काठमाडौं । टोखा नगरपालिकाले आज सद्भाव व्याङ्क्वेटमा आयोजना गरेको नगर स्मारिका विमोचन, सम्मान एवं सार्वजनिक सुनुवाइ कार्यक्रमलाई चार राजनीति दल एवं छ वडाध्यक्षले बहिष्कार गरेका छन् ।
विधि र पद्दति मिचेर कार्यपालिका बैठकमा बहुमत वडाध्यक्षलाई जानकारी नै नगराई बैठक आह्वान गरेको भन्दै नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र विवेकशील साझा पार्टीले कार्यक्रम बहिष्कार गरेको नेकपा (एकीकृत समाजवादी) टोखा नगर समितिका अध्यक्ष एवं टोखा वडा नं ९ का वडाध्यक्ष जोगप्रसाद नेपालले जानकारी दिए।
नेपाली कांग्रेस टोखा नगरपालिकाका सभापति ओमकृष्ण विमलीले आगामी निर्वाचनलाई प्रभावित गर्ने मनसायले कार्यक्रम राखिएकाले आफूहरूले उक्त कार्यक्रम बहिष्कार गरेको बताए। “नगरको कोषलाई मनपरी ढङ्गले भोजभतेरमा खर्च गरिएकाले हामी कार्यक्रममा सहभागी नभएका हौँ”, उनले भने । कूल ११ वडा रहेको टोखामा छलफलबिना नै कार्यक्रम आयोजना गरिएको भन्दै छ वडाध्यक्षले कार्यक्रम बहिष्कार गरेका छन् । कार्यक्रम बहिष्कार गर्नेमा वडा नं २ का वडाध्यक्ष दीपकराज जोशी, वडा नं ३ का सिंहराज श्रेष्ठ, वडा नं ६ का महेश्वर केसी, वडा नं ८ का केशवबहादुर खत्री, वडा नं ९ का जोगप्रसाद नेपाल र वडा नं ११ का वडाध्यक्ष उत्तम अधिकारी रहनुभएको छ ।
नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले सबैको सल्लाह र छलफलमा कार्यक्रम तय गरेको बताए। विभिन्न राजनीतिक दलले बैठक बहिष्कार गरेर टोखाको विकासमा अवरोध गर्न खोजेको उनको भनाइ थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २० गते, २०८२ - १५:२१
वासिङ्टन। इरानमा अमेरिका-इजरायलले सुरु गरेको सैन्य आक्रमणसँगै डिजिटल संसारमा समानान्तर ‘सूचना युद्ध’ चर्किएको छ । पुन:प्रयोग गरिएका पुराना तस्बिर, भिड...
फाल्गुन २० गते, २०८२ - १५:१४
काठमाडौँ । आगामी प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न देशभरको सुरक्षा व्यवस्था मजबुत पारिएको दानबहादुर का...
फाल्गुन २० गते, २०८२ - १४:५०
सिरहा । मौन अवधिको समयमा रकमसहित पक्राउ परेका जनता समाजवादी पार्टी नेपाल का सिरहा–३ का उम्मेदवार अशेश्वर यादव हिरासतबाट छाडिएका छन्। श्रीप्रकाश उप्...
फाल्गुन २० गते, २०८२ - १४:४४
काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, निर्वाचन आयोग ऐन र निर्वाचन (कसूर तथा सजाय) ऐनअनुसार निर्वाचनको समयमा कानुनविपरीत कार्य गरे दण्डनीय हुने व...
फाल्गुन २० गते, २०८२ - १३:४३
काठमाडौं । गृहमन्त्रालय मा बसेको केन्द्रीय सुरक्षा समितिको बैठक सम्पन्न भएको छ। बैठकले भोलि निर्वाचन दिन हवाई गस्ती गर्ने निर्णय गरेको गृह मन्त्रालयकी...
फाल्गुन २० गते, २०८२ - १३:३५
घोराही। दाङका तीनवटै निर्वाचन क्षेत्रमा मतगणनाका लागि मतगणनास्थल तयार गरिएको छ । तीन वटा निर्वाचन क्षेत्र रहेको दाङमा लमही, घोराही तुलसीपुरमा मतगणन...
फाल्गुन २० गते, २०८२ - १३:३०
काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी ले राष्ट्रिय स्वतन्त्र पार्टी का वरिष्ठ नेता बालेन्द्र शाह प्रहरीले पक्राउ गरेको छ। नेपाल प्रहरी का क...
फाल्गुन २० गते, २०८२ - १३:२३
काठमाडौं । कन्सुलर सेवा विभाग ले यूएईमा ट्रान्जिट परेर रोकिएका नेपालीहरूको विवरण संकलन सुरु गरेको छ। नेपाल फर्किन वा तेस्रो मुलुक जाने क्रममा हालको पर...
फाल्गुन २० गते, २०८२ - १३:११
डोल्पा । डोल्पाको माथिल्लो क्षेत्रमा पर्ने एक दुर्गम मतदान केन्द्रमा खटिएका बिरामी कर्मचारीहरूको हेलिकप्टरमार्फत उद्धार गरिएको छ। जिल्लाको शे(फोक्स...
फाल्गुन २० गते, २०८२ - १३:०४
जमुनाह। बाँके जिल्लामा भोलि हुने निर्वाचनका लागि सम्पूर्ण सुरक्षा तथा व्यवस्थापकीय तयारी अन्तिम चरणमा पुगेको छ । जिल्ला प्रशासन कार्यालय बाँकेका प...



प्रतिकृया लेख्नुहोस्: