बागलुङ । नेकपा (माओवादी केन्द्र)ले बागलुङ नगरपालिकाका नौ वडामा अधिवेशनमार्फत नयाँ नेतृत्व चयन गरेको छ । पार्टीको राष्ट्रिय सम्मेलनपूर्व आज देशभरका वडामा एकसाथ अधिवेशन गर्ने कार्यतालिका थियो ।
नगरका कूल १४ वडामध्ये बाँकी रहेका पाँच वडामा केही दिनभित्रैमा अधिवेशन हुने पार्टीको नगर कमिटीका अध्यक्ष इन्द्र केसी ‘पारस’ले जानकारी दिए। उनका अनुसार बागलुङ–१ मा सुरेन्द्र बोहोरा अध्यक्ष र रमेश थापा सचिव रहनुभएको २९ सदस्यीय वडा कमिटी सर्वसम्मत चयन भएको छ । वडा नं २ मा सूर्य महतको अध्यक्षतामा १५ सदस्यीय कमिटी निर्माण भएको छ ।
सचिवमा विवेक जिसी रहनुभएको छ । वडा नंद ४ मा बिजुली केसी अध्यक्ष र शिव शर्मा सचिव रहेको २१ सदस्यीय वडा कमिटी चयन भएको छ । त्यसैगरी वडा नं ६ मा भवानीशङ्कर सापकोटाको अध्यक्षतामा २९ सदस्यीय कमिटी अधिवेशनबाट चुनिएको जनाइएको छ ।
सो वडाको सचिवमा शान्ता नेपाली रहनुभएको छ । वडा नं ५ मा टेकबहादुर केसीको अध्यक्षतामा सात सदस्यीय, ८ मा टोपबहादुर खड्काको अध्यक्षतामा २९ सदस्यीय र ९ मा टीकाराम पौडेलको अध्यक्षतामा १९ सदस्यीय कमिटी अधिवेशनबाट चुनिएको छ ।
यस्तै वडा नं १३ पैँयूपाटामा रेशम केसीको अध्यक्षतामा २९ सदस्यीय वडा कमिटी सर्वसम्मत चयन भएको नगर कमिटी अध्यक्ष केसीले बताए । उक्त कमिटीको सचिवमा भीमप्रसाद रेग्मी रहेका छन् । वडा नं १२ अमलाचौरमा परमानन्द शर्माको अध्यक्षतामा २९ सदस्यीय कमिटी चयन भएको छ । सचिवमा दुर्गा विक रहेको जनाइएको छ ।
पार्टीको जिल्ला समन्वय समितिका संयोजक ज्ञामनाथ गैरे ‘अनिल’ले अधिकांश वडामा आजै अधिवेशनबाट नयाँ नेतृत्व चुनिएको बताए । व्यवस्थापकीय तयारी नपुगेका कारण आज हुन नसकेका वडामा पनि तत्कालै अधिवेशन हुने उनको भनाइ छ । जिल्लामा ८५ वडा छन् ।
वडासँगै स्थानीय तह, प्रदेश हुँदै राष्ट्रिय सम्मेलनको तयारीमा माओवादी केन्द्र जुटेको छ । स्थानीय तहमा यही मङ्सिर ११ गते र प्रदेशको अधिवेशन २५ गतेलाई तोकिएको छ । आउँदो पुस ११ देखि १२ गतेसम्म काठमाडौँमा राष्ट्रिय सम्मेलन हुँदैछ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ७ गते, २०८२ - १६:५६
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले विदेशमा रहेका नेपालीहरूले नेपालमा पैसा पठाउन पाउने तर मतदान गर्न नपाउने विषयमा प्रश्न उठाएको छ। ...
पौष ७ गते, २०८२ - १६:३६
काठमाडौँ । ललितपुरको महालक्ष्मी नगरपालिका–८ स्थित ज्यामिरकोट जंगलमा दुई जनाको हत्या गरी फरक–फरक स्थानमा शव व्यवस्थापन गरिएको तथ्य खुलेको छ । महालक्...
पौष ७ गते, २०८२ - १६:२१
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । ओली महासचिव शंकर पोखरेललाई साथ लिएर द...
पौष ७ गते, २०८२ - १६:१०
काठमाडौँ । सरकारले निर्वाचनसँग सम्बन्धित तीनवटा विषयमा राजनीतिक दल र सरोकारवालाबाट सुझाव मागेको छ। प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा सिंहदरबार...
पौष ७ गते, २०८२ - १५:५७
रामेछाप । सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले अर्थ मन्त्रालयमा रोक्का रहेका विकास आयोजना छिट्...
पौष ७ गते, २०८२ - १५:२४
काठमाडौँ । प्रतिनिधिसभा पुनर्स्थापनाका लागि जनता समाजवादी पार्टी, जनमत पार्टी र एक स्वतन्त्र सांसदले हस्ताक्षर गरेका छन्। उनीहरूले हस्ताक्षर गर्ने क्र...
पौष ७ गते, २०८२ - १५:०९
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तर्गत देशभर १० लाख १६ हजार ७ सय ५४ जना नयाँ मतदाता थपिएका छन्। निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नारायणप...
पौष ७ गते, २०८२ - १४:४३
काठमाडौं । सर्वपक्षीय सरकार गठनको माग गर्दै सोमबार माइतीघरमा प्रदर्शन गरिएको छ । ‘जेनजीको माग चुनाव होइन, सुशासन’ भन्ने नारासहित मिरज ढुंगाना, रविकिरण...
पौष ७ गते, २०८२ - १४:३३
काठमाडौँ । प्रतिनिधिसभा पुनर्स्थापना माग गर्दै नेपाली कांग्रेसका ६५ तथा अन्य दलका ३ गरी ६८ सांसदको हस्ताक्षर सोमबार सर्वोच्च अदालतमा बुझाइने तयारी गरि...
पौष ७ गते, २०८२ - १४:२०
काठमाडौं । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघ काठमाडौंको दोस्रो अधिवेशनले विष्णुलाल गिरीलाई अध्यक्ष पदमा निर्वाचित गरेको छ । आज सम्पन्न निर्वाचनमा...




प्रतिकृया लेख्नुहोस्: