Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

१४औँ महाधिशेवनको मिति नजिकिएसँगै नेताहरु धमाधम उम्मेदवारी घोषणा गर्दै

खबरडबली संवाददाता

खाटाङ । नेपाली कांग्रेसको १४औँ महाधिशेवनको मिति नजिकिएसँगै सातौँ जिल्ला अधिवेशनका लागि नेताले धमाधम आ–आफ्नो उम्मेदवारी घोषणा गर्न थालेका छन् । कतिपयले समूह बनाएर र कतिपयले व्यक्तिगत रुपमा पोष्टर बनाएर आ–आफ्नो फेसबुक पेजमार्फत उम्मेदवारी घोषणा गर्न थालेका हुन् । 

जिल्ला तहमा नेतृत्वका लागि उम्मेदवारी घोषणा गरेका तथा गर्न बाँकी नेता आफ्नो पक्षमा चुनावी नतिजा ल्याउन दौडधुप गरिरहेका छन् । अधिवेशनको नयाँ मिति तय भएपछि नेता तथा कार्यकर्ताहरु उत्साहित भएर आपसी भेटघाट, सामूहिक जमघट, छलफल र बैठकलाई तीव्रता दिएका छन् । 

जिल्ला सभापतिमा पूर्वराज्यमन्त्रीदेखि तीनपटकसम्म पार्टीको जिल्ला सभापति बनेका तथा गाउँपालिका प्रमुखसमेतको दाबी रहने देखिएको छ । वर्तमान जिल्ला सभापति नरेशकुमार श्रेष्ठ र पूर्वसभापति विष्णुकुमार राईले समूह बनाएर सामाजिक सञ्जाल उम्मेदवारी घोषणा गरेका छन् । 

यसअघि तीन कार्यकाल सभापति भएका राईलाई सभापति तथा उपसभापतिमा क्षेत्र नं १ का क्षेत्रीय सभापति तथा हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख इवन राई र क्षेत्र नं २ का क्षेत्रीय सभापति तीर्थराज भट्टराईलाई उठाउने टुङ्गो लगाइएको छ । उपसभापतिको उम्मेदवार बनेका भट्टराईले यसअघिसम्म जिल्ला सभापतिबाहेक अन्य पदमा उम्मेदवारी नदिने बताउँदै आएका थिए । 

राईको समूहबाट सचिवमा ज्ञानेन्द्र जोशी, सुमनबाबु आचार्य र समीर राईले उम्मेदवारी दिनुहुने बताइएको छ । जोशी, आचार्य र राईमध्ये एकजनाले सचिव पदमा दाबी नगरेको खण्डमा महाधिवेशन प्रतिनिधि बनाइने र जिल्ला कार्यसमितिमा सङ्गठन विभाग प्रमुखको जिम्मा दिने सहमति भएको जनाइएको छ । 

पूर्वसभापति राईको समूहबाट सहसचिवको उम्मेदवारमा सार्जन राई र शालिकराम बञ्जारा रहेका छन् । 

तत्कालीन जिल्ला विकास समितिको पूर्वजिल्ला सभापतिसमेत रहेका राईका नेतृत्वमा उम्मेदवारी दिने अन्य पदाधिकारीहरु छलफल गरेर सर्वसहमत टुङ्ग्याउने तयारी भइरहेको जनाइएको छ । यसैगरी जिल्ला पार्टी सभापतिको आकाङ्क्षीमा महासमिति सदस्य एवम् पूर्वराज्यमन्त्री सर्वधन राई, महासमिति सदस्य रविप्रकाश राई, महाधिवेशन प्रतिनिधि भूपेन्द्र राई देखिएका छन् । 

उनीहरुले  आ–आफ्नो पक्षमा चुनावी नतिजा ल्याउन कसरत गरिरहेका छन् । दिप्रुङ चुइचुम्मा गाउँपालिका प्रमुखसमेत रहनुभएका भूपेन्द्रकुमारले पनि आफ्नो उम्मेदवारी सभापतिमा हुने सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गरेका छन् । 

उनीहरुले आफू पक्षीय नेता तथा कार्यकर्ताको भेलाबाट जिल्ला सभापतिमा उठ्ने घोषणासमेत गरेको जनाइएको छ । सातौँ जिल्ला अधिवेशन आगामी मङ्सिर ६ गते हुने जनाइएको छ । कांग्रेसको १४औँ केन्द्रीय महाधिवेशन आगामी मङ्सिर २४ देखि २६ गतेसम्म काठमाडौँमा हुने  छ ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies