खोटाङ । नेपाली कांग्रेस खोटाङको जिल्ला सभापतिमा चार जना नेताले उम्मेदवारी दिने घोषणा गरेका छन् । यही मङ्सिर–६ गते हुने सातौँ जिल्ला अधिवेशनका लागि पूर्वराज्यमन्त्री सर्वधन राई, पूर्वसभापति विष्णुकुमार राई, महासमिति सदस्य रविप्रकाश राई र महाधिवेशन प्रतिनिधि भूपेन्द्रकुमार राई सभापति पदका लागि उम्मेदवारी घोषणा गरेर चुनावी मैदानमा उत्रिएका हुन् ।
सभापतिका आकाङ्क्षी चारै नेताले आ–आफ्नो प्यानल (समूह) खडा गरेर फरकफरक समयमा सामाजिक सञ्जाल फेसबुकमार्फत सभापतिको उम्मेदवारी दिने घोषणा गरेका छन् । उम्मेदवारी घोषणा गरेका नेताहरुले आफ्नो पक्षमा चुनावी नतिजा ल्याउन आपसी भेटघाट, सामूहिक जमघट, छलफल र बैठकलाई तीव्रता दिएका छन् ।
पूर्वराज्यमन्त्री सर्वधनको प्यानलबाट उपसभापतिमा मनोज तिम्सिना, सचिवमा रोजन राई र सहसचिवमा ध्यानबहादुर राईको नाम टुङ्गिएको छ । पूर्वसभापति विष्णुकुमारको प्यानलबाट उपसभापतिमा इवन राई र तीर्थराज भट्टराई, सचिवमा ज्ञानेन्द्र जोशी र समीर राई, सहसचिवमा साजन राई र शालिकराम बञ्जराले उम्मेदवारी घोषणा गरेका छन् ।
महाधिवेशन प्रतिनिधि भूपेन्द्रको समूहबाट उपसभापतिमा चन्द्रबहादुर थापा, सचिव श्यामकुमार राई र सहसचिवमा ध्यानबहादुर राईलाई अघि सारिएको छ । महासमिति सदस्य रविप्रकाशको भने प्यानल फाइनल हुन बाँकी छ ।
पूर्वराज्यमन्त्री सर्वधन र महाधिवेशन प्रतिनिधि भूपेन्द्रको प्यानलमा एक उपसभापति, एक सचिव र एक सहसचिवको पद भने रिक्त राखिएको छ । अन्य प्यानलसँग सहकार्य गर्ने रणनीतिस्वरूप केही पद रिक्त राखिएको समाचार स्रोतले बताएको छ ।
पूर्वराज्यमन्त्री सर्वधन र महाधिवेशन प्रतिनिधि भूपेन्द्र दुवै प्यानलको सहसचिवमा ध्यानबहादुरको नाम राखेको पाइएको छ । क्षेत्रीय कार्यसमिति (प्रदेश)को अधिवेशनको नतिजा हेरेर बाँकी पदमा फरक टिमसँग सहकार्य गर्ने योजनासहित पद रिक्त राखिएको पूर्वराज्यमन्त्री राईको प्यानलबाट सचिवका उम्मेदवार बनेका नेता रोजन राईले बताएका छन् ।
क्षेत्रीय अधिवेशनपछि अन्य प्यानलसँग मिल्ने अवस्था आए सहकार्य गरिने चारवटै समूहका नेताहरुले बताएका छन् । “मिल्ने अवस्था आए रिक्त पदमा अन्य समूहका नेतालाई राखिन्छ, मिल्ने अवस्था नभए आफ्नै प्यानल तयार हुन्छ”, भूपेन्द्रको प्यानलमा रहेका जन्तेढुङ्गा गाउँपालिका सभापति बाजिन्द्र विष्टले भने, “अन्य समूहसँग सहकार्य हुने/नहुने टुङ्गो भोलि हुने क्षेत्रीय कार्यसमितिको अधिवेशनपछि लाग्छ ।”
पूर्वराज्यमन्त्री सर्वधन र महासमिति सदस्य रविप्रकाश केन्द्रमा सभापति शेरबहादुर देउवासँग नजिक मानिनुहुन्छ । पूर्वसभापति विष्णुकुमार रामचन्द्र पौडेल र महाधिवेशन प्रतिनिधि भूपेन्द्र कृष्ण सिटौलासँग नजिक मानिनुहुन्छ ।
अहिले कांग्रेसको जिल्ला अधिवेशनमा प्रदेश (क)बाट ७०३ र (ख)बाट ७०३ गरी जम्मा जम्मा एक हजार ४०६ जना प्रतिनिधिको सहभागी हुनेछन् । तीमध्ये नेपाली कांग्रेसको विधानअनुसार जम्मा मतदाता सङ्ख्याको ५१ प्रतिशत अर्थात् ७१८ मत ल्याएमा मात्र जिल्ला सभापति हुन पाइन्छ ।
कांग्रेस स्रोतका अनुसार अहिले खोटाङमा देउवा र पौडेल पक्षका मतदाता कम रहेका छन् । देउवा–पौडेल पक्षका प्रतिनिधि गाउँ अधिवेशनमै धेरै छेकिएका छन् । अहिले सबै ठाउँबाट करिब ८० प्रतिशत प्रतिनिधि युवा आएका छन् । कोइराला समूहबाट जितेर आएका एक प्रतिनिधिले अबको अधिवेशनमा सभापतिलगायत पदाधिकारीको नेतृत्व युवाको काँधमा आओस् भन्ने रहेको बताएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...


प्रतिकृया लेख्नुहोस्: