Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

प्रचण्डको अगुवाइमा समृद्ध भरतपुुरका लागि विकास बहस

खबरडबली संवाददाता

चितवन । भरतपुर महानगरपालिकाले यसै क्षेत्रका प्रतिनिधिसभा सदस्य पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित मन्त्री, सचिव, विभागका महानिर्देशकहरूको उपस्थितिमा समृद्ध भरतपुरका लागि विकास बहस गर्ने भएको छ । 

महानगरमा हालसम्म भएका विकासका कामको समीक्षा गर्दै समृद्ध बनाउन आवश्यक पूर्वाधारका कामका लागि सम्बन्धित मन्त्रीहरूले प्रतिबद्धता जनाउने गरी कार्यक्रम गर्न लागिएको हो ।

महानगरपालिका प्रमुख रेनु दाहालका अनुसार कार्यक्रममा ऊर्जामन्त्री पम्फा भुसाल, अर्थमन्त्री जनार्दन शर्मा, संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेमबहादुर आले र बिनाविभागीय राज्यमन्त्री उमेश श्रेष्ठसहित मन्त्रालयका सचिव र महानिर्देशक कार्यक्रममा सहभागी हुनेछन् । 

उनीहरुसँगै जिल्लाका सरोकारवालाको उपस्थितिमा सोमबार बहस गर्न लागिएको हो ।

दाहालले विस्तारको प्रक्रियामा रहेको भरतपुर विमानस्थल, नारायणी तटबन्धन, क्रिकेट रङ्गशाला, महानगरको प्रशासनिक भवन, शक्तिखोर औद्योगिक क्षेत्रलगायत महत्वपूर्ण पूर्वाधारका विषयमा छलफल गर्न लागिएको बताइन् । 

नारायणी तटबन्धनका लागि विस्तृत अध्ययन प्रतिवेदन तयार भएको छ । प्रतिवेदनअनुसार रु २३ अर्ब खर्च हुने छ । जसलाई वहुवर्षीय आयोजनामा राखेर यस वर्ष रु पाँच अर्ब बजेट निकासाका लागि अनुरोध गरिँदै छ ।

धुर्मुस–सुन्तली फाउण्डेशनको अगुवाइमा निर्माण थालिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम रोकिएको छ । यसलाई सरकारले लिएर काम गर्नुपर्ने बहस सुरु भएको छ । महानगरको ४० वर्ष पुरानो प्रशासनिक भवन जीर्ण बनेको छ । भवनको विस्तृत अध्ययन प्रतिवेदन तयार गरिएको छ । जसका लागि निर्माण गर्न रु ८५ करोड खर्च लाग्दछ । यसका लागि अर्थ मन्त्रालयसँग बजेट माग गरिँदै छ ।

शाक्तिखोरमा औद्योगिक क्षेत्र निर्माणलाई छिटो गर्ने, नारायणी नदी किनारलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न आवश्यक बजेट माग गर्ने, रिङरोड सम्पन्न गर्नेलगायत कार्यक्रम बहसमा राखिँदै छन् । महानगरको धेरै भाग चितवन क्षेत्र नं ३ मा पर्दछ । 

यस क्षेत्रबाट पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल निर्वाचित भएका थिए। उनकै उपस्थितिमा बहस गर्दा कार्यक्रम प्रभावकारी हुने महानगरको बुझाइ छ । 

महानगर प्रमुख दाहालले यसअघि गरिएको यस्ता कार्यक्रम प्रभावकारी भएको भन्दै यसले महानगरसँगै जिल्लाको समग्र विकासका लागि सहयोग पुग्ने बताइन् । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले संस्थापनमा आकांक्षी धेरै, इतरपक्ष प्यानलको तयारीमा

काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...

काठमाडौंमा आज न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस, देशभरको मौसम कस्तो रहन्छ ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...

डडेल्धुराबाट काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना

काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...

दक्षिण कोरियामा बढ्यो रोजगारी

सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...

अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य बढ्यो, पाउन्डको घट्यो

काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...

सरकार र जेनजी प्रतिनिधिबीच भएको सम्झौतामा के छ ?

राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने

एनपीएल: फाइनल प्रवेशका लागि आज लुम्बिनी लायन्स र विराटनगर किङ्स भिड्दै

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत  दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...

धार्मिक सद्भावको अनुपमस्थल ‘कम्मर शाह मजार’

बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...

बडीमालिकाका सात वडा छाउपडी गोठमुक्त

बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...

‘प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण बनाइने’

काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending