काठमाडौँ । आवास तथा बस्तीसम्बन्धी क्षेत्रीय सिकाइ एवं सहकार्यका लागि तेस्रो ‘एसिया सेल्टर फोरमको वार्षिक सम्मेलन’ विहीबारदेखि ललितपुरमा सुरु हुने भएको छ ।
गृह मन्त्रालय तथा यसको मातहत रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र सहरी विकास मन्त्रालयको नेतृत्वमा एसिया सेल्टर फोरमको प्राविधिक तथा आर्थिक सहयोगमा उक्त सम्मेलन गर्न लागिएको हो ।
यही सङ्सिर ११ गतेसम्म चल्ने सम्मेलनमा अन्तर्राष्ट्रिय रूपमा विपद्को पुनर्निर्माण तथा पुनस्र्थापनका सम्बन्धमा भए गरेका कार्यहरू सिकाइ एवं अनुभव आदानप्रदान हुने प्राधिकरणका प्रवक्ता डा डिजन भट्टराईले जानकारी दिए ।
उक्त सम्मेलनमा सरकार, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था तथा समुदायमा आधारित संस्थामार्फत सहकार्य र सञ्जाल विस्तार गरी जोखिम वर्गमा रहेका घरधुरीका लागि सुरक्षित आवास निर्माणका उपाय पहिचान गरिनेछ ।
यस्तै विभिन्न देशमा हालै भएका विपद्का घटनाबाट सिकिएका पाठ र अनुभवबारे छलफल गरी निष्कर्ष निकाल्ने आवास पुनर्निर्माण तथा पुनस्र्थापना मञ्च नेपालका राष्ट्रिय संयोजक मिनार थापा मगरले जानकारी दिए ।
सम्मेलनमा आवास तथा बस्तीसँग सम्बन्धित राम्रा अभ्यास, सिकाइ, तथा चुनौती एवं नेपालले कार्यान्वयनमा ल्याएका कायक्रमका विषयमा समेत छलफल हुनेछ । सम्मेलनका सबै सत्रमा विगतमा प्राप्त अनुभवको अभिलेखीकरण गर्नाका साथै नेपालमा आवास निर्माणसम्बन्धी हासिल गरेका अभ्यासलाई सुदृढीकरण गर्न बनाइने भावी रणनीतिका विषयमा समेत छलफल हुनेछ ।
सम्मेलनको दोस्रो दिन शुक्रबार प्रस्तुतीकरण, समूहगत छलफल, घटना अध्ययन, खुलासत्रमार्फत आवास तथा बस्तीसँग केन्द्रित प्राविधिक सत्रहरू आयोजना हुनेछ । यसले सरकारलाई आवास तथा बसोबासमा लगानी वृद्धि गर्न पैरवी गर्ने विश्वास लिइएको छ । एसिया प्रशान्त क्षेत्रमा आवाससम्बन्धी अध्ययन गर्ने अध्यता तथा सङ्घसंस्थालाई एक ठाउँमा ल्याई सञ्जाल स्थापना गर्न सहयोग पुग्ने आशा आयोजकको छ ।
उक्त सम्मेलनमा इन्डोनेसिया, बङ्गलादेश, भियतनामका साथै विभिन्न देशमा विपद्पछिको आवास व्यवस्थापनसम्बन्धी काम गर्ने संस्थाका गरी ३० जना विदेशी प्रतिनिधिसहित २०० जनाको प्रत्यक्ष उपस्थिति रहने र भर्चुअल विधिबाट ४०० जना सहभागी रहने जनाइएको छ ।
उक्त सम्मेलनको आयोजक समितिमा सिआरएस नेपाल, अन्तर्राष्ट्रिय रेडक्रम महाङ्घ, अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन, राष्ट्रिय इन्जिनियर सङ्घ, ह्याबिट्याट फर ह्युम्यानिटी इन्टरनेसनल, केयर नेपाल, गैरसरकारी संस्था महासङ्घ, आवास पुनस्र्थापना तथा पुनर्निर्माण समन्वय मञ्च रहेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...




प्रतिकृया लेख्नुहोस्: