Khabar Dabali २९ मंसिर २०८२ आईतवार | 14th December, 2025 Sun
Investment bank

कोभिडको बहाना नबनाऔँ, युवालाई सहजीकरण गरौँः मन्त्री गहतराज

खबरडबली संवाददाता

काठमाडौं । युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराजले जनसङ्ख्या र कार्यक्षेत्रको मनोविज्ञान बुझेर बजेट विनियोजन हुन आवश्यक रहेको बताएका छन् । 

युवा तथा खेलकुद मन्त्रालयको आव २०७७÷७८ को वार्षिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको आज बसेको बैठकमा उनले जनसङ्ख्याको ठूलो हिस्साको प्रतिनिधित्व गर्ने मन्त्रालय भएकाले सोही अनुरुपको बजेट विनियोजनका लागि आग्रह गरे ।

सरकारले युवा तथा खेलकुद मन्त्रालयका लागि वार्षिक कूल बजेटको ०.१६ प्रतिशत मात्र बजेट विनियोजन गर्दैआएको छ । मन्त्री गहतराजले भने, “अव कोभिड–१९ को बहाना बनाएर जिम्मेवारीबाट पन्छने होइन, प्रत्येक युवालाई मन्त्रालय मेरो हो भन्ने अनुभूति दिलाउने गरी हामीले काम सक्नुपर्छ । युवालाई प्रेरित गर्ने ढङ्गबाट सहजीकरण गरिदिनुपर्छ ।”

मन्त्रालयले आगामी दिनमा रङ्गशालालगायतका केही राष्ट्रिय गौरवका आयोजना सञ्चालन गर्न एकिकृत र विकेन्द्रिकृत कार्यक्रम बनाउनुपर्नेमा जोड दिदैँ उहाँले बेरुजु फछ्र्यौटलाई अभियानका साथ नीतिगत र कानूनीरुपमा अघि बढाउन निर्देशन दिए ।
 
उक्त मन्त्रालय र मातहतका निकायको अघिल्लो आर्थिक वर्षमा रु चार अर्ब २४ करोड ५८ लाख बेरुजु रहेकामा रु २२ करोड ९० लाख हजार अर्थात  ६।१० प्रतिशत मात्र फछ्र्यौट भएको आँकडा प्रस्तुत गरियो ।

राष्ट्रिय योजना आयोगका सदस्य उमाशङ्कर प्रसादले स्वीकृत कार्यक्रम र लक्ष्यभन्दा बाहिर गएर काम गर्ने प्रवृत्तिलाई रोक्न तथा पेचिलो अवस्थामा रहेको बेरुजु फछ्र्यौटमा विशेष ध्यान दिन सुझाव दिए । उनले भने, “सरकारले युवाको क्षमता बढाउन बजेट होइन, सशक्तीकरणका कार्यक्रम सञ्चालन गर्नुपर्छ, बालबालिका र ज्येष्ठ नागरिकका लागि भने बजेट चाहिन्छ, प्राथमिकता निर्धारणका साथ विनियोजन भएको रकमका अधिकतम सदुपयोग होस् ।”

मन्त्रालयका सचिव डा। दामोदर रेग्मीले मन्त्रालय मातहतका काम कारवाहीमा शुद्धता, अनुशान र प्रभावकारी तुलाउने विषयलाई जोड दिइने अठोट गरे। उनले भने, “खेलकूद परिषद्लगायतका निकाय मन्त्रालयप्रति उत्तरदायी बन्नुपर्छ, मन्त्रालयको वार्षिक बजेटभन्दा ठूलो परिमाणमा रहेको बेरुजु फछ्र्यौटमा विशेषरुपमा लाग्नुपर्नेछ ।” सरकारले उक्त मन्त्रालय मातहत ‘एक पालिकाः एक खेलग्राम कार्यक्रम’ सञ्चालन गरेकामा हालसम्म १४० वटालाई वित्तीय हस्तान्तरण गरिएको छ ।
 
राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष शिवप्रसाद कोइरालाले स्वीकृत कार्यक्रम र योजना अघि बढाउने सन्दर्भमा राजनीतिक आस्थाका आधारमा भुक्तानीसम्बन्धी हुने गुनासो एवम् समस्या सदाका लागि अन्त्य गर्न आवश्यक रहेको धारणा राखे ।

सो अवसरमा अर्थमन्त्रालय, राष्ट्रिय योजना आयोगका प्रतिनिधिले बजेट सीमाभित्रको अनुशासनमा रही कार्यक्रम तर्जुमा गर्न,  आयोजना निर्माणको प्रभावकारी अनुगमन गर्न, सार्वजनिक खर्चको सही सदुपयोग तथा मितव्ययी र पारदर्शी तुल्याउन सुझाव दिए।
  
समीक्षामा मन्त्रालय मातहतका राष्ट्रिय खेलकुद परिषद, युवा तथा साना व्यवसायी स्वरोजगार कोष, राष्ट्रिय युवा परिषद र नेपाल स्काउटका प्रमुख एवं प्रतिनिधिले आ–आफना संस्थाले अघि सारेका ठोस नीति तथा कार्यक्रम, कार्यप्रगति र कार्यान्वयनमा देखिएका चुनौतीसहितको प्रस्तुतीकरण गर्नुभयो ।

उक्त मन्त्रालय मातहत कुनै राष्ट्रिय गौरवका आयोजना नभए पनि ‘एक पालिका एक खेलमैदान’ कार्यक्रमलाई बजेट अभावको अवस्थामा पनि प्राथमिकताका साथ अघि बढाएको जानकारी दिइयो । पहिलो प्राथमिकता प्राप्त छ वटा विकास आयोजना रहेकामा एउटाको ८० प्रतिशत भन्दामाथि, तीन वटाको ५० देखि ८० र दुई वटाका ५० भन्दाकम प्रगति रहेको  बताइएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मुग्लिन-पोखरा सडक शीघ्र सम्पन्न गर्न मन्त्री घिसिङको निर्देशन

तनहुँ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले निर्माणाधीन मुग्लिन-पोखरा सडक शीघ्र सम्पन्न गर्न निर्देशन दिएको छन् । जामुनेबाट पोखरासम्म पर्...

कर्णाली प्रदेशमा नेकपाको संसदीय दल नेता चयनमा प्रचण्डको चासो, छलफलबाटै टुङ्ग्याउन निर्देशन

सुर्खेत । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कर्णाली प्रदेश संसदीय दलको नेता चयन प्रक्रियाबारे चासो व्यक्त गरेका छन...

एमालेको बन्दसत्र दिउँसो ३ बजेदेखि भृकुटीमण्डपमा सुरु हुने

काठमाडौँ । नेकपा एमालेको बन्दसत्र आइतबार दिउँसो ३ बजेदेखि भृकुटीमण्डपमा सुरु हुने भएको छ। एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले दिउँसो ३ बजेदेखि ...

महान्यायाधीवक्ता सविता भण्डारी ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालबाट निलम्बित

काठमाडौं। ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपालले महान्यायाधीवक्ता सविता भण्डारी बराललाई साधारण सदस्यबाट निलम्बन गरेको छ। सार्वजनिक पदमा नियुक्त भ...

कांग्रेस लमजुङबाट २४ जनाको नाम सिफारिस

लमजुङ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेस लमजुङले आंकाक्षी उम्मेदवार सबैको नाम केन्द्रीय समितिमा सिफारिस गरेको छ ।  ...

एमाले केन्द्रीय कमिटी बैठक : विधान संशोधन प्रस्तावमा छलफल

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्र सुरु हुनुअघि पार्टी केन्द्रीय कमिटीको अन्तिम बैठक भएको छ । बन्दसत्...

दस दिनका लागि ३५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आइतबार १० दिनका लागि ३५ अर्ब निक्षेप खिच्दैछ । अधिक तरलता कायमै रहेपछि राष्ट्र बैंकले आज फेरि निक्षेप सङ्कलन उपकरण बोलक...

सुनको मुल्य अहिलेसम्मकै उच्च, प्रतितोला २ लाख ५८ हजार ८ सय

काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मुल्य अहिलेसम्मकै उच्च भएको छ । सुनको मुल्य प्रतितोला २ लाख ५८ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्य...

वीरगञ्ज महानगरले बिपी उद्यान अतिक्रमण गरेर व्यवसाय गर्नेलाई हटायो

पर्सा। वीरगञ्ज महानगरपालिकाले घण्टाघर चोकसँगै रहेको बिपी उद्यान अतिक्रमण गरेर अस्थायी रूपमा सञ्चालन हुँदै आएका पसल हटाएको छ । मुख्य सहरमा रहेका फलफ...

बन्दसत्र सुरु हुनुअघि एमाले केन्द्रीय कमिटी बैठक सुरु

काठमाडौं । ११औं महाधिवेशनको बन्दसत्र सुरु हुनुअघि नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु भएको छ ।  भृकुटीमण्डपमा केहिबेरअघि सुरु भएको बैठकमा पार्ट...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending