Khabar Dabali ७ असार २०८३ आईतवार | 21st June, 2026 Sun
Investment bank

पोखरा घुम्न चाहनेलाई सस्तो मुल्यमा ‘साइटसिन बस’ सञ्चालन

खबरडबली संवाददाता

पोखरा । कोरोनाको प्रभाव कम हुँदैछ । पोखरामा आन्तरिक पर्यटकको चहलपहल पनि बढ्दै गएको छ । पर्यटकीय नगरी पोखरा आन्तरिक तथा बाह्य पर्यटकको प्रमुख रोजाइको सहर पनि हो ।  छोटो बसाइमा सहजरुपमा पोखरा घुम्न चाहनेलाई लक्षित गरी पहिलोपल्ट स्विफ्ट होलिडे  पोखराले ‘सिटी साइटसिन’ बस सञ्चालनमा ल्याएको छ । 

पोखराका प्रमुख आकर्षक पर्यटकीय गन्तव्यहरु घुम्न चाहने पर्यटकलाई लक्षित गरी सिटी साइटसिन र हिल हाइकिङका रुट १ र २ गरेर दुईवटा बस सञ्चालनमा ल्याएको  कम्पनिका बजार व्यवस्थापक प्रदीप भट्टले जानकारी दिए। “पोखरामा धेरै पर्यटक घुम्न आउँछन् तर सबैको हैसियत ट्याक्सी र अन्य गाडी रिजर्भ गरेर घुम्न सक्ने हुँदैन, हामीले त्यस्ता पर्यटक लक्षित गरेर ६ सयको प्याकेजमा घुम्ने व्यवस्था गरेका छौ ।” पर्यटकले उक्त प्याकेजमा २५ सिट क्षमताका बसमा पोखराका प्रमुख पर्यटकीय गन्तव्य जानकारीसहित घुम्न पाउनेछन् । असोज १ देखि यो सेवा सुरु भएको हो । 

रुट १ को बस हल्लनचोकबाट छुट्नेछ ।  विन्ध्यवासिनी मन्दिरको दर्शनसँगै पर्यटकलाई चमेरे गुफा, महेन्द्र गुफा, सेती नदी हुँदै वेगनासतालको अवलोकनपछि दिवा खानामा रोकिनेछ । त्यसपछि डेभिजफल्स र गुप्तेश्वर गुफा, लेकसाइड हुँदै खपौदी गएर एक घण्टा घुमघामको लागि रोकेपछि पर्यटकलाई हल्लनचोक र फिस्टेल गेटमा छोडेर ८ घण्टाको घुमघाम प्याकेज सकिनेछ । 

रुट २ मा पोखराको स्ट्रिट नं २ फिष्टेल गेटबाट बिहान यात्रा सुरु हुनेछ । पर्यटकलाई विन्ध्यवासिनी मन्दिरको दर्शन गराएर  सराङकोटको  भ्यूटावर पोखराको बजारको अवलोकन गराइन्छ । पोखराको पुरानो बजार मोहोरिया टोल, भीमसेन टोल हुँदै, रातो पैह्रोस्थित बञ्जी नेपालको अवलोकनसँगै डेभिजफल्स, गुप्तेश्वर गुफा भ्रमणपछि खानको समय हुनेछ । त्यसपछि पुम्दी भुम्दीको शान्ति स्तूपा र शिव मूर्ति लगिनेछ । यात्रामा अवलोकन गर्ने ठाँउहरुको प्रवेश शुल्क र खानाको खर्च आफँै व्यवस्था गर्नुपर्नेछ । बस टिकट इसेवाबाट र ट्राभल एजेन्सीबाट काट्न  सकिनेछ ।  भारतीय नागरिक र आन्तरिक पर्यटकले यो प्याकेज बढी रुचाएको भट्टले बताए ।  

पोखरा दोस्रो पल्ट घुम्न आउनुभएका बुटवलका ४० वर्षीय सागर विश्वकर्माले साइटसिन बसबाट यात्रा गर्दा सस्तो र सहज भएको बताए । “म पहिला यता उता घुम्दा घुम्दै चार पाँच हजार खर्च भएको थियो, अहिले साइटसिनबाट एक दिनमा पोखराका घुम्नै पर्ने ठाउँहरुको अवलोकन सस्तोमा गर्न सफल भए”, विश्वकर्माले भने।  न्युन आएका भएकालाई यो प्याकेजले राहत मिलेको उनले बताए । सस्तो प्याकेजको खाना र आवासको व्यवस्था गराउन सके अझै राहत हने यात्रुको सझुाव छ । 

छोटो बसाइ र कम खर्चमा पोखरा घुम्न चाहनेलाई लक्षित साइटसिन बस सञ्चालन हुनु राम्रो भएको पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले बताए । “ आन्तरिक पर्यटक लक्षित बसले पोखराको पर्यटनमा सकारात्मक प्रभाव पार्ने विश्वास लिन सकिन्छ”, भट्टराईले भने ।  

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमालेसँग एकताको कुनै सम्भावना छैन: माधव नेपाल

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेकपा (एमाले)सँग तत्काल पार्टी एकताको कुनै सम्भावना नरहेको स्पष...

रास्वपा महाधिवेशन स्थलमा तीन वटा हेल्थ डेस्क स्थापना

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशन आइतबारदेखि चितवनमा सुरु हुँदैछ। महाधिवेशनको उद्घाटन सत्र भरतपुरस्थित गेस्ट हाउस चौरमा...

रास्वपाले महाधिवेशनका लागि चन्दा सङ्कलन गरेको छैन: प्रवक्ता मनिष झा

भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मनिष झाले पार्टीको प्रथम महाधिवेशनका लागि उद्योगी व्यापारीमार्फत चन्दा सङ्कलन नगरेको स्पष्ट ...

रास्वपा महाधिवेशनका लागि झण्डै २ करोड रुपैयाँ संकलन

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनमा सहभागी हुन करिब ४ हजार प्रतिनिधिले सहभागिता शुल्क बुझाएका छन्। रास्वपाले प्रत्ये...

रास्वपा महाधिवेशनमा प्यानल बनाउन निषेध, जारी भयो आचारसंहिता

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो पहिलो महाधिवेशनमा प्यानल बनाउन निषेध गरेको छ। रास्वपाको केन्द्रीय निर्वाचन आयोगले आचारसंहित...

सभापति रवि लामिछानेको अपिल: स्वस्थ प्रतिस्पर्धाबाट नयाँ उचाइमा पुग्नेछौँ

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेताहरूलाई स्वस्थ प्रतिस्पर्धा गर्न अपिल गरेका छन्। महाधिवेशनको पू...

सिँचाइ, तटबन्ध र नदी व्यवस्थापन सरकारको उच्च प्राथमिकतामा

काठमाडौँ। सरकारले आगामी आर्थिक वर्षमा थप १५ हजार ७७६ हेक्टर खेतीयोग्य जमिनमा सिँचाइ सुविधा विस्तार गरी देशको कुल सिञ्चित खेतीयोग्य क्षेत्र ६४ प्रतिशत ...

बालकुमारीमा प्रहरीले चलायो गोली

काठमाडौं। ललितपुरको बालकुमारी क्षेत्रमा प्रहरीले गोली चलाएको छ। लागूऔषध कारोबारमा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको हो। लाग...

रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक सुरु, महाधिवेशन तयारीबारे छलफल

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक सुरु भएको छ। दिउँसो १ बजेका लागि तय गरिएको बैठक केहीबेर ढिलो गरी भरतपुरमा सुरु ...

एसियाली करातेमा एरिकालाई कांस्य

काठमाडौँ। नेपालकी कराते स्टार एरिका गुरुङले इन्डोनेसियाको बालीमा जारी २२औँ सिनियर एसियाली कराते प्रतियोगितामा कांस्य पदक जितेको छिन्।  शुक्रबार भएक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending