सिन्धुपाल्चोक । नेपाली कांग्रेस सिन्धुपाल्चोकले १० स्थानीय तहमा अधिवेशन सम्पन्न गरेको छ । सोमबार कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत भएको कांग्रेसको अधिवेशनले कतै सर्वसम्मत कतै निर्वाचन मार्फत नयाँ नेतृत्व पाएको छ ।
१० मध्ये ६ पालिकामा देउवा प्यानल विजयी भएका छन् । दुई पालिकामा जिल्ला सभापति विकास लामा निकट सभापति भएका छन् भने दुई पालिकामा दुवै प्यानलमा नपरेका उम्मेदवारले जितेको छ ।
सिन्धुपाल्चोकमा सभापति लामा र केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतबीच कडा प्रतिस्पर्धा हुने गरेको छ।
सिन्धुपाल्चोकको १२ स्थानीय तह मध्ये २ स्थानीय तहमा सर्वसम्मत भएको छ भने १० स्थानीय तहमा निर्वाचन भएको थियो । चौतारा साँगाचोकगढी नगरपालिकामा इन्द्रलोचन धिताल र जुगल गाउँपालिकामा सगुन श्रेष्ठको नेतृवमा नयाँ कमिटी सर्वसम्मत भएको छ ।
सुनकोशी गाउँपालिकामा भएको निर्वाचनमा रुपकाजी लामा ४९ मत सहित विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी जगन्नाथ कार्कीले ४५ मत प्राप्त गरे ।
भोटेकोशी गाउँपालिकामा देविबहादुर बुढोथोकी ५५ मत प्राप्त गरि विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी मुके शेर्पाले १३ मत प्राप्त गरे ।
बलेफि गाउँपालिकामा झनक तिमल्सिनालाई पछि पार्दै राजकुमार लामा विजयी भए । बाह्रबिसे नगरपालिकामा शम्भु तिमल्सिना विजयी भएका छन् । तिमल्सिना रमेश तामाङलाई पराजित गर्दै विजयी भए।
त्रिपुरासुन्दरी गाउँपालिकामा मोहनकुमार श्रेष्ठ ८१ मतसहित विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी समीर लामाले २१ मत पाएका थिए । पाँचपोखरी थाङ्पाल गाउँपालिकामा सुर्यबहादुर अधिकारीलाई पराजित गर्दै प्रेम दोङ विजयी भए ।
हेलम्बु गाउँपालिकामा राजकुमार भण्डारी ७९ मत सहित विजयी भएका छन् भने निकटतम प्रतिद्वन्द्वी सन्च तामाङले ४५ मत प्राप्त गरे ।
मेलम्ची नगरपालिकामा वसन्त गुरुङ विजयी भएका छन्। उनले निकटतम प्रतिद्वन्द्वी प्रकाश दाहाललाई पराजित गरे।
इन्द्रावती र लिसङ्खुपाखर गाउँपालिकामा भने आज मतदान हुने निर्वाचन समितिले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १३ गते, २०८२ - ०९:०७
काठमाडौं । यो साता अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिका र इरानबीच युद्ध अन्त्यलाई लिएर "एकदमै राम्रो र उत्पादक संवाद" भएको बताए। तर इरानको प्रति...
चैत्र १३ गते, २०८२ - ०८:५७
डोटी । खाना खाने क्रममा घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको आदर्श गाउँपालिका–७ दहकालीकाका ५० वर्षीय काले नेपालीको मास...
चैत्र १३ गते, २०८२ - ०७:५७
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह आज प्रधानमन्त्रीमा नियुक्त हुँदै छन् । राष्ट्रपति कार्यालयका प्रवक्ता ...
चैत्र १३ गते, २०८२ - ०७:५३
विद्यालय र अस्पताल झनै समस्यामा
चैत्र १३ गते, २०८२ - ०७:५०
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अधिकांश विदेशी मुद्राको भाउ ...
चैत्र १३ गते, २०८२ - ०७:४४
दाङ । दाङमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ। घोराही उपमहानगरपालिका–१० सौडिकुलामा मोटरसाइकल दुर्घटना भएको हो। जिल्ला प्रहरी का...
चैत्र १३ गते, २०८२ - ०७:३१
काठमाडौँ । मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र प...
चैत्र १३ गते, २०८२ - ०७:२६
काठमाडौं । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित १४ जनालाई पक्राउ गरेको छ । उनीहरूलाई बुधबार र बिहीबार पक्राउ गरिएको हो ...
चैत्र १३ गते, २०८२ - ०७:२४
काठमाडौँ । यही चैत ११ गतेका दिन कालो जिन्सको ज्याकेट र पेन्टमा जिल्ला अदालत काठमाडौँ परिसरमा भेटिएका बाजुरा त्रिवेणी नगरपालिका–७ का लोकेशकुमार अयडी नि...
चैत्र १३ गते, २०८२ - ०७:२०
काठमाडौँ । चैत्र शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्व आज श्रद्धा भक्तिपूर्वक भगवान् श्री रामचन्द्रको पूजा आराधना गरी देशभर मनाइँदै छ । त्रेता युगमा...



प्रतिकृया लेख्नुहोस्: