तराईका केही स्थानहरूमा हुस्सु लागेको मौसम पूर्व...
माघ २१ गते, २०८२ - ०७:२५
काठमाडौँ । नेपाल आयल निगमले बजारमा ग्यासको अभाव नरहेको स्पष्ट पारेको छ । निगमले प्रेस विज्ञप्ति जारी गर्दै ग्यास उद्योगलाई बजारमा सिलिण्डरको आपूर्ति स...



प्रतिकृया लेख्नुहोस्: