मुस्ताङ । मुस्ताङी स्याउ र आलु बागलुङसहित धौलागिरिका म्याग्दी, मुस्ताङ, पर्वतलगायतका जिल्लामा कोसेलीको रुपमा खुबै प्रयोग हुन थालेको छ । अहिले बजारमा मुस्ताङको स्याउ विस्तारै सकिने अवस्थामा पुगेको छ भने आलुको याम सुरु भएको छ । स्याउजस्तै मुस्ताङी आलु पनि मीठो मानिन्छ । बागलुङ बजारमा मुस्ताङी आलुको माग उच्च रहेको फलफूल तथा तरकारी व्यवसायी बताउँछन् । उच्च हिमाली क्षेत्रमा फलेको आलु निकै स्वादिष्ट हुने भएकाले महँगो मूल्य तिरेरसमेत उपभोक्ताले खरिद गर्ने गरेका छन् ।
दसैँ तिहारका याममा झण्डै चार हजार केजी स्याउ बिक्री गरेको यहाँका फलफूल तथा तरकारी व्यापारी शङ्कर रेग्मीले जानकारी दिनुभयो । उहाँले स्याउ मात्रै हैन, मुस्ताङको आलुको समेत बजारमा उच्च माग भइरहेको बताए । उननले मात्रै दशै तिहारकै बीचमा पाँच हजार केजी मुस्ताङी आलु बिक्री गरिसकेका छन् ।
“मुस्ताङको स्याउ बजार ल्याउनै समस्या छ, अन्य जिल्लाबाट समेत मुस्ताङको स्याउको माग भइरहेकाले बल्ल तल्ल स्याउ आउँछ, आलुको अवस्था उस्तै छ”, उहाँले भन्नुभयो, “मुस्ताङको टुकुचे, सिस्याङ भन्ने स्थानबाट आलु आयात गर्दै आएको छ, बजारमा स्याउजस्तै आलुको समेत उच्च माग रहेको छ, मुस्ताङी आलु बागलुङमा पु¥याउनै मुस्किल छ ।”
उहाँजस्ता धेरै व्यापारीले मुस्ताङको आलु र स्याउको बागलुङ बजारमा आयात गर्दै आएका छन् । अहिले मुस्ताङी स्याउको प्रतिकेजी रु १७० र आलु प्रतिकेजी रु ८५ मा किनबेच भइरहेको छ । मुस्ताङको स्याउजस्तै आलुसमेत निकै स्वादिष्ट भएकाले महँगो भए पनि खरिद गरेर उपभोग गर्ने गरेको स्थानीय सुरेश आचार्यले बताए ।
रामरेखा होलसेल तरकारी पसलमा युवा व्यवसायी आर्यन जेरीले आलु खुद्रा र थोक दुवै तरिकाले व्यापार गर्दै आउनुभएको छ । उहाँले आलु बागलुङ झारेको एक हप्तामै गोदाम रित्तिने गरेको जानकारी दिए। “पहिले पैसा पठाएपछि मात्रै मुस्ताङको आलु आउँछ, अहिले दसैं अघिदेखि १० हजार केजी आलु मुस्ताङको मात्रै बिक्री गरे, तराईको र बागलुङको ढोरपाटन र ताराखोलाको आलु पनि बिक्री भइरहेको छ”, उहाँले भन्नुभयो, “सस्तो आलु चाहनेलाई तराईको आलु छ, बागलुङको ताराखोला र ढोरपाटनको आलुको मागसमेत उच्च छ, तर मुस्ताङको आलु उपभोक्ताले निकै रुचाउने गरेका छन् ।”
ताराखोला र ढोरपाटनको आलुसमेत बागलुङबाट पोखरालगायतका क्षेत्रमा निकासी हुने गरेको छ तर बागलुङ जिल्लामा मुस्ताङको आलु तथा स्याउ यति नै भित्रिन्छ भन्ने यकिन तथ्याङ्क नभए पनि जिल्लामा धेरै मात्रमा मुस्ताङको स्याउ र आलु ठूलो मात्रामा आयात हुने गरेको कृषि ज्ञान केन्द्र बागलुङका प्रमुख भानुभक्त ढकाल जानकारी दिनुभयो ।
बागलुङमा समेत ढोरपाटन आलु सुपरजोन कार्यक्रम सञ्चालित छ । हिमाली क्षेत्र मुस्ताङका साथै छ महिना निकै चिसो हुने ढोरपाटन र ताराखोलाको आलु देश विदेशमा समेत चर्चित छ । चिसो हावापानीमा उब्जनी भएकाले उपभोक्ताले महँगो मूल्य तिरेरै भए पनि मुस्ताङको स्याउ, आलु ढोरपाटनको आलु रोज्ने गरेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २९ गते, २०८२ - १७:०३
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन पेस भएको छ । प्रधानमन्त्री तथा राष्ट्रिय सुरक्षा परिषद् अध्यक्ष सुश...
मंसिर २९ गते, २०८२ - १६:५८
काठमाडौं । प्रधानमन्त्री तथा आदिबासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका अध्यक्ष सुशीला कार्कीले देशको समावेशी विकासमा सरकारले काम गरिरहेको बताएको छि...
मंसिर २९ गते, २०८२ - १६:४९
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा विघटित प्रतिनिधिसभाका सांसद सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दायर भएको छ। ...
मंसिर २९ गते, २०८२ - १६:३७
काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्यालले आइतबार जेनजी आन्दोलनमा मारिनुभएका प्रहरी हवल्दार अमृत गुरुङको परिवारसँग भेट गरेको छन् । कास्कीको रुपा गाउँप...
मंसिर २९ गते, २०८२ - १६:२१
काठमाडौँ। नेकपा (एमाले)का पोलिटब्युरो सदस्य गोकुल बास्कोटाले पार्टीको ११ औँ महाधिवेशनले एकताबद्ध एमाले बनाउने बताएको छन्। आइतबार पार्टीको ११ औँ महा...
मंसिर २९ गते, २०८२ - १५:५२
काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कले घटेको छ। आज नेप्से परिसूचक १२ दशमलव ५० अङ्कले घटेर दुई हजार ५९४ दशमलव ८७ को बिन्दुमा क...
मंसिर २९ गते, २०८२ - १५:२०
काठमाडौँ। नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र दिउँसो ३ बजेदेखि सुरु भएको छ। केन्द्रीय कमिटीको बैठक लम्बिदा बन्द सत्रको समय पटक–...
मंसिर २९ गते, २०८२ - १५:१०
नेपालगन्ज। जेनजी आन्दोलनका क्रममा बाँकेको बैजनाथ गाउँपालिकामा रहेको नौवस्ता बाल सुधार गृहबाट भागेका ३८ जना बालबन्दीलाई पक्राउ गरिएको छ । नौबस्स्ता...
मंसिर २९ गते, २०८२ - १५:०३
काठमाडौँ। नेकपा (एमाले)का उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनमा कुनै पनि पदमा उम्मेदवारी नदिने घोषणा ...
मंसिर २९ गते, २०८२ - १४:५२
काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय समितिको आकस्मिक बैठक बोलाएको छ । पार्टी कार्यालय सानेपामा सोमबार बिहान ९ बजेका लागि बोलाइएको पूर्वकेन्द्रीय तथा...




प्रतिकृया लेख्नुहोस्: