Khabar Dabali १७ जेष्ठ २०८३ आईतवार | 31st May, 2026 Sun
Investment bank

महिला टी २० विश्वकप एशिया छनोटमा नेपाल हङ्‌कङसँग पराजित

खबरडबली संवाददाता

काठमाडौं । आइसीसी महिला टी-२० विश्वकप एसिया क्षेत्र छनोटको पहिलो खेलमा नेपाल हङकङसँग ६ विकेटले पराजित भएको छ।

हङकङकी प्रारम्भिक खेलाडी मारिको हिलले शानदार ब्याटिङ गर्दै ४२ बलमा ४४ रन जोडेर अविजित रहँदै टोलीलाई जिताउन मुख्य भूमिका खेलिन्।

नेपालले टस हारेर ३ विकेटको क्षतिमा १०४ रनको मध्यम स्कोर मात्र बनाउन सकेको थियो। यस्तोमा विपक्षी खेलाडीहरूको विकेट छिटो भन्दा छिटो लिनुपर्ने अवस्थामा हङकङले संयमित ब्याटिङ ग रेर खेल आफ्नो पक्षमा राख्यो।

नेपालका कविता कुँवर, सीता राई र सबनम राईले एकरएक विकेट लिए भने करुणा भण्डारीको बलमा एक खेलाडी रन आउटको सिकार भइन्।

कप्तान रुविना क्षेत्रीको १८ औँ ‍ओभरको बलिङमा ११ रन चोर्दै हङकङले आवश्यक १०५ रन जोड्यो। टोलीले १२ बल खेल्नु अगावै खेल जितेको हो।

टी २० वरीयतामा नेपाल १४ औँ तथा हङकङ २५ औँ स्थानमा छ। यसअघि नेपालका प्रारम्भिक ब्याटर सीता राना मगरको अविजित ४० रनको मद्दतमा नेपालले ३ विकेट गुमाउँदै १०४ रन बनाएको थियो।

उपकप्तान समेत रहेकी सीता राना मगरले टोलीको इनिङ सम्हाल्ने क्रममा ५८ बलमा ४ चौकाको मद्दतले ४० रनमा अविजित रहिन्।

उनले इन्दु बर्मासँग तेस्रो विकेटका लागि ८१ रनको साझेदारी गरेकी थिइन्, जुन नेपाली महिलाको तेस्रो विकेटमा उत्कृष्ट साझेदारी हो।

इन्दुले ३६ बलमा ३ चौका सहित ३१ रनमा रन बनाएर आउट भएकी थिइन्। टी २० आईको आधिकारिक प्रतियोगितामा यसअघि नेपालका लागि सीता र इन्दुले नै कतार विरुद्ध दोस्रो विकेटका लागि ८८ रनको कीर्तिमानी साझेदारी गरेकी थिइन्।

नेपालका प्रारम्भिक खेलाडी कविता कुँवर पहिलो ओभरको दोस्रो बलमै खाता खोल्न नपाइ आउट भएकी थिइन्।

त्यसपछि आएकी काजल श्रेष्ठले २३ बल खेलेर ४ रनमात्र बनाउन सकिन्। यद्यपि उनले सीता राना मगरलाई सघाउँदै ४५ बलमा २१ रनको साझेदारी गरेकी थिइन्।

अन्तिम एक बलको सामना गरेकी कप्तान रुविना क्षेत्रीले अविजित २ रन जोडिन्।

अबको चुनौती

पहिलो हारसँगै नेपालको विश्वकप यात्राका आगामी खेलहरू चुनौतीपूर्ण बनेको छ।

किनकि यो एसिया क्षेत्रमा सहभागी ६ टोली मध्ये शीर्ष टोली छ। जसमा सबै टोलीले एक अर्कासँग खेलेपछि त्यसको शीर्ष टोली मात्र विश्वकपको ग्लोबल क्वालिफायरमा खेल्नका लागि छनोट हुनेछ।

एसिया क्षेत्र छनोटमा नेपाल सहित भुटान, हङकङ, कुवेत, मलेसिया र यूएई सहभागी छन्। विश्वकप छनोट खेल्नु अगाडि नेपालले बाङ्ग्लादेश र कतारको भ्रमण गरेको थियो।

जहाँ नेपालले कतारसँगको पहिलो टी २० आई शृङ्खलाको तीनवटै खेल जितेर शृङ्खला कब्जा गरेको थियो।

त्यस्तै बाङ्गलादेशको शिक्षा प्रतिष्ठानसँग खेलेको तीन वटा मैत्रीपूर्ण खेलमा २ मा विजयी भएको थियो। बीबीसी

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending