Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

विचलनलाई अलग गरेर न्यायिक क्षेत्रमा सुधार सम्भव छैन : शंकर पोखरेल

खबरडबली संवाददाता

काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य शंकर पोखरेलले विचलनलाई अलग गरेर न्यायिक क्षेत्रमा सुधार गर्न नसक्ने बताएका छन्। 

प्रधानन्यायधिशको भूमिकालाई लिएर सर्वोच्च अदालतमा नेपाल बार र न्यायाधिशहरुको आन्दोलन चलिरहेको बेलामा उनले यस्तो बताएका हुन्। 

उनले फेशबुकमा लेखेका छन्, ‘न्यायालय भित्रको विवादमा न्यायाधिशहरुको पृष्ठभूमि, उनीहरु बीचको गुटवन्दी, अदालतभित्रको न्यायिक विकृती, पछिल्लो समयमा भएका विवादास्पद राजनीतिक फैसला र सरकार विस्तारका सन्दर्भमा खास ठाउँका लागि भनेर कोटा छुट्याउने गठबन्धनका नेता र सोही अनुसार मन्त्री नियुक्ति गर्ने प्रधानमन्त्रीले भूमिकाले काम गरेको छ । तर, न्यायाधिश र बारको आन्दोलन भने खास आग्रह र उद्देश्य केन्द्रीत देखिएको छ ।’

 न्यायालय शुद्धिकरण खोज्ने हो भने त्यस प्रकरणसँग जोडिएका समष्टिगत विषयमा बहस केन्द्रीत हुनुपर्ने उनको भनाइ छ। 

‘राजनीतिमा भएको विचलनलाई अलग गरेर न्यायिक क्षेत्रमा सुधार सम्भव छैन। यतिबेला समग्र क्षेत्रमा सुधार आवश्यक छ’ उनले लेखेका छन्, ‘तर सबैले पूर्वाग्रह त्याग्नु जरुरी छ । पछिल्ला घटनाक्रमबाट सरकार, संसद र न्यायालय तीनै प्रमुख अंगमाथि जनताको विश्वास टुट्दैछ, गम्भीर बनौँ ।’

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले संस्थापनमा आकांक्षी धेरै, इतरपक्ष प्यानलको तयारीमा

काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...

काठमाडौंमा आज न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस, देशभरको मौसम कस्तो रहन्छ ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...

डडेल्धुराबाट काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना

काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...

दक्षिण कोरियामा बढ्यो रोजगारी

सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...

अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य बढ्यो, पाउन्डको घट्यो

काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...

सरकार र जेनजी प्रतिनिधिबीच भएको सम्झौतामा के छ ?

राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने

एनपीएल: फाइनल प्रवेशका लागि आज लुम्बिनी लायन्स र विराटनगर किङ्स भिड्दै

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत  दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...

धार्मिक सद्भावको अनुपमस्थल ‘कम्मर शाह मजार’

बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...

बडीमालिकाका सात वडा छाउपडी गोठमुक्त

बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...

‘प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण बनाइने’

काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending