Khabar Dabali १२ जेष्ठ २०८३ मंगलवार | 26th May, 2026 Tue
Investment bank

सरकारको सरकारात्मक कामलाई जनतामाझ लैजान राससलाई अर्थमन्त्रीको आग्रह

खबरडबली संवाददाता

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले गलत कामको रचनात्मक आलोचना गर्दै सरकारका सकारात्मक कामलाई जनताको बीचमा लैजाने प्रभावकारी माध्यमको भूमिका निर्वाह गर्न राष्ट्रिय समाचार समिति ९रासस० लाई आग्रह गरेका छन् ।

प्रेस सेन्टर नेपाल रासस प्रतिष्ठान शाखाको तेस्रो अधिवेशन तथा सम्मान कार्यक्रममा उनले जनतालाई सरकारसँग र सरकारलाई जनतासँग जोड्ने संयन्त्रका रूपमा रहेको राससलाई थप परिष्कृत र प्रभावकारी बनाउन सरकारका तर्फबाट खेल्नुपर्ने भूमिकाका लागि आफू सधैँ तयार रहेको बताए ।

उनले भने, “सरकारले आफ्नै सञ्चारमाध्यम चलाउने कि नचलाउने भन्ने प्रश्न पनि छ । मलाई लाग्छ, रासस जस्ता संस्थाले रचनात्मक आलोचना गर्दै सरकारको प्रवक्ताको भूमिका निर्वाह गर्नुपर्छ ।” सरकारका तर्फबाट उपलब्ध गराउनुपर्ने सबै प्रकारको स्रोत र साधनका लागि आफूले प्रयास गर्ने अर्थमन्त्रीको भनाइ थियो ।

उनले जनयुद्ध, जनआन्दोलनलगायत आन्दोलनबाट प्राप्त भएको उपलब्धीलाई उल्ट्याउने ध्येयका साथ बेला बेलामा प्रतिगामी षड्यन्त्र पनि हुने गरेकाले त्यसका विरुद्ध सचेत खबरदारी गर्न सञ्चारकर्मीलाई आग्रह गरे । निकै जटिलताका बीच स्थापना भएको प्रेस सेन्टरले देश र जनताको  पक्षमा प्रतिबद्ध भएर कलम चलाउन तथा कुनै पनि गलत कामको खबरदारी गर्नुपर्नेमा जोड दिए ।

कृष्णसेन इच्छुक जस्ता शहीदको बलिदानले स्थापित भएको सङ्गठनले देश, जनता र समृद्धिको पक्षमा लाग्नुपर्ने उहाँको भनाइ थियो । संविधानमा उल्लेख भएअनुसार र नै समाजवादको आधार तयार पार्दै स्वाधीन अर्थतन्त्रको निर्माणमा सरकार लागि परेको भन्दै उहाँले त्यसलाई साथ दिन आग्रह गरे। उनले प्रेस सेन्टरलाई समृद्धिको प्रवक्ताका रूपमा काम गर्न अनुरोध गरे ।

प्रेस सेन्टर नेपालका संयोजक महेश्वर दाहालले श्रमजीवीको पक्षमा आवाज उठाउने र त्यसको पक्षमा लगातार लड्दै आएको श्रेष्ठ सङ्गठन भएको नाताले पनि आफूहरुले श्रमको सम्मान गर्ने तथा गराउने बताए । उनले  सरकार परिवर्तन हुने बित्तिकै सरकारी सञ्चार माध्यमममा काम गर्ने श्रमजीवी पत्रकारले दुःख पाउने अवस्थाको अन्त्य हुनुपर्नेमा जोड दिए। संयोजक दाहालले सङ्गठनको झण्डा बोकेको भरमा श्रम गर्नुपर्दैन भन्ने मान्यता त्याग्नुपर्ने धारणा राखे ।

राससका कार्यकारी अध्यक्ष हरिहर अधिकारी श्यामलले नेपालको राजनीतिक परिवर्तनको पछाडि समग्र सञ्चार जगत्को महत्वपूर्ण भूमिका रहेका उल्लेख गर्दै साझा उद्देश्यका साथ काम गर्न आग्रह गरे। उनले जनतालाई सरकारसँग र सरकारलाई जनतासँग जोड्ने मेरुदण्डका रूपमा रहेको राससलाई थप समृद्ध र परिष्कृत बनाएर लैजानुपर्नेमा जोड दिए ।

कार्यक्रममा सम्मानित व्यक्तित्व एवं राससका पूर्वकार्यकारी अध्यक्ष कोमलनाथ बरालले आफूलाई सम्झिएर सम्मान गरेकामा रासस प्रेस सेन्टरलाई धन्यवाद दिए । उनले आफूले राससको जिम्मेवारी सम्हाल्दा सकेसम्म राम्रो काम गरेको र नराम्रो भने नगरेको स्मरण गरे । उनले राससको सेवालाई थप विस्तार गर्न यहाँ कार्यरत कर्मचारी, पत्रकार सबैको साझा दायित्व रहेको भन्दै सोहीअनुसार काम गर्न सबैलाई आग्रह गरे ।

अर्थमन्त्री शर्माले पूर्वअध्यक्ष बराललाई खादा ओढाएर सम्मान गरेका थिए । प्रेस सेन्टर नेपाल रासस प्रतिष्ठान शाखाका अध्यक्ष रत्नकृष्ण श्रेष्ठको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रममा प्रेस सेन्टर नेपालका प्रतिष्ठान प्रदेशका इञ्चार्ज विदुर खड्का, नेपाल पत्रकार महासङ्घ रासस शाखाका अध्यक्ष पवित्रा गुरागाईं, प्रेस युनियनका अध्यक्ष मोहिनी मिश्र रिसाल र प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य प्रकाश सिलवालले सम्मेलनको सफलताको कामना गरेका थिए ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रधानमन्त्री संसद्मा नआएसम्म कार्यसूची अघि नबढाउन विपक्षीको अडान

काठमाडौँ । प्रधानमन्त्री बालेन शाह संसद्मा उपस्थित नभएसम्म प्रतिनिधि सभाको कार्यसूची अघि नबढाउन विपक्षी दलहरूले सभामुखलाई आग्रह गरेका छन् । मङ्गलबा...

प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रमको माग गर्दै विपक्षीद्वारा संसद् अवरोध

काठमाडौँ । प्रतिनिधि सभाको बैठक विपक्षी दलहरूले अवरोध गरेका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित नेकपा एमाले, नेपाल कम्युनिस्ट पार्टी, श्...

प्रधानमन्त्रीले गरे ईयूमा आबद्ध देशका राजदूत र मिसन प्रमुखसँग छलफल

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले काठमाडौँ र नयाँ दिल्लीस्थित युरोपेली संघ (इयू) मा आबद्ध देशका गैरआवासीय राजदूत तथा मिसन प्रमुखसँग भेटवार्ता गर...

अदालतको आदेशपछि दुर्गा प्रसाईं रिहा

काठमाडौं । दुर्गा प्रसाईं रिहा भएका छन्। पर्सा जिल्ला अदालतको आदेशपछि उनलाई साधारण तारेखमा रिहा गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। जिल...

अर्घाखाँचीमा जंगली च्याउ खाँदा महिलाको मृत्यु

अर्घाखाँची । अर्घाखाँचीको शितगंगा नगरपालिका –१३, जौंबारी निवासी मनकला भुसालको जंगली च्याउ खाँदा ज्यान गएको छ । जंगली च्याउ खाएपछि निरन्तर बान्ता भएर उ...

संसदमा हप्तामा दुई दिन बिदा दिने निर्णय पुनर्विचार गर्न सांसदको माग

काठमाडौँ। सत्तारुढ राष्ट्रिय  स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कृष्णहरि बुढाथोकीले आइतवार र शनिबार बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्न सरकारलाई...

कार्यक्रमहरूमा हर्क साम्पाङको तस्वीर अनिवार्य राख्न उर्दी

काठमाडौँ । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टी ले पार्टीका सबै कार्यक्रम तथा प्रचार सामग्रीमा अध्यक्ष हर्क साम्पाङको तस्वीर अनिवार्य रूपमा प्र...

किसानलाई समयमा मल उपलब्ध गराउन रास्वपा सांसद सिंहको माग

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा. अमरेशकुमार सिंहले किसानलाई समयमा नै मल उपलब्ध गराउन सरकारसँग माग गरेको छन् । मङ्गलबार प...

भीभीआईपी उपचार खर्च फिर्ताबारे ओली मौन, एमालेभित्रै असन्तुष्टि

काठमाडौं । गैरकानुनी रूपमा राज्य कोषबाट व्यहोरेको भीभीआईपी उपचार खर्च एमालेले पार्टी कोषबाट फिर्ता गरेपछि पार्टीभित्रै असन्तुष्टि देखिएको छ। यस विषयमा...

गोकर्णेश्वरका तीन वडामा बर्डफ्लु संक्रमण पुष्टि, नियन्त्रणका लागि विशेष अभियान

काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिकाका तीन वडामा घातक ‘हाइली प्याथोजेनिक एभियन इन्फ्लुएन्जा’ (बर्डफ्लु) संक्रमण पुष्टि भएको छ। नगरपालिकाका अ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending