Ntc summer Offer
Khabar Dabali २६ बैशाख २०८१ बुधबार | 8th May, 2024 Wed
NIMB

मुस्ताङको हिमपहिरोमा १२० चौरी बेपत्ता, घाइते उपचारपछि घर फर्किए

रासस

म्याग्दी । मुस्ताङको थासाङ गाउँपालिका–२ को जङ्गलमा चराउन लगिएका १५० याक र चौरी हिमपहिरोमा परेर बेपत्ता भएका छन् । 

कोवाङ, लार्जुङ, बोक्सीखोला र नाउरिकोटको शिरमा रहेको मानापाथी हिमालबाट खसेको हिउँपहिरोमा परेर दुई  गोठका याक र चौँरीगाई बेपत्ता भएका हुन् । 

हिउँपहिरोले नाउरीकोटकी रत्नकुमारी शेरचनको घरको छानो उडाएको वडा अध्यक्ष नरप्रसाद हीराचनले जानकारी दिए । 

‘भागदौड मच्चिदा सामान्य घाइते भएका कोबाङको जनआदर्श अमरसिङ माविका ११ जना शिक्षक विद्यार्थी जोमसोममा उपचारपछि घर फर्कनुभएको छ’, उनले भने, ‘भीम शेरचन र सकेन्द्र गौचनका ६५/६५ वटा याक चौँरीमध्ये १०/१२ वटा मात्र भेटिएका छन् ।’

हिमपहिरो आएको क्षेत्रमा भएका गोठाला सुरक्षितरुपमा सम्पर्कमा आएका छन् । १३०  याक चौँरीमध्ये बाइनाकुलरले हेर्दा १०/१२  मात्र देखिएको र बेपत्ता चौरी हिमपहिरोले पुरिएको हुनसक्ने अनुमान गरिएको  प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताए । 

हिमपहिरोले जङ्गलमा रुख ढलाएको छ । वन्यजन्तुको बासस्थानमा क्षति पुगेको छ । हिमपहिरोपछि बोस्की खोलामा पानीको सतह बढेको थियो । बेनी–जोमसोम सडकमा केही समय यातायात आवतजावत बन्द भएको थियो । 

नाउरीकोट गाउँको घरभित्र पसेको हिउँ पग्लिएर हिलाम्मे भएको छ । घरको छाना र आँगनमा सुकाएको बिस्कुन तथा खेतबारीको अन्नबालीमा पनि हिउँपहिरोले क्षति पुगेको छ । जङ्गलमा चर्न गएका गाई, भैँसी र भेडा पनि हताहत भएको हुनसक्ने वडाध्यक्ष हीराचनले बताए । उवा र फापरबालीमा क्षति पुगेको छ । 

सांसद प्रेमप्रसाद तुलाचन, प्रदेशसभा सदस्य चन्द्रमोहन गौचन, महेन्द्र थकाली, प्रजिअ शर्मालगायत सुरक्षा अधिकारीको टोलीले स्थलगत निरिक्षण गरेका थि ए।  

क्षतिको विवरण सङ्कलन भइरहेको कोवाङ प्रहरी चौकीका प्रमुख नेत्र जिटीले बताए । हिउँसो ११:४० मा ठूलो आवाज हिउँको मुस्लो आएपछि भागाभाग भएको थियो । 
 
हिम पहिरोको धक्बा नाउरिकोट गाउँ, बोक्सी खोला नजिक बेनी–जोमसोम सडकसम्म आउँदा त्रसित भएर भागाभाग भएको जनआदर्श अमरसिङ माध्यमिक विद्यालयका प्रअ खेम गुरुङले बताए । 

हिउँदयाममा हिउँ जम्नुपर्नेमा बेमौसममा हिमपहिरो गएको प्रतिनिधिसभा सदस्य तुलाचनले बताए । तापक्रम वृद्धि र जलवायु परिवर्तनको असरले बेमौसममा हिमपहिरो गएको उनको भनाइ छ । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अभिनेता सलोन बस्नेतलाई पुत्री लाभ

काठमाडौं । अभिनेता सलोन बस्नेत र करिश्मा केसीलाई पुत्री लाभ भएको छ । केसीले आज बिहान नेपाल मेडिसिटी अस्पतालमा पुत्रीलाई जन्म दिएको परिवारका सदस्यले...

कालीकोटका किसानलाई गोठालो भत्ता

कालीकोट । जिल्लाको नरहरिनाथ गाउँपालिकाले पशुपालन गर्ने किसानलाई गोठालो भत्ता दिने भएको छ । चालु आर्थिक वर्षको स्वीकृत बजेटअनुसार ‘कृषकसँग उपाध्यक्ष का...

खोटाङका सामुदायिक विद्यालयमा जीवनोपयोगी शिक्षा अभियान

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले सामुदायिक विद्यालयमा ‘जीवनोपयोगी शिक्षा अभियान’ सुरु गरेको छ । १५ वडा रहेको यो नगरपालिकाले हरेक मंगलबार न...

पार्टी विभाजनविरुद्ध अदालत जाँदै उपेन्द्र यादव

काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल आज पार्टी विभाजनविरुद्ध अदालत जाने तयारी गरेको छ । यसबारे औपचारिक निर्णय गर्न आज ...

एमाले ताप्लेजुङको अध्यक्षमा तुम्बाहाम्फे निर्वाचित

ताप्लेजुङ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ताप्लेजुङको अध्यक्षमा डम्बरध्वज तुम्बाहाम्फे निर्वाचित भएका छन् । मङ्गलबार सम्पन्न पार्टीको १२औँ जिल्ला अध...

बलात्कार मुद्दामा सन्दीपको दाबी- यो घटना घटेको होइन, घटाइएको हो

गौशाला २६ सँग सम्बन्ध प्रमाणित भए मलाई जेल होइन फासी चढाइयोस्

पहाडी र तराई क्षेत्रका केही स्थानमा चट्याङसहित वर्षा हुने, सतर्कता अपनाउन आग्रह

काठमाडौं । हाल देशमा पश्चिमी वायु, स्थानीय वायुका साथै भारतको विहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान वि...

सुनकोसी-मरिण डाइभर्सनको आज ‘ब्रेक थ्रु’

काठमाडौं । सिन्धुलीमा निर्माणाधिन बहुचर्चित सुनकोसी–मरिण डाइभर्सन अन्तर्गत सुरुङको आज ‘ब्रेक थ्रु’ हुँदैछ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ...

इलाम-२ बाट निर्वाचित सुहाङले आज सांसद पदको शपथ लिँदै

काठमाडौं । गत वैशाख १५ गते इलाम २ मा भएको उपनिर्वाचनबाट विजयी नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले आज शपथ लिने भएका छन्। सिंहदरबारस्थित कृषि समितिको...

म्याग्दीको विकट खतेन गाउँमा पुग्याे विजुली

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–३ खतेन गाउँमा विद्युत् सेवा विस्तार भएको छ । नेपाल विद्युत् प्राधिकरणले विकट खतेन गाउँमा सेवा विस्तार गरेको हो...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies