काठमाडौं । अर्थ मन्त्रालय अन्तर्गतका नेपाल धितोपत्र बोर्ड (सेबोन) मा अध्यक्ष र नेपाल स्टक एक्स्चेञ्ज लिमिटेड (नेप्से) मा प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्ति प्रकृयामा स्वार्थ समुहहरु हावी हुन थालेका छन् ।
खुल्ला प्रतिष्पर्धाबाटै प्रक्रिया अघि बढाइएको भएपनि अध्यक्ष र सीयओ नियुक्ति नेपालका प्रतिष्ठित व्यापारिक घरानाहरुले लबिङ् गरिरहेको बताइन्छ ।
उसोत माओवादीको भागमा परेको अर्थमन्त्रालय भएपनि धितोपत्रको अध्यक्ष नेपाली कांग्रेस र नेप्सेको सीइओ माओवादीको कोटामा रहने गरी भागबण्डा भएको बताइन्छ ।
यी दुबै नियुक्तिहरु जसको कोटामा परेको भएपनि व्यापारिक घरानाहरुको लगानी र नियन्त्रणमा हुनेगरी सेटिङ मिलाइएको धितोपत्र बोर्डमा लामो समय काम गरिसकेका एक अधिकृत बताउँछन् । उनका अनुसार अध्यक्ष र सीइओ नियुक्ति प्रक्रियादेखि नै स्वार्थ समुहहरुको लागनी हुन्छ । पछि उनीहरुले नै बोर्ड र नेप्से चलाउँछन् ।
धितोपत्र बोर्डमा अध्यक्ष नियुक्त गर्न अर्थ मन्त्रालयले कात्तिक ११ गते १५ दिन अवधिभित्र शिलबन्दी आवेदन माग्दै सूचना निकालिसकेको छ ।
आवेदकले कात्तिक २५ गते (आगामी बिहीबार) भित्र आवेदन बुझाइसक्नुपर्नेछ । धितोपत्र बोर्ड नेपालको पूँजीबजार नियामक हो ।
यसैगरी नेप्सेमा सीईओ नियुक्त गर्न मन्त्रालयले कात्तिक १३ गते सूचना निकालेर आवेदन मागेको छ । नेप्सेको सीईओ पदमा आकांक्षीले कात्तिक २७ गतेभित्र आवेदन बुझाइसक्नुपर्नेछ । नेप्सेको आधारभूत उद्देश्य सदस्य, बजार मध्यस्थकर्ता–जस्तै दलाल, बजार निर्माता आदिमार्फत धितोपत्र लेनदेन सहजीकरण गरी सरकार र कर्पोरेट धितोपत्रहरूलाई स्वतन्त्र बजार योग्यता र तरलता प्रदान गर्नु हो । अर्थात, नेप्से नेपालमा पूँजीबजार व्यवस्थापन गर्ने एकमात्र ‘फ्रन्ट लाइन रेगुलेटर’ हो ।
यस्ता नियुक्तिहरुमा खुल्ला प्रतिष्पर्धा भनिएपनि पैसाको ठुलो चलखेल हुने बताइन्छ । यस्तो चलखेल हुने पैसा उनै स्वार्थ समुहहरुले स्पोन्सर गर्छन् । उनले स्पोन्सर गरेका व्यक्तिहरुलाई नै नियुक्ति गर्ने गरिन्छ । नेप्सेमा सुचना चुहाएर सर्वसाधारणलाई मार्नेदेखि ठुला शेयर लगानीकर्ताले फाइदा लुट्नेसम्मका काम हुन्छन् ।
धितोपत्र बोर्ड नयाँ कम्पनि खोल्ने र शेयर किनबेच गर्ने प्रक्रियाका लागी स्वार्थ समुहहरु लागेको बताइन्छ । पाल धितोपत्र बोर्डले २०६५ सालमा नयाँ स्टक एक्सचेञ्ज स्थापना निम्ति आवेदन मागेको थियो । नेशनल स्टक एक्सचेञ्जले २०६५ फागुन १८, काठमाडौं स्टक एक्सचेञ्जले फागुन २२, नेपाल सेक्युरीटिज् एण्ड डेरिभेटिभले चैत २४ र हिमालयन स्टक एक्स्चेञ्जले २०६६ मंसिर १५ गते बोर्डमा आवेदन दिएका थिए । तर, बोर्डले लाइसेन्स दिएको थिएन ।

नेशनल स्टक एक्स्चेञ्ज विशाल ग्रुपको हो भने काठमाडौं सेक्युरिटीज् आईएमई ग्रुपको हो । अहिले आईएमई ग्रुप र विशाल ग्रुपले नयाँ स्टक कम्पनीको लाइसेन्स पाउन संयुक्त रूपमा लबिइङ गरिरहेका छन् । आईएमई ग्रुपका अध्यक्ष चन्द्र ढकाल यसअघि धितोपत्र बोर्ड सञ्चालक समिति सदस्य थिए । सर्वोत्तम सिमेन्टको संस्थापक शेयर भित्री कारोबारमा मुछिएपछि उनले बोर्ड सदस्यबाट राजीनामा दिएका थिए ।
यसैगरी, यसअघि हिमालयन रिइन्स्योरेन्सको लाइसेन्स लिँदा विवादित बनेको शंकर ग्रुपका उपाध्यक्ष सुलभ अग्रवाल नक्कली भ्याट बिल, गुणस्तरहीन रड उत्पादन, थर्मलगनमा कालाबजारी लगायत प्रकरणमा फसिसकेका छन् । अग्रवालले गोल्छा समूहसँग मिलेर स्टक र कमोडिटी एक्स्चेञ्ज दुवैका लाइसेन्स लिने प्रयास गरिरहेका छन् ।
यसअघि पनि आइएमई ग्रुपले इन्सुरेन्स कम्पनि लगायतका कम्पनिहरु यसैगरी प्रभावमा पारी दर्ता गर्दै आईरहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २० गते, २०८२ - १५:४७
काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक विभिन्न २६ निर्णय गर्दै सम्पन्न भएको छ । बैठकपछि उपाध्यक्ष तथा प्रवक्ता अग्नि सापकोटाले तराई ...
आश्विन २८ गते, २०८१ - १०:५४
काठमाडाैं । मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा तीनभन्दा बढी अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान स...
आश्विन २८ गते, २०८१ - १०:३६
हाल देशको लुम्बिनी, सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा पश्चिमी वायुको सामान्य प्रभाव छ। कोसी, मधेस र बागमती प्रदेशमा पश्चिमी वायुको आंशिक प्रभाव छ...
आश्विन २८ गते, २०८१ - १०:१८
अभिभ । उत्तरी इजरायलमा रहेको सेनाको बेसलाई लक्षित गरी गरिएको ड्रोन आक्रमणमा चार सैनिकको मृत्यु हुनुका साथै अन्य ६० जनाभन्दा बढी घाइते भएको इजरायलको रक...
आश्विन २८ गते, २०८१ - १०:०५
काठमाडौं । आश्विन शुक्लपक्ष द्वादशीका दिन आज पनि मान्यजनबाट नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा लगाउनेक्रम जारी छ । आश्विन शुक्ल प्रतिपदादेखि नवमीस...
आश्विन २७ गते, २०८१ - १७:१५
सुर्खेत । कर्णाली प्रदेशका हिमाली जिल्लामा उत्पादित स्याउले यसपटकको दसैँमा राम्रो बजार पाएको छ। यहाँका जुम्ला, कालीकोट, हुम्ला र मुगुमा उत्पादन गरिएको...
आश्विन २७ गते, २०८१ - ११:३४
मकवानपुर । हेटौँडा–कुलेखानी–फाखेल भएर काठमाडौं जाने सडकअन्तर्गत इन्द्रसरोवर गाउँपालिका–२ र ३ स्थित हेभीमा बाटो बिग्रिएकाले वैकल्पिक सडक प्रयोग गर्न प्...
आश्विन २७ गते, २०८१ - १०:४३
काठमाडौं । गएराति गएको सुख्खा पहिरोले बन्द भएको अरनिको राजमार्ग एकतर्फी संचालनमा आएको छ । काभ्रेको पाँचखाल नगरपालिकाको पचासकिलो भन्ने स्थानमा गएरा...
आश्विन २७ गते, २०८१ - ०९:०१
काठमाडौं । लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशमा पश्चिमी वायुको प्रभाव सामान्य र कोशी प्रदेश, मधेश, बाग्मती र गण्डकी प्रदेशमा आंशिक प्रभाव छ । साथै...
आश्विन २७ गते, २०८१ - ०८:५५
काठमाडौं । बडादसैँ टीकाको दोस्रो दिन आज पनि मान्यजनबाट नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाउने क्रम जारी रहने छ । विजयादशमीको दिन घरपरिवारमा टी...


प्रतिकृया लेख्नुहोस्: