काठमाडौं । नेकपा(एमाले) काे दशौं राष्ट्रिय महाधिवेशनमा एमालेको निमन्त्रणा स्वीकार गरी ८ वटा विदेशी पार्टीका १५ जना पाहुनाहरु उपस्थित हुने भएका छन् ।
महाधिवेशनको पूर्वसन्ध्यामा नेकपा(एमाले) विदेश मामिला विभागले काठमाडौंमा पत्रकार सम्मेलन गरी साे जानकारी गराएकाे हाे ।
महाधिवेशनमा भारत, बंगलादेश, श्रीलंका र कम्बोडियाबाट ८ वटा पार्टीका १५ जना पाहुनाहरु महाधिवेशनमा उपस्थित हुने निश्चित भएको एमाले विदेश मामिला विभागका प्रमुख तथा महाधिवेशन अतिथी सत्कार समितिका संयोजक डा. राजन भट्टराईले जानकारी दिए ।
यसका साथसाथै २५ वटा देशबाट महाधिवेशनका लागि शुभकामना सन्देश प्राप्त भएको भट्टराईले जानकारी दिए ।
विदेशी पाहुनाहरुलाई काठमाडौंमा रहँदा होटल सोल्टीमा बसोबासको व्यवस्था गरिएको र मंसिर ९ गते(बिहीवार) साँझ एमाले विदेश मामिला विभागका प्रमुख तथा महाधिवेशन अतिथी सत्कार समितिका संयोजक भट्टराईले रात्रीभोजको आयोजना गरेको जनाइएको छ ।
विदेशी पाहुनाहरुले महाधिवेशनको उद्घाटन सत्रमा सहभागिता जनाउँदै शुभकामना पनि दिने अतिथी सत्कार समितिले जानकारी दिएको छ ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले विदेशी पाहुनाहरुलाई मंसिर १२ गते बिहान चितवनमा संयुक्त ब्रेकफाष्ट मिटिङ गर्ने कार्यसूची रहेको छ । अतिथि सत्कार समितिको अनुसार चितवनमा रहँदा पाहुनाहरुलाई ग्रिन मेनसन जंगल रिसोर्टमा बसोबासको व्यवस्था मिलाइएको छ । त्यसैगरी स्थानीय पर्यटकीय क्षेत्रको भ्रमण गराउनुका साथै जीप सफारी र थारु सांस्कृतिक प्रदर्शनीको अवलोकन समेत गराइने भएको छ ।
महाधिवेशनमा संघीय संसदमा प्रतिनिधित्व गर्ने सात वटा राजनीतिक दललाई निमन्त्रणा गरिएको भएपनि हालसम्म प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले कार्यक्रममा सहभागि हुने जानकारी गराउनुभएको एमाले दशौं राष्ट्रिय महाधिवेशन अतिथी सत्कार समितिले जानकारी दिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २० गते, २०८२ - १९:१५
काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचन विरोधी गतिविधिमा सङ्लग्न एक सय ६० जना पक्राउ परेका छन् । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महा...
फाल्गुन २० गते, २०८२ - १९:१०
इलाम। निर्वाचनको समयमा सुरक्षा चुुनौती आइलागे नेपाली सेना आधा घण्टामै पुग्ने जनाएको छ । २१ गते हुुने प्रतिनिधिसभा निर्वाचनलाई स्वतन्त्र, भयरहित र निष्...
फाल्गुन २० गते, २०८२ - १७:०६
काठमाडौँ । निर्वाचन नजिकिँदै जाँदा विगतमा भएका मतपत्र च्यातिने घटनाहरू पुन: चर्चामा आउने गरेका छन्। यस्ता घटनाले देशव्यापी बहस जन्माएसँगै निर्वाचन आयो...
फाल्गुन २० गते, २०८२ - १७:०१
काठमाडौँ । निर्वाचन आयोगले मतदान सम्पन्न भई मतगणना सुरु भएको २४ घण्टाभित्रै पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) तर्फको मत परिणाम सार्वजनिक गरिसक्ने ...
फाल्गुन २० गते, २०८२ - १६:५६
दमक। झापा क्षेत्र नं ५ मा प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षालाई लक्षित गर्दै नेपाली सेनाले हवाई गस्ती सुरु गरेको छ । बिहीबार हुने निर्वाचनलाई ध्यान...
फाल्गुन २० गते, २०८२ - १६:५३
नेपालगन्ज । फागुन २१ गते विहिबार हुने प्रतिनिधि सभा सदस्य निर्वाचनकालागि बाँके निर्वाचन क्षेत्र नम्बर २ को मतगणना तयारी पूरा गरिएको छ । मतगणनाका लागि ...
फाल्गुन २० गते, २०८२ - १६:२९
काठमाडौँ। निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले प्रतिनिधिसभा सदस्य निर्वाचनमा उत्साहपूर्वक र सक्रिय रूपमा सहभागी हुन आम...
फाल्गुन २० गते, २०८२ - १६:२३
काठमाडौं । निर्वाचनको मौन अवधिमा उम्मेदवारका तस्वीर सामाजिक सञ्जालमा सार्वजनिक गरेको आरोपमा टिकटकर रतन कार्कीमाथि प्रहरीले सोधपुछ गरेको छ। जिल्ला प...
फाल्गुन २० गते, २०८२ - १५:४६
काठमाडौं । राष्ट्रिय सुरक्षा परिषद् को बैठक सुरु भएको छ। प्रधानमन्त्री सुशीला कार्की ले बुधबार दिउँसो ३ बजे परिषद्को बैठक बोलाएकी थिइन्। केहीबेरदेख...
फाल्गुन २० गते, २०८२ - १५:४०
काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ का दौरान देशभरका मतदान केन्द्रमा खटिएका ११ जना निर्वाचन प्रहरी र एक सहायक निरीक्षकको विभिन्न दुर्घटना र ...



प्रतिकृया लेख्नुहोस्: