काठमाडौं । नेकपा माओवादी केन्द्रकी केन्द्रीय सदस्य तथा भरतपुर महानगरपालिका कमिटी इन्चार्ज रेनु दाहालले माओवादी केन्द्र परिवर्तनको संवाहक भएको बताएकी छन् । १० वर्षे जनयुद्ध र जनआन्दोलनबाट प्राप्त उपलब्धिहरूलाई संस्थागत गर्ने मुख्य भूमिका माओवादी र यसको नेतृत्वले गरेको उनको भनाइ छ । उनले संघीयता ,धर्म निरपेक्षता,समावेशी समानुपातिक प्रणालीका साथै सबै बर्ग, क्षेत्र र समुदायको अधिकार माओवादी केन्द्रबाटै सम्भव भएको समेत जिकिर गरिन् ।
प्रतिकृया लेख्नुहोस्: